Bible Study: FrontPage




 

प्रेरित, Chapter 22

Bible Study - प्रेरित 22 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. ‘‘हे मानिसहरू, भाइहरू र आदरणीय बुबाहरू हो, तपाईंहरूका सामु मैले आफ्‍‌नो पक्षमा भन्‍‌नुपर्ने कुरा अब सुन्‍‌नुहोस्।’’
  
2. तिनले हिब्रूभाषामा बोलेको सुने र उनीहरू शान्त भए।
  
3. तिनले भने, ‘‘म किलिकियाको टार्सस शहरमा जन्मेको एक यहूदी हुँ तर यस यरूशलेममा गमलिएलको चरणमा शिक्षा लिँदै हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साहित हुनुहुन्छ, म पनि त्यत्तिकै उत्साहित थिएँ।
  
4. मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताएँ अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिएँ।
  
5. प्रधान पूजाहारी र सम्पूर्ण अगुवाहरूको सभाले यसको गवाही दिनसक्छन्, किनभने उनीहरूकै तर्फबाट भाइहरूको नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूशलेममा ल्याएर सजाय दिलाउन दमस्कस गएको थिएँ।
  
6. म दमस्कसनेर पुग्‍‌नलाग्दा बाटोमा मध्यान्ह भएको थियो। अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो।
  
7. म भुइँमा पछारिएँ र मैले यसो भनिरहेको आवाज सुनेँ, ‘ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?’
  
8. अनि मैले सोधेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्‍‌नुभयो, ‘नासरतको येशू म नै हुँ, जसलाई तिमीले सताउँदै छौ।’
  
9. मसित हुनेहरूले ज्योति त देखे तर बोल्‍‌नेको आवाज सुनेनन्।
  
10. मैले भनँे, ‘हे प्रभु, अब म के गरूँ?’ अनि प्रभुले मलाई बताउनुभयो, ‘उठ, र दमस्कसमा जाऊ अनि त्यहाँ तिमीले जे गर्नुपर्छ त्यो तिमीलाई बताइनेछ।’
  
11. ज्योतिको तेजले गर्दा, म अन्धासरह भएँ र मसँग हुनेहरूले मलाई डोर्‍याएर दमस्कसमा ल्याइपुर्‍याए।
  
12. हननिया नाउँका मानिस त्यहाँ बस्थे। उनी व्यवस्थाअनुसार जिउने भक्त मानिस थिए अनि दमस्कसमा बस्‍‌ने सबै यहूदीहरूले उनलाई आदर गर्थे।
  
13. उनी मकहाँ आए र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ अनि त्यही घडी नै मैले देख्‍‌नसकेँ।
  
14. तब उनले मलाई भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा बुझ्‍‌न, धर्मीजनलाई देख्‍‌न र उहाँको शब्द सुन्‍‌न तपाईंलाई चुन्‍‌नुभएको छ,
  
15. किनकि तपाईंले जे देख्‍‌नुभएको छ र जे सुन्‍‌नुभएको छ ती कुराका सबै मानिसहरूमा तपाईं उहाँको साक्षी हुनुहुनेछ।
  
16. अनि त्यसो हो भने, किन पर्खिरहनुहुन्छ? अब उठ्‍‌नुहोस् र प्रभु येशूको नाउँमा बप्तिस्मा लिँदै आफ्‍‌ना पाप पखाल्‍‌नुहोस्।’
  
17. यरूशलेममा फर्केपछि, एक दिन म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ अनि म अचेत अवस्थामा परेँ।
  
18. येशूले मलाई यसो भनिरहनुभएको दर्शन मैले देखेँ, ‘चाँडो गरी यरूशलेमबाट निस्किहाल, किनभने जब तिमीले मेरो विषयमा तिनीहरूलाई गवाही दिन्छौ, मानिसहरूले तिम्रो कुरा पत्याउनेछैनन्।’
  
19. मैले भनँे, ‘तर प्रभु, मैले प्रत्येक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई कुटपिट गर्दै झ्यालखानमा हालेको कुरा तिनीहरूलाई थाहै छ ।
  
20. अनि तपाईंको साक्षी स्तिफनसको रगत बगाइँदा म पनि तिनीहरूसँग सहमत थिएँ। उनलाई मार्नेहरूका वस्त्र मैले रुँगिदिएको थिएँ।’
  
21. तर प्रभुले मलाई भन्‍‌नुभयो, ‘जाऊ किनभने म तिमीलाई टाढा-टाढा अयहूदीहरूकहाँ पठाउनेछु’।’’
  
22. मानिसहरूको भीडले जब यो कुरा सुने तब यसो भन्दै एकसाथ कराउन लागे, ‘‘यसलाई सिद्ध‍याइदेऊ। यो बाँच्‍‌ने योग्यको छैन।’’
  
23. तिनीहरू आफ्‍‌नो वस्त्र च्यात्दै र धूलो उडाउँदै कराउन थाले।
  
24. त्यसैले सेनापतिले हुकुम दिए, ‘‘पावललाई छाउनीभित्र ल्याऊ र कोर्रा लगाएर उसलाई केरकार गर। यसैले कि यी मानिसहरूको भीड किन यति क्रुद्ध भएर उसको विरुद्धमा कराइरहेका छन् सो उसले जानोस्।’’
  
25. जब तिनीहरूले पावललाई कोर्रा लगाउनलाई बाँधे, तब पावलले त्यहाँ उभिरहने कप्तानलाई भने, ‘‘के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन उचित छ र?’’
  
26. कप्तानले सेनापतिकहाँ गएर भने, ‘‘तपाईंले यस मानिसलाई के गर्न लाग्‍‌नुभएको हो ? यो मानिस त रोमी नागरिक रहेछ।’’
  
27. यसर्थ सेनापतिले गएर पावललाई सोधे, ‘‘मलाई भन त, के तिमी रोमी नागरिक हौ?’’ पावलले जवाफ दिए, ‘‘ज्यू, म रोमी नागरिक हुँ।’’
  
28. सेनापतिले भने, ‘‘यस नागरिकताको हक पाउनलाई मैले धेरै पैसा खर्च गरेको छु।’’ पावलले भने, ‘‘म जन्मसिद्ध नागरिक हुँ।’’
  
29. पावललाई केरकार गर्न तयार भएका सिपाहीहरू यो कुरा सुन्‍‌नेबित्तिकै हटेर गए अनि पावल एक रोमी नागरिक रहेछ भन्‍‌ने थाहा पाउनासाथ सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए।
  
30. तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए, सो बुझ्‍‌ने इच्छाले तिनलाई फुकाइदिए र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे अनि पावललाई तल ल्याएर तिनीहरूका सामुन्‍‌ने खडा गरे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES