Bible Study: FrontPage




 

प्रेरित, Chapter 7

Bible Study - प्रेरित 7 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तब प्रधान पूूजाहारीले स्तिफनसलाई सोधे, ‘‘के यी आरोपहरू साँचो हुन् ?’’
  
2. स्तिफनसले जवाफ दिए, ‘‘दाजुभाइ र आदरणीय बुबाहरू हो, मतिर ध्यान दिनुहोस् । महिमाका परमेश्वरले पुर्खा अब्राहाम हारानमा जानुभन्दा अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो
  
3. र तिनलाई भन्‍‌नुभएको थियो, ‘तिमी आफ्‍‌नो देश र आफन्तहरूलाई छोडेर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’
  
4. तब अब्राहाम कल्दीहरूको देश छोडेर आफ्‍‌नो पिताको मृत्यु नहुन्जेल हारानमा बसे। त्यसपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा ल्याउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
  
5. अनि परमेश्वरले तिनलाई यस मुलुकमा जायजेथा त परै जाओस्, पाइला टेक्‍‌ने ठाउँसम्म पनि दिनुभएन। तर परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो कि आखिरी समयमा सारा देश अब्राहाम र तिनका सन्तानको अधिकारमा रहनेछ। तापनि त्यसबेलासम्म तिनको सन्तान थिएन।
  
6. तर परमेश्वरले यसो पनि भन्‍‌नुभयो, ‘तेरा सन्तान अरुको मुलुकमा गएर बस्‍‌नेछ्‍‌न् , जहाँ उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्‍‌नेछन्।’
  
7. परमेश्वरले भन्‍‌नुभयो, ‘तर तिनीहरूलाई कमारा तुल्याउने जातिलाई म दण्ड दिनेछु अनि त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो सेवा गर्नेछन्।’
  
8. त्यो समयमा परमेश्वरले अब्राहामलाई खतनाको करार पनि दिनुभयो। अब्राहामको छोरा इसहाकको आठौं दिनमा खतना भयो। इसहाक याकूबका पिता थिए र याकूब बाह्र कुलका पिता भए।
  
9. पुर्खाहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रमा बेचिदिए तापनि परमेश्वर तिनीसित हुनुहुन्थ्यो,
  
10. परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्‍‌ने तिनीमाथि कृपा र बुद्धि खन्याउनुभयो र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरानाका हाकिम तुल्याए।
  
11. त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल पर्‍यो । हाम्रा पुर्खाहरू भोजनको अभावले ठूलो सङ्कटमा परे ।
  
12. याकूबले मिश्रदेशमा अन्‍‌न छ भन्‍‌ने कुरा सुनेपछि हाम्रा पुर्खाहरूलाई केही अन्‍‌न किन्‍‌न त्यहाँ पठाए।
  
13. जब तिनीहरू दोस्रोपल्ट त्यहाँ पुगे, योसेफले तिनका दाजु-भाइहरूलाई आफ्‍‌नो परिचय दिए र फारोसँग पनि तिनीहरूलाई परिचय गराए।
  
14. यसपछि योसेफले आफ्‍‌ना पिता याकूब र आफ्‍‌ना सारा कुटुम्बलाई आफूकहाँ बोलाए, तिनीहरूको संख्या पचहत्तर थियो।
  
15. याकूब मिश्रदेशमा गए र उनीलगायत हाम्रा सबै पुर्खाहरू त्यहीँ नै मरे।
  
16. शकेमबासी हमोरका छोराहरूबाट अब्राहामले किनेको जमीन शकेममा थियो, त्यहीँ चिहान तयार गरेर तिनीहरूका मृत शरीरहरू राखिए।
  
17. तर जब परमेश्वरले अब्राहामसँग बाँध्‍‌नुभएको करार पूरा हुने समय नजिक आइपुग्यो, तब मिश्रदेशमा रहेका हाम्रा मानिसहरूको संख्या तीव्रगतिले बढ‍यो,
  
18. मिश्रदेशमा योसेफलाई नचिन्‍‌ने एक नयाँ राजा खडा नभइन्जेल यस्तो भयो।
  
19. यो राजाले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे र हाम्रा पुर्खाहरूलाई थिचोमिचो गरे अनि तिनीहरूले उनीहरूका बालकहरूसमेत नबाँचून् भनेर फाल्‍‌न लगाए।
  
20. त्यही समयमा मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्‍‌नो आमा-बुबाको घरमा पालिए।
  
21. अनि तिनी फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन् र आफ्‍‌नै छोरासरह पालिन्।
  
22. मिश्रीहरूले सिक्‍‌ने विद्यामा मोशालाई निपुण बनाइयो अनि मोशा वचन र काम दुवैमा शक्तिशाली भए।
  
23. चालीस वर्षको उमेरमा टेकेपछि मोशाले आफ्‍‌ना इस्राएली दाजु-भाइहरूलाई भेट्‍‌ने निर्णय गरे।
  
24. यो भेटघाटको अवधिमा मोशाले आफ्‍‌ना जातभाइमध्ये एक जनामाथि एक मिश्रीद्वारा अत्याचार भइरहेको देखेर त्यस मिश्रीलाई मारे अनि बदलालिए र आफ्‍‌नो भाइको रक्षा गरे।
  
25. तिनीहरूलाई अत्याचारबाट छुटकारा दिलाउन परमेश्वरले तिनलाई पठाउनुभएको हो भन्‍‌ने कुरा आफ्‍‌ना भाइबन्धुले बुझ्लान् भनी मोशाले सोचेका थिए । तर तिनीहरूले सो बुझेनन्।
  
26. भोलिपल्टको भ्रमणमा आउँदा तिनले दुई जना इस्राएलीहरू आपसमा झगडा गरिरहेका देखे र तिनीहरूलाई मिलाउने कोशिश गरेर भने, ‘हे मानिस हो, तिमीहरू त दाजु-भाइ हौ, तब किन एकले अर्कोलाई चोट पारिरहेका छौ?’
  
27. तर चोट पुर्‍याउने मानिसले मोशालाई घचेटेर भन्‍‌न थाल्यो, ‘तिमी आफ्‍‌नो बाटो लाग, कसले तिमीलाई हामीमाथि शासन गर्ने र न्याय गर्ने तुल्यायो?’ त्यसले फेरि सोध्यो,
  
28. ‘हिजो त्यस मिश्रीलाई मारेजस्तै तिमी मलाई पनि मार्न खोज्छौ?’
  
29. यो कुरा सुनेर मोशा त्यो ठाउँ छोडेर भागे र मिद्यानमा परदेशीको रूपमा बस्‍‌नथाले, जहाँ तिनका दुई छोराहरू जन्मे।
  
30. त्यहाँ बसेको चालीस वर्ष बितिसक्दा, सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एक स्वर्गदूत मोशाकहाँ देखा परे।
  
31. मोशाले यो देखे र के होला भन्दै छक्क परे। जब तिनी हेर्न गए तब प्रभुको आवाजले तिनलाई बोलाउनुभएको तिनले सुने:
  
32. ‘म तेरा पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्‍‌न लागे र तिनले हेर्ने आँट गरेनन्।
  
33. तब परमप्रभुले तिनलाई भन्‍‌नुभयो, ‘तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको ठाउँ पवित्र छ,
  
34. तँलाई थाहा होस् कि, मैले मेरा मानिसहरूको दु:ख देखेको छु। मैले तिनीहरूको चित्कार सुनेको छु। तिनीहरूलाई बचाउन म ओर्लिआएको छु। अब आइज, म तँलाई मिश्रदेशमा नै पठाउनेछु।’
  
35. अनि परमेश्वरले तिनै मोशालाई पठाउनुभयो, जसलाई मानिसहरूले ‘कसले तिमीलाई हामीमाथि शासन गर्ने र न्याय गर्ने तुल्यायो?’ भनी इन्कार गरेका थिए। तिनलाई जलिरहेको पोथ्रामा देखा पर्ने स्वर्गदूतको सन्देशद्वारा इस्राएलीहरूमाथि शासक र उद्धारकर्ता हुनलाई पठाइएको थियो।
  
36. तिनले मिश्रदेश, लालसमुद्र र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र आश्चर्यजनक चिन्हहरू गर्दै इस्राएलीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याइपुर्‍याए।
  
37. मोशा आफैले इस्राएलीहरूलाई बताएका थिए, ‘परमेश्वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाजु-भाइहरूमध्येबाट नै तिमीहरूका निम्ति एक अगमवक्ता खडा गर्नुहुनेछ।’
  
38. यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।
  
39. हाम्रा पुर्खाहरूले मोशालाई इन्कार गरे अनि मिश्रदेश नै फर्केर जाने इच्छा गरे।
  
40. तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्‍‌ने केही देवताहरू बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकाली ल्याउने यी मोशालाई के भयो, सो हामीलाई थाहा छैन।’
  
41. त्यसपछि तिनीहरूले बाछोको आकारको मूर्त्ति बनाए र त्यसमा बलि पनि चढाए अनि आफ्‍‌नै हातले बनाएका कुरामा उत्सव मनाए।
  
42. तब परमेश्वरले आफ्‍‌नो दृष्टि तिनीहरूबाट हटाउनुभयो। अनि तिनीहरूलाई सूर्य, चन्द्र र तारामण्डलको पूजा गर्न छोडिदिनुभयो। जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा चढाएका बलिहरू मेरानिम्ति थिए र?
  
43. तिमीहरूले मोलोखको तम्बू, रेफन देवताको तारा र पुज्‍‌नलाई बनाएका मूर्त्तिहरू उठाइलग्यौ। यसैले, म तिमीहरूलाई बेबिलोनजस्तो टाढा ठाउँमा कैदी बनाएर पठाउनेछु।’
  
44. उजाड-स्थानभरि हाम्रा पुर्खाहरूले एउटा साक्षीको पाल बोकिहिँडे। परमेश्वरद्वारा मोशालाई देखाइएको योजनागत ढाँचामा यो बनाइएको थियो।
  
45. त्यस पाललाई पछिबाट आउने हाम्रा पुर्खाहरूले प्राप्त गरेर यहोशूको साथमा अयहूदीहरूको देशभित्र ल्याए, जुन अयहूदीहरूलाई परमेश्वरले हाम्रा पुर्खाहरूका सामुबाट दाऊदको समयसम्म लखेट्‍‌नुभयो।
  
46. दाऊदले परमेश्वरको निगाह पाए र याकूबको परमेश्वरको निम्ति सधैँ रहिरहने भवन बनाउने अनुमति मागे।
  
47. तर उहाँको निम्ति त्यो भवन सोलोमनले बनाए।
  
48. तापनि मानिसहरूका हातले बनाएको मन्दिरहरूमा सर्वोच्च परमेश्वर वास गर्नुहुन्‍‌न, जसरी अगमवक्ताले भनेका छन् :
  
49. ‘स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरोलागि कस्तो मन्दिर बनाउँछौ? परमेश्वर सोध्‍‌नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो?
  
50. के यी सबै कुरा मैले नै बनाएको होइन र?’
  
51. हे जिद्दी गर्ने मानिसहरू हो, हृदयमा तपाईंहरू अयहूदीसरह र सत्यताको निम्ति बहिरा हुनुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
  
52. एक जना यस्तो अगमवक्ताको नाउँ तोक्‍‌नुहोस्, जसलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? धर्मीजनको आगमनको अगमवाणी गर्नेहरू सबैको तिनीहरूले हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो र उहाँको हत्या गर्नुभयो।
  
53. स्वर्गदूतहरूको मुखबाट सुनाइएको व्यवस्था तपाईंहरूले पाउनुभयो तर तपाईंहरूले जानीबुझी पालन गर्नुभएन।’’
  
54. स्तिफनसले अभियोग लगाएको सुनेपछि, यहूदी अगुवाहरू रीसले चुरमुरिएर दाह्रा किट्‍‌न थाले।
  
55. तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर उँभो स्वर्गतिर एकटक लाएर हेरिरहे। त्यहाँ तिनले परमेश्वरको महिमा र परमेश्वरको दाहिनेपट्टिसम्मानित स्थानमा येशूलाई उभिरहनुभएको देखे।
  
56. अनि तिनले भने, ‘‘हेर्नुहोस् त, म स्वर्ग उघ्रेको र मानिसको पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि सम्मानित स्थानमा उभिरहनुभएको देख्तछु।’’
  
57. तब तिनीहरूले आ-आफ्‍‌नो कान थुने अनि तिनको आवाज छोपिने गरी चर्को सोरले कराउँदै उठे र तिनीहरू एकसाथ तिनीमाथि झम्टे।
  
58. तिनीहरूले स्तिफनसलाई शहरबाहिर घिस्याउँदै लगेर ढुङ्गाले हिर्काए। त्यस घटनाका साक्षीहरूले आ-आफ्‍‌ना लुगा शाऊल नामक एक युवकको खुट्टानेर राखे।
  
59. जुन बेला तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, ‘‘हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।’’
  
60. तिनले घुँडा टेकेर प्रार्थना गरे, ‘‘हे प्रभु, यिनीहरूलाई यो पापको दोष नलागोस्।’’ यति भनेर तिनले प्राण त्यागे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES