Bible Study: FrontPage




 

कलस्सी, Chapter 2

Bible Study - कलस्सी 2 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तिमीहरूले यो कुरा जान भनेर म चाहन्छु कि तिमीहरू र लाउडिकियामा भएकाहरूको निम्ति, साथै मलाई व्यक्तिगतरूपले नचिन्‍‌ने अरु धेरै जना मित्रहरूको निम्ति मैले कति धेरै परिश्रम गरेको छु।
  
2. यसकारण कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदयले सान्त्वना पाऊन् अनि समझको सम्पूर्ण निश्चयताको सारा धन प्राप्त गरेर परमेश्वरको रहस्यको ज्ञान अर्थात् ख्रीष्टलाई प्राप्त गरून्।
  
3. उहाँमा नै बुद्धि र ज्ञानका सम्पूर्ण भण्डार लुकेको छ।
  
4. तिमीहरूलाई ठीकैजस्तो लाग्‍‌ने तर्कका कुराद्वारा कसैले धोका नदेओस् भनी म यो तिमीहरूलाई भन्दछु।
  
5. किनकि शरीरमा म अनुपस्थित भए पनि आत्मामा तिमीहरूसँगै छु र तिमीहरूको सुव्यवस्थित आचरण र ख्रीष्टमा भएको तिमीहरूको विश्वासको दृढतालाई देखेर म रमाउँदछु। ख्रीष्टको जीवनद्वारा छुटकारा
  
6. जसरी ख्रीष्ट येशूलाई तिमीहरूले आफ्‍‌नो प्रभु भनी स्वीकार गर्‍यौ, त्यसरी नै अब तिमीहरू उहाँमा चल।
  
7. उहाँमा जरा गाड्दै र बनिँदै जाओ अनि तिमीहरूलाई सिकाइएको विश्वासमा बलियो होओ। उहाँले गर्नुभएका सबै कुराको निम्ति तिमीहरूको जीवन धन्यवादले पूर्ण होस्।
  
8. होशियार बस, कसैले तिमीहरूलाई खोक्रो दर्शनशास्त्र र छलपूर्ण कुराद्वारा नबहकाओस्, जुन ख्रीष्टबाट होइन तर मानिसहरूको परम्परा र यो संसारको प्राथमिक सिद्धान्तहरूमा आधारित छन् ।
  
9. किनकि उहाँमा नै ईश्वरत्वको सारा पूर्णताले शारीरिकरूपमा वास गर्दछ
  
10. र उहाँमा नै तिमीहरू परिपूर्ण पारिएका छौ, जो सबै प्रधानता र शक्तिका शिर हुनुहुन्छ।
  
11. उहाँमा ख्रीष्टको खतनाद्वारा पापमय स्वभावको देहलाई त्यागेर, बिनाहात गरिएको खतनाद्वारा तिमीहरूको खतना भएको थियो।
  
12. तिमीहरू बप्तिस्मामा ख्रीष्टसँगै गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको सामर्थ्यमा विश्वास राख्‍‌नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
  
13. अनि तिमीहरू आफ्‍‌ना पाप र आफ्‍‌नो देहको खतना नभएको अवस्थामा मरेको बेला तिमीहरूका सबै अपराध क्षमा गरेर उहाँले तिमीहरूलाई उहाँसितै जीवित पार्नुभएको छ।
  
14. हाम्रो विरुद्धमा कानूनी दाबी भएको दोषपत्र उहाँले रद्द गरिदिनुभयो। उहाँले त्यो लिनुभयो र उहाँको क्रूसमा कीला ठोकेर नष्ट पारिदिनुभयो ।
  
15. उहाँले प्रधानताहरू र अधिकारीहरूलाई हातहतियाररहित पारेर तिनीहरूलाई खुल्लमखुल्ला तमासा बनाइदिनुभयो र उहाँ तिनीहरूमाथि विजयी बन्‍‌नुभयो।
  
16. यसकारण खाने-पिउने, वा कुनै पवित्र दिन र औंसी वा विश्राम-दिन पालन गर्ने विषयमा कसैले तिमीहरूलाई दोष लगाउन नपाओस्।
  
17. यी आउने कुराका छायाँ मात्र हुन्, तर मूल कुरा ख्रीष्ट हुनुहुन्छ।
  
18. आफ्‍‌नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्‍‌न लगाएर, आफ्‍‌नो दर्शनमा अडिएर, आफ्‍‌नो अभिलाषी मनले, कारणबिनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।
  
19. यस्ताहरूले शिरलाई समातेर राख्दैनन्, जसबाट पोषण पाएर जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दै जान्छ।
  
20. यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? किन नियमहरूका अघि झुक्छौ?
  
21. ‘‘नसमात, नचाख, नछोओ !’’
  
22. यी सबै कुरा व्यवहार गर्दागर्दै नष्ट भएर जान्छन्। यी कुरा मानिसहरूका आदेश र सिद्धान्तहरूमा आधारित छन्।
  
23. उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाङ त पार्छन् तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुरा कुनै मूल्यको हुँदैनन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES