Bible Study: FrontPage




 

हिब्रु, Chapter 4

Bible Study - हिब्रु 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छदाँछँदै हामी होशियार रहौं, नत्र त तिमीहरूमध्ये कोही त्यसभित्र प्रवेश गर्न नसकौला।
  
2. किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो तर तिनीहरूले सुनेका वचनले तिनीहरूलाई केही फाइदा भएन, किनभने सुन्‍‌नेहरूले विश्वाससहित त्यसलाई ग्रहण गरेनन्।
  
3. हामी विश्वास गर्नेहरू त्यस विश्राममा प्रवेश गर्छौं, किनकि उहाँले यसो भन्‍‌नुभएको छ : ‘‘मेरो क्रोधमा मैले शपथ खाएँ, तिनीहरू मेरो विश्राममा कहिल्यै पस्‍‌नेछैनन्।’’ यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए ।
  
4. किनकि सातौं दिनको बारेमा, कुनै ठाउँमा उहाँले यसो भन्‍‌नुभएको छ,‘‘सातौं दिनमा परमेश्वरले आफ्‍‌ना सम्पूर्ण कामहरूबाट विश्राम लिनुभयो।’’
  
5. फेरि यही खण्डमा भन्‍‌नुभएको छ, ‘‘तिनीहरू मेरो विश्राममा पस्‍‌नेछैनन्।’’
  
6. यसकारण कतिलाई प्रवेश गर्न अझै बाँकी नै छ र तिनीहरू जसलाई पहिल्यै सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍‌ना अनाज्ञाकारिताले गर्दा पस्‍‌नसकेनन्।
  
7. फेरि परमेश्वरले ‘‘आज’’ भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍‌नुभयो, ‘‘आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार।’’
  
8. किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, त्यसपछि उहाँले ‘‘अर्को दिन’’ भनी भन्‍‌नुहुनेथिएन ।
  
9. त्यसकारण परमेश्वरका मानिसहरूका निम्ति विश्राम-दिनको विश्राम बाँकी नै छ।
  
10. किनभने परमेश्वरको विश्राममा प्रवेश गर्ने आफैले पनि आफ्‍‌ना कामहरूबाट विश्राम गरेको हुन्छ, जसरी संसारको सृष्टि गरिसक्‍‌नुभएपछि परमेश्वरले पनि विश्राम लिनुभयो।
  
11. यसकारण हामी त्यस विश्रामभित्र प्रवेश गर्नको निम्ति प्रयत्‍‌न गरौं । नत्र त अनाज्ञाकारिताको त्यही उदाहरण अनुसरण गरेर कोही पतन होला।
  
12. किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि भाग-भाग पारुञ्जेल वारपार छेड्‍‌ने अनि हृदयका विचार र इच्छा जाँच्‍‌नसक्‍‌ने हुन्छ।
  
13. उहाँको दृष्टिबाट कुनै पनि प्राणी लुकेको छैन, उहाँको दृष्टिमा सबै कुरा खुला र उदाङ्गो छ। हामीले उहाँलाई नै लेखा दिनुपर्छ।
  
14. त्यसकारण स्वर्ग छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू, हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले स्वीकार गरेको विश्वासलाई थामिराखौं।
  
15. किनकि हाम्रा प्रधान पूजाहारी, हाम्रा कमजोरीहरूमा हामीलाई सहानुभूति देखाउन नसक्‍‌ने हुनुहुन्‍‌न, तर हामीले झैँ उहाँले सबै परीक्षाहरूको सामना गर्नुभयो, तैपनि उहाँले केही पाप गर्नुभएन।
  
16. यसकारण हामी हिम्मतसाथ अनुग्रहको सिंहासनको नजिकमा जाऔं, खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्नसकौं।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES