Bible Study: FrontPage




 

हिब्रु, Chapter 5

Bible Study - हिब्रु 5 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. मानिसहरूका बीचबाट लिइएका हरेक प्रधान पूजाहारी परमेश्वरसम्बन्धी कुरामा पापको निम्ति भेटी र बलिदानहरू चढाउनलाई मानिसहरूकै निम्ति नियुक्त भएको हुन्छ।
  
2. तिनले अजान र कुबाटोतिर लागेकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनभने उनी आफै पनि निर्बलताले घेरिएका हुन्छन्।
  
3. त्यसकारण तिनले मानिसहरूका निम्ति जस्तै आफ्‍‌ना पापको निम्ति पनि बलिदान चढाउनुपर्छ।
  
4. कुनै मानिसले पनि आफ्‍‌नोनिम्ति यो सम्मान लिँदैन तर उनले लिन्छन्, जो हारूनझैँ परमेश्वरद्वारा बोलाइएका हुन्छन्।
  
5. त्यसकारण प्रधान पूजाहारी हुनको निम्ति ख्रीष्टले आफैलाई उच्च पार्नुभएन। तर परमेश्वरले पार्नुभयो, जसले उहाँलाई यसो भन्‍‌नुभयो, ‘‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’’
  
6. जसरी अर्को खण्डमा पनि उहाँ भन्‍‌नुहुन्छ, ‘‘मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।’’
  
7. जब येशू यस संसारमा हुनुहुन्थ्यो, उहाँलाई मृत्युबाट बचाउन सक्‍‌नुहुनेसँग उहाँले ठूलो क्रन्दन र आँसुसित प्रार्थना र अर्जविन्ती गर्नुभयो, अनि उहाँको भक्तिपूर्ण समर्पणका कारण उहाँको सुनुवाइ भयो।
  
8. उहाँ पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍‌नुभयो।
  
9. यसरी सिद्ध बनाइनुभएपछि उहाँका आज्ञापालन गर्नेहरू सबैको निम्ति उहाँ अनन्त मुक्तिको स्रोत हुनुभयो।
  
10. उहाँ मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा नियुक्त हुनुभयो।
  
11. यस विषयमा हामीले भन्‍‌नु धेरै छ अनि यो बुझाउन पनि गाह्रो छ, किनकि तिमीहरू सुन्‍‌नुमा बोधो भएका छौ ।
  
12. किनकि यसबेलासम्म तिमीहरू शिक्षक भइसक्‍‌नुपर्ने थियो, तर परमेश्वरको वचनको प्रारम्भिक शिक्षाहरू फेरि तिमीहरूलाई सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन तर अझै दूधको खाँचो पर्नेजस्ता तिमीहरू भएका छौ।
  
13. किनकि दूध मात्र पिएर बाँच्‍‌ने हरेक मानिस धार्मिकताको वचनसँग अनभिज्ञ हुन्छ, किनकि ऊ बालक हो ।
  
14. तर खँदिलो भोजन हुर्केकाहरूका निम्ति हुन्छ। यिनीहरूको मानसिक शक्ति लगातार अभ्यासद्वारा असल र खराब छुट्ट‍याउनसक्‍‌ने भएको हुन्छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES