1. यसकारण ख्रीष्टसम्बन्धी प्रारम्भिक शिक्षाहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कामहरूबाट पश्चात्तापको र परमेश्वरतर्फको विश्वासका कुरा,
2. बप्तिस्माहरूबारे निर्देशन, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डको विषयमा फेरि जग नबसालौं ।
3. यदि परमेश्वरको अनुमति भयो भने हामी यो गर्नेछौं।
4. किनकि तिनीहरू, जसले एकचोटि ज्योति पाएर स्वर्गका वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी तुल्याइएका,
5. परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद पाएर
6. पतन भए भने यस्ताहरूलाई फेरि पश्चात्ताप गर्ने अवस्थामा ल्याउनु असम्भव छ। किनकि तिनीहरूले आफ्नैनिम्ति परमेश्वरका पुत्रलाई क्रूसमा टाँग्छन् र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन्।
7. किनकि जुन जमीनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ र आफूलाई खनजोत गर्नेहरूका निम्ति काम लाग्ने सागपात उमार्छ भने त्यसले परमेश्वरबाट आशिष् पाउँछ।
8. तर यदि त्यसले काँडा र सिउँडीहरू उमार्छ भने त्यो बेकम्मा भई सरापमा पर्ने जोखिममा हुन्छ र अन्त्यमा त्यो जलाइन्छ।
9. तर प्रियहरू हो, हामीले यसरी बोले तापनि तिमीहरूका विषयमा अझै असल कुरा अर्थात् मुक्तिसँगै आउने कुराको भरोसा राखेका छौं।
10. किनकि परमेश्वर तिमीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जो तिमीहरूले पवित्रजनको सेवा गरेर वा सेवा गर्दै उहाँका नाउँका निम्ति देखाएका छौ।
11. हामी चाहन्छौं कि तिमीहरू प्रत्येकले अन्त्यसम्मै आफ्ना सम्पूर्ण आशाको निश्चयताको निम्ति तत्परता देखाउनेछौ,
12. तसर्थ तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखासिकी गर्नेहरू होओ।
13. जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा, आफूभन्दा ठूलो कोही नपाउँदा उहाँले आफ्नै नाउँमा शपथ खानुभयो
14. र भन्नुभयो, ‘‘निश्चय म तँलाई आशिष् दिनेछु र निश्चय तेरो वृद्धि गर्नेछु।’’
15. अनि यसरी धैर्यसाथ पर्खेर तिनले प्रतिज्ञा प्राप्त गरे।
16. किनकि मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन् र दृढनिश्चयतासाथ खाइएको शपथद्वारा तिनीहरूका सबै वादविवादको अन्त हुन्छ।
17. त्यसरी नै जब परमेश्वरले आफ्नो कहिले नबद्लिने उद्देश्य प्रतिज्ञाका हकदारहरूलाई देखाउने इच्छा गर्नुभयो, तब उहाँले शपथबाट नै पुष्टि गर्नुभयो।
18. यी दुई अपरिवर्तनीय कुराद्वारा, जसमा परमेश्वरले झूट बोल्न असम्भव छ, यसैले कि हाम्रोअघि राखिएको आशालाई पक्रन शरणको निम्ति हामी दगुरेकाहरूलाई ठूलो उत्साह होस्।
19. यो आशा हाम्रो आत्माको निम्ति निश्चित र स्थिर लङ्गरको रूपमा हामीसित छ। यो आशा पर्दाभित्र प्रवेश गर्दछ।
20. जहाँ येशू मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी बनेर हाम्रो अग्रदूतको रूपमा प्रवेश गर्नुभएको छ।
|