Bible Study: FrontPage




 

हिब्रु, Chapter 9

Bible Study - हिब्रु 9 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. पहिलाको करारमा आराधनाका धर्म-विधि र एउटा सांसारिक पवित्रस्थान पनि थिए।
  
2. त्यहाँ एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबुल र भेटीका रोटीहरू थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो
  
3. र दोस्रो पर्दाको पछाडिपट्टि महापवित्रस्थान भनिने कोठा थियो।
  
4. त्यस कोठामा सुनको धूप वेदी र सुनले मोहोरिएको करारको सन्दुक थियो। सन्दुकभित्र मन्‍‌न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए।
  
5. सन्दुकमाथि कृपा-आसनमा छायाँ पारिराख्‍‌ने ईश्वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्‍‌न सक्दैनौं।
  
6. अब यी सबै कुराको प्रबन्ध भइसकेपछि पूजाहारीहरू आफ्‍‌ना धार्मिक विधि र कर्तव्य पालन गर्दै नियमितरूपले बाहिरपट्टिको पवित्रस्थानभित्र प्रवेश गर्थे।
  
7. तर भित्रपट्टिको कोठामा भने, प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एकचोटि जान्छन्, त्यो पनि रगत नलिईकन होइन । त्यो रगत उसले आफ्‍‌नोनिम्ति र मानिसहरूका पापको निम्ति चढाउँछ।
  
8. यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ कि जबसम्म बाहिरपट्टिको पवित्रस्थान रहिरहन्छ, तबसम्म महापवित्रस्थानभित्र जाने बाटो प्रकट गरिएको थिएन।
  
9. यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ कि चढाएका भेटी र बलिदानहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन्।
  
10. केवल ती खाने, पिउने र विभिन्‍‌न विधिका स्‍‌नान मात्र हुन्, अर्थात् शारीरिक धर्म-विधि हुन्, जुन सुधारको समय नआउञ्जेल स्थापना गरिएका थिए।
  
11. जब ख्रीष्ट, आउने असल कुराका प्रधान पूजाहारीको रूपमा प्रकट हुनुभयो। उहाँ अझ महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानिसका हात र यो सृष्टि गरिएको संसारको थोकद्वारा बनाइएको होइन।
  
12. बोका र बाछाहरूको रगतले होइन तर आफ्‍‌नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकपल्ट महापवित्रस्थानभित्र उहाँ प्रवेश गर्नुभयो।
  
13. बोका र साँढेहरूको रगत अनि कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूका शरीर शुद्ध हुन्छ भने
  
14. ख्रीष्टको रगतले झन् कति बढ्ता गरी तिमीहरूका विवेकलाई मृतकर्महरूबाट शुद्ध पार्नेछ, यसैले कि तिमीहरू जीवित परमेश्वरको सेवा गर्नसक्छौ। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निस्खोट बलिदानको रूपमा परमेश्वरकहाँ अर्पण गर्नुभयो।
  
15. त्यसकारण उहाँ नयाँ करारको मध्यस्थ हुनुहुन्छ, बोलाइएकाहरूले अनन्त उत्तराधिकारको प्रतिज्ञा पाऊन् भनेर पहिलो करार अन्तर्गत गरिएका अपराधको छुटकाराको निम्ति मृत्युले ठाउँ लियो।
  
16. किनभने जहाँ इच्छापत्र हुन्छ, त्यहाँ त्यो बनाउनेको मृत्युको पनि आवश्यकता पर्छ।
  
17. किनकि इच्छापत्र तब मात्र लागू हुन्छ, जब त्यो बनाउने व्यक्तिको मृत्यु हुन्छ। किनभने इच्छापत्र दिने बाँचुन्जेलसम्म यो लागू हुँदैन।
  
18. त्यसकारण पहिलो करार पनि रगतबिना लागू हुनसकेन ।
  
19. किनकि मोशाले मानिसहरूलाई परमेश्वरका सबै व्यवस्था बताइसकेपछि तिनले बाछा र बोकाको रगत अनि पानी लिएर रातो ऊन र हिसपका स्याउलाद्वारा परमेश्वरको व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि यसो भन्दै छर्के,
  
20. ‘‘यो परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत हो।’’
  
21. अनि यसरी नै तिनले पवित्र वासस्थानमाथि र सेवाका सबै भाँडाहरूमाथि रगत छर्के।
  
22. वास्तवमा व्यवस्थाअनुसार रगतले प्राय: सबै कुरा शुद्ध पार्दछ, रगत नबगाईकन कुनै पनि पापको क्षमा हुँदैन।
  
23. यदि स्वर्गका कुराका नमूनालाई शुद्ध पार्न यी विधि चाहिए भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्‍यो।
  
24. किनकि ख्रीष्ट हातले बनाइएको पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुन वास्तविक कुराको छायाँ मात्र थियो तर उहाँ स्वर्गमा नै प्रवेश गर्नुभयो र अहिले हाम्रोनिम्ति परमेश्वरको अघि उपस्थित हुनुहुन्छ।
  
25. येशू आफैलाई बारम्बार बलि चढाउन स्वयम् पस्‍‌नुभएको होइन, जसरी प्रधान पूजाहारी वर्षैपिच्छे आफ्‍‌नै रगत होइन तर अर्काको रगत लिएर महापवित्रस्थानभित्र प्रवेश गर्दछन्।
  
26. नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दु:ख भोग्‍‌नुपर्थ्यो। तर यस युगको अन्त्यमा आफ्‍‌नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकैपल्ट प्रकट हुनुभएको छ।
  
27. जसरी मानिसको निम्ति एकपल्ट मर्नु निश्चित छ र त्यसपछि इन्साफ आउँछ।
  
28. त्यसरी नै ख्रीष्ट पनि धेरै जनाको पाप बोक्‍‌नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रोपल्ट देखा पर्नुहुनेछ, पाप बोक्‍‌नको निम्ति होइन तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति हो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES