Bible Study: FrontPage




 

याकुब, Chapter 3

Bible Study - याकुब 3 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. भाइहरू हो, शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ भन्‍‌ने जानेर तिमीहरूमध्ये धेरै जना शिक्षक नबन।
  
2. किनभने हामी सबै धेरै कुरामा चुक्तछौं। यदि कोही आफूले भनेको वचनमा चुक्तैन भने ऊ सिद्ध मानिस हो, जसले आफ्‍‌नो सम्पूर्ण शरीरमा लगाम लगाउन पनि सक्छ।
  
3. अब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूको मुखमा यदि लगाम लगायौं भने हामी तिनीहरूका सम्पूर्ण शरीरलाई काबूमा राख्‍‌न सक्छौं।
  
4. हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो कर्णद्वारा कर्णधारले आफ्‍‌नो इच्छाअनुसार जता मन पर्‍यो त्यतै लैजान्छ।
  
5. त्यसरी नै जिब्रोले पनि शरीरको एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको घमण्ड गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ।
  
6. अनि जिब्रो पनि एउटा आगो हो, यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा संसार नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र हाम्रो जीवनको सारा यात्रामा आगो सल्काइदिन्छर नरकको आगोमा त्यो जल्छ।
  
7. हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ।
  
8. तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
  
9. हामी यसैले प्रभु र पिताको स्तुति गर्छौं र यसैद्वारा हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप पनि दिन्छौं।
  
10. एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइहरू हो, यसो नहुनुपर्ने हो।
  
11. के एउटै मुहानबाट मीठो र तीतो पानी निस्किन्छन् र?
  
12. मेरा भाइहरू हो, के नेभारोको रूखले भद्राक्ष वा अङ्गुरको बोटले नेभारो फलाउन सक्छ? त्यसरी नै कुनै पनि मुहानबाट मीठो र तीतो पानी निस्किँदैन।
  
13. तिमीहरूमध्ये बुद्धिमान् र समझदार को छ? उसले असल जीवनद्वारा बुद्धिको नम्रतामा आफ्‍‌नो कामहरू देखाओस्।
  
14. तर तिमीहरूको हृदयमा तीतो, डाहा र स्वार्थी भावना छ भने अभिमान नगर र सत्यको विरुद्धमा झूट नबोल।
  
15. यो माथिबाट आउने बुद्धि होइन तर सांसारिक, शारीरिक र शैतानी शक्ति हो।
  
16. किनकि जहाँ ईर्ष्या र स्वार्थी भावना हुन्छ, त्यहाँ अव्यवस्था र हरेक प्रकारको दुष्टता हुन्छ।
  
17. तर माथिबाटको बुद्धि पहिले शुद्ध हुन्छ, त्यसपछि मिलनसार, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको पक्षपात र कपटरहित हुन्छ।
  
18. शान्ति कायम राख्‍‌नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES