Bible Study: FrontPage




 

युहन्ना, Chapter 5

Bible Study - युहन्ना 5 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसपछि यहूदीहरूको एउटा चाड भएकोले येशू यरूशलेमतिर उक्लनुभयो।
  
2. यरूशलेममा भेडा-ढोका नजिकै पाँच दलान भएको एउटा तलाउ थियो, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ।
  
3. त्यहाँ रोगीहरूको भीड अर्थात् अन्धा, लङ्गडा, पक्षाघातीहरू पानी कहिले छचल्किएला भनी पर्खेर पस्रिरहेका हुन्थे।
  
4. किनकि कहिलेकहीँ परमप्रभुको दूत तलाउमा ओर्लेर पानी छचल्काइदिन्थे। पानी छचल्किँदा जो पहिले तलाउमा पस्थ्यो, जस्तोसुकै बिमारी भए तापनि निको भइहाल्थ्यो।
  
5. त्यहाँ अठ्तीस वर्षदेखि थला परेको एउटा बिमारी थियो।
  
6. जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्‍‌नुभयो र त्यो लामो समयदेखि त्यस हालतमा रहेछ भनी थाहा पाएर सोध्‍‌नुभयो, ‘‘के तिमी निको हुन चाहन्छौ?’’
  
7. त्यस बिमारीले येशूलाई जवाफ दियो, ‘‘हजूर, पानी छचल्किँदा मलाई तलाउमा ओह्रालिदिने कोही पनि छैन तर म जाँदाजाँदै मभन्दा अघि अर्को मान्छे ओर्लिहाल्छ।’’
  
8. येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘उठ, आफ्‍‌नो ओछ‍यान उठाऊ र हिँड।’’
  
9. त्यो मानिस तत्कालै निको भइहाल्यो अनि आफ्‍‌नो ओछ‍यान उठाएर हिँड‍यो। त्यो दिन विश्राम-दिन थियो।
  
10. त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने,‘‘यो विश्राम-दिन हो र तिमीले आफ्‍‌नो ओछ‍यान बोकेर हिँड्‍‌नु व्यवस्था सङ्गत छैन।’’
  
11. त्यसले तिनीहरूलाई जवाफ दियो, ‘‘मलाई जसले निको पार्नुभयो, उहाँले नै ‘आफ्‍‌नो ओछ‍यान उठाएर हिँड’ भन्‍‌नुभएको हो।’’
  
12. तिनीहरूले सोधे,‘‘तिमीलाई आफ्‍‌नो ओछ‍यान उठाएर हिँड् भन्‍‌ने त्यो मानिस को हो?’’
  
13. निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍‌नेबारेमा केही थाहा थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्‍‌नुभएको थियो।
  
14. त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेटेर भन्‍‌नुभयो, ‘‘हेर, तिमी निको भएका छौ, अब पाप नगर नत्र त तिमीमाथि ठूलो विपत्ति आइलाग्‍‌नेछ।’’
  
15. त्यो मानिस गयो र त्यसलाई निको पारिदिने त येशू हुनुहुँदो रहेछ भनी त्यसले यहूदीहरूलाई भन्यो।
  
16. यसकारण यहूदीहरूले येशूलाई सताइरहेका थिए, किनभने उहाँले विश्राम-दिनमा यी कामहरू गरिरहनुभएको थियो।
  
17. तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘मेरा पिताले काम गरिरहनुभएको छ र म पनि काम गरिरहन्छु ।’’
  
18. त्यसकारण, तिनीहरूले उहाँलाई मार्न खोजे किनभने उहाँले विश्राम-दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन, तर आफूलाई परमेश्वरसँग बराबरी तुल्याउँदै ‘परमेश्वर मेरा पिता हुनुहुन्छ’ पनि भन्‍‌नुभयो।
  
19. तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यसै गर्छ।
  
20. किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनुभएका सबै कामहरू पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् कामहरू उहाँले पुत्रलाई देखाउनुहुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ।
  
21. जसरी पिताले मृतकहरूलाई पुनर्जीवित पारेर जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि आफूले चाहेकाहरूलाई जीवन दिनुहुन्छ।
  
22. किनकि पिताले कसैको न्याय गर्नुहुन्‍‌न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ।
  
23. यसैले कि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
  
24. साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ र त्यो न्यायमा पर्नेछैन तर ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ ।
  
25. साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेछ र त्यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्‍‌नेछन् र सुन्‍‌नेहरू जीवित हुनेछन्।
  
26. किनभने जसरी पिता आफैमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवन होस् भनेर दिनुभएको छ
  
27. र उहाँले पुत्रलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उनी मानिसका पुत्र हुन्।
  
28. यस कुरामा अचम्म नमान, किनभने त्यो समय आइरहेको छ, जब चिहानमा हुने सबैले उहाँको सोर सुन्‍‌नेछन्।
  
29. असल काम गर्नेहरू जीवनको निम्ति र खराब काम गर्नेहरू न्यायको निम्ति पुनर्जीवित भई बाहिर आउनेछन्।
  
30. म आफै केही गर्न सक्दिनँ। जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठीक छ, किनकि म आफ्‍‌नै इच्छा होइन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
  
31. यदि मैले आफ्‍‌नो विषयमा साक्षी दिएँ भने मेरो साक्षी सत्य हुँदैन।
  
32. मेरो बारेमा साक्षी दिने अर्कै एक जना हुनुहुन्छ, मेरो बारेमा उहाँले दिने साक्षी सत्य छ भनी म जान्दछु।
  
33. तिमीहरूले यूहन्‍‌नाकहाँ कुरा बुझ्‍‌नलाई मानिसहरू पठाएका थियौ र उनले सत्यताको साक्षी दिए।
  
34. तर म मानिसबाटको साक्षी ग्रहण गर्दिनँ तर तिमीहरूले मुक्ति पाओ भनेर म यी कुरा भन्दछु ।
  
35. उनी बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरूले केही समयसम्म उनको ज्योतिमा आनन्द मनाउने इच्छा गर्‍यौ।
  
36. तर मसँग यूहन्‍‌नाको भन्दा महान् साक्षी छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले, पिताले मलाई पठाउनुभएको हो भन्‍‌ने कुराको साक्षी दिँदछन्।
  
37. मलाई पठाउनुहुने पिताले मेरो साक्षी दिनुभएको छ। तिमीहरूले न त कहिल्यै उहाँको सोर सुनेका छौ, न उहाँको रूप नै देखेका छौ।
  
38. उहाँको वचन तिमीहरूमा रहँदैन, किनकि उहाँले पठाउनुहुनेलाई तिमीहरू विश्वास गर्दैनौ।
  
39. तिमीहरू धर्मशास्त्रमा खोजी गर्छौ, किनकि तिमीहरूले तिनैमा अनन्त जीवन पाइन्छ भनी सोच्दछौ र मेरो साक्षी दिने तिनै हुन्।
  
40. तापनि तिमीहरू जीवन प्राप्त गर्नको निम्ति मकहाँ आउन इन्कार गर्छौ।
  
41. म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ
  
42. तर तिमीहरूमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु।
  
43. म, मेरा पिताको नाउँमा आएको छु र पनि तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्‍‌नै नाउँमा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्नेछौ।
  
44. तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्छौ र पनि एकमात्र परमेश्वरबाट आउने त्यो सम्मानको खोजी गर्दैनौ भने कसरी तिमीहरू विश्वास गर्न सक्छौ?
  
45. मैले तिमीहरूलाई पिताको सामु दोष लगाउनेछु भनी नसोच। तिमीहरूलाई दोष लगाउने त्यही मोशा हुन्, जसमाथि तिमीहरूले भरोसा राखेका छौ ।
  
46. किनकि यदि तिमीहरूले मेरो विषयमा लेख्‍‌ने मोशालाई विश्वास गरेका भए, मलाई पनि विश्वास गरेका हुनेथियौ।
  
47. तर यदि तिमीहरूले, उनले लेखेका कुरा विश्वास गर्दैनौ भने कसरी मेरा कुरा विश्वास गर्नेछौ?’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES