Bible Study: FrontPage




 

लुका, Chapter 11

Bible Study - लुका 11 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. एकपल्ट येशूले बाहिर गएर प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्‍‌नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, ‘‘हे प्रभु, यूहन्‍‌नाले उनका चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस् ।’’
  
2. उहाँले भन्‍‌नुभयो, ‘‘तिमीहरूले यसरी प्रार्थना गनू: ‘‘हे पिता, तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य चाँडै आओस्।
  
3. हामीलाई प्रत्येक दिनको भोजन दिनुहोस्,
  
4. अनि हाम्रा पाप क्षमा गरिदिनुहोस्-जसरी हामीले पनि आफ्‍‌ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्।’’
  
5. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मानिलेऊ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीनवटा रोटी पैँचो देऊ,
  
6. किनकि मेरो एक जना मित्र भर्खरै मकहाँ आइपुगेका छन् र उनलाई खानदिने मसँग केही पनि छैन।’
  
7. उसले ओछ‍यानबाटै यसो भनेर जवाफ देला, ‘मलाई दु:ख नदिनुहोस्। ढोका बन्द भइसकेको छ। हामी सबै सुतिसकेका छौं। म, अहिले तपाईंलाई केही सहायता गर्न सक्दिनँ।’
  
8. तर म तिमीहरूलाई भन्दछु, उसले उठेर रोटी दिने इच्छा नगरे तापनि तिमी उसको मित्र भएको नाताले र तिमीले खुरन्धार मागिरहेको हुनाले, उसले उठेर तिमीलाई चाहिएजति दिनेछन्।
  
9. यसकारण म तिमीहरूलाई भन्दछु, मागिरहो र तिमीहरूले पाउनेछौ। खोजिरहो र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याइरहो र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
  
10. किनभने जसले माग्छ, उसले पाउनेछ। जसले खोज्छ उसले भेट्टाउनेछ । अनि जसले ढकढक्याइरहन्छ उसको निम्ति ढोका उघारिनेछ।
  
11. बुबाहरू हो, तिमीहरूमध्ये को होला, जसको छोराछोरीहरूले माछा माग्दा सर्प दिन्छौ?
  
12. अथवा तिनीहरूले अण्डा माग्दा बिच्छी दिन्छौ? अवश्य पनि त्यसो गर्दैनौ।
  
13. तिमीहरू दुष्ट भएर पनि आफ्‍‌ना छोराछोरीलाई असल चीज दिनुपर्छ भनी जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले आफूसँग माग्‍‌नेहरूलाई कति बढ्ता गरी पवित्र आत्मा दिनुहुनेछ।’’
  
14. एक दिन येशूले एउटा गुँगो मानिसबाट भूतात्मा निकाल्‍‌नुभयो र त्यो तुरुन्तै बोल्‍‌नसक्‍‌ने भयो। त्यो देखेर सारा भीड छक्क पर्‍यो।
  
15. तर कसै-कसैले भने, ‘‘उसले भूतात्मा निकालेको देखेर अचम्म मान्‍‌नु पर्दैन। उसले भूतहरूको मालिक शैतानबाट नै त्यो शक्ति पाएको छ।’’
  
16. अरुहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे।
  
17. तिनीहरूको विचार चाल पाएर उहाँले भन्‍‌नुभयो, ‘‘आफैभित्र विभाजित भएको कुनै पनि राज्य टिक्दैन र भित्रभित्रै विभाजित भएको घर पनि नष्ट हुन्छ ।
  
18. तिमीहरू मलाई भूतात्माहरूको मालिकद्वारा शक्तिशाली बनाइएको हो, भन्छौ। यदि मलाई भूतात्मा निकाल्‍‌ने शक्ति दिएर शैतान आफैमा विभाजित भयो भने त्यसको राज्य कसरी टिक्‍‌न सक्छ?
  
19. मलाई नै भूतात्माको मालिकले शक्तिशाली बनाएको भन्छौ भने तिमीहरूका चेलाहरू कसबाट शक्ति पाउँछन् नि? तिनीहरूले पनि त भूतहरू निकाल्छन्?यसकारण तिमीहरूले बोलेकै कुराद्वारा उनीहरूले तिमीहरूको न्याय गर्नेछन्।
  
20. तर परमेश्वरको शक्तिद्वारा म भूतहरू निकाल्छु भने उहाँको राज्य तिमीहरूकहाँ आएको छ।
  
21. किनभने जब कुनै बलियो मानिसले हातहतियारद्वारा सुसज्जित भई आफ्‍‌नो घरको रक्षा गर्छ, तब त्यसको धनसम्पत्ति सुरक्षित रहन्छ।
  
22. तर जब त्योभन्दा अझै बलियो मानिसले त्यसलाई आक्रमण गरी जित्छ र त्यसले भरोसा गरेका हातहतियार उसले खोसेर लैजान्छ अनि लूटका मालसामान बाँड्छ।
  
23. मेरो पक्षमा नहुने, मेरो विरुद्धमा हुन्छ र मसँग नबटुल्‍‌नेले छरपस्ट पार्छ।
  
24. जब दुष्टात्मा कुनै व्यक्तिबाट निकालिन्छ, त्यो उजाड-स्थानतिर विश्राम गर्ने ठाउँ खोज्दै डुल्छ र त्यसले कतै ठाउँ पाउँदैन, तब त्यसले भन्छ, ‘म अघि निस्केर आएकै व्यक्तिकहाँ फर्केर जान्छु।’
  
25. अनि त्यो फर्केर आउँछ र उसको पहिलेको ठाउँ सफा गरिराखेको भेट्टाउँछ।
  
26. त्यसपछि त्यस दुष्टात्माले आफूभन्दा बढ्ता दुष्ट सातवटा आत्माहरूलाई आफूसित ल्याउँछ र त्यस व्यक्तिभित्र प्रवेश गर्छ। यसरी त्यस व्यक्तिको हालत पहिलेको भन्दा झनै खराब हुन्छ।’’
  
27. उहाँले त्यसो भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले उहाँलाई चर्को स्वरले यसो भनी, ‘‘धन्य हो, त्यो गर्भ, जसले तपाईंलाई धारण गर्‍यो र ती स्तनहरू, जो तपाईंले चुस्‍‌नुभयो।’’
  
28. उहाँले जवाफ दिनुभयो, ‘‘परमेश्वरको वचन सुन्‍‌ने र त्यसअनुसार गर्ने व्यक्ति अझै धन्यको हो।
  
29. ‘‘यो दुष्ट पुस्ताले चिन्ह खोज्दछ, तर त्यसलाई योनाको चिन्हबाहेक अरु चिन्ह दिइनेछैन,
  
30. किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताका निम्ति चिन्ह हुनेछ।
  
31. न्यायको दिनमा शेबाकी रानी यस पुस्ताको विरुद्धमा खडा भएर यसलाई दोषी ठहर्‍याउनेछिन्, किनकि तिनी टाढा देशबाट सोलोमनको ज्ञानका कुरा सुन्‍‌न आएकी थिइन्। हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
  
32. न्यायको दिनमा निनवेका मानिसहरू पनि यस पुस्ताको विरुद्धमा खडा भएर यसलाई दोष्याउनेछन्, किनभने तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरे। हेर, अहिले योनाभन्दा महान् व्यक्ति यहाँ छन् ।
  
33. कसैले पनि बत्ती बालेर लुकाउँदैन वा त्यसलाई डालोले छोप्दैन। बरु उसले त्यो बत्ती दीपदानीमा राख्दछ र कोठामा पस्‍‌ने सबैको लागि उज्यालो हुन्छ।
  
34. तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर पूर्णरूपमा उज्यालो हुन्छ, तर त्यो खराब छ भने त तिम्रो शरीर पनि पूर्णरूपमा अँध्यारो हुन्छ।
  
35. यसकारण होशियार होओ, तिमीमा भएको उज्यालो, अँध्यारो नहोस्।
  
36. यदि तिम्रो सम्पूर्ण शरीर उज्यालोले भरिएको छ र कुनै भाग पनि अँध्यारो छैन भने चहकिलो बत्तीले उज्यालो पारेझैँ सम्पूर्ण शरीर नै उज्यालो हुनेछ।’’
  
37. येशूले बोल्दै गर्नुहुँदा एक जना फरिसीले उहाँलाई आफ्‍‌नो घरमा भोजन गर्न निम्त्याए। यसकारण उहाँ तिनको घरमा जानुभयो र भोजन गर्न बस्‍‌नुभयो।
  
38. येशू हात नधोई भोजन गर्न बस्‍‌नुभएको देखेर तिनी छक्कै परे।
  
39. तब प्रभुले तिनलाई भन्‍‌नुभयो, ‘‘तिमी फरिसीहरू थाल र कचौराको बाहिरपट्टि त राम्ररी माझ्दछौ, तर भित्र घिनलाग्दा लोभ र दुष्टताले भरिएका छौ।
  
40. मूर्खहरू हो, शरीरको बाहिरी भाग बनाउनुहुने परमेश्वरले नै भित्री भाग पनि बनाउनुभएको होइन र ?
  
41. तिमीहरूले लोभ गरेर राखेको सम्पत्ति गरीबहरूलाई देओ र तिमीहरू पूर्णरूपले शुद्ध हुनेछौ।
  
42. धिक्कार तिमी फरिसीहरूलाई ! किनभने तिमीहरू आफ्‍‌नो थोरैभन्दा थोरै आम्दानीको दशांश त दिन्छौ तर न्याय र परमेश्वरको प्रेमलाई बेवास्ता गर्छौ। तिमीहरूले दशांश त दिनैपर्छ तर यी झन् महत्वपूर्ण कुरालाई बेवास्था गर्नुहुँदैनथ्यो।
  
43. धिक्कार तिमी फरिसीहरूलाई ! किनभने तिमीहरू सभाघरहरूमा मुख्य-मुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ।
  
44. धिक्कार तिमी फरिसीहरूलाई ! तिमीहरू मैदानका नदेखिने चिहानहरूजस्ता छौ र चालै नपाई मानिसहरू ती माथिबाट हिँड्दछन्।’’
  
45. एक जना व्यवस्थाका पण्डितले भने, ‘‘गुरुज्यू, यस्ता कुरा भनेर तपाईंले हाम्रो अपमान गर्नुभएको छ।’’
  
46. येशूले भन्‍‌नुभयो, ‘‘धिक्कार तिमी व्यवस्थाका पण्डितहरू ! तिमीहरू मानिसहरूले थाम्‍‌नै नसक्‍‌ने नियमहरूको भारी बोकाउँछौ तर तिमीहरू आफैैले भने एक औँलाले पनि भारीहरू उठाउन सहायता गर्दैनौ।
  
47. धिक्कार तिमीहरूलाई ! किनभने तिमीहरूका पुर्खाहरूले पहिल्यै हत्या गरेका अगमवक्ताहरूका चिहान बनाउँछौ।
  
48. ए हत्याराहरू हो ! तिमीहरू आफ्‍‌ना पुर्खाहरूले गरेका काम ठीक थियो भनी सहमत हुन्छौ र तिमीहरू आफैले पनि त्यसको साक्षी दिन्छौ।
  
49. त्यसैकारण परमेश्वरले आफ्‍‌नो विवेकद्वारा तिमीहरूको बारेमा यो भन्‍‌नुभएको छ : ‘म तिनीहरूकहाँ अगमवक्ता र प्रेरितहरूलाई पठाउनेछु र तिनीहरूले कतिलाई मार्नेछन् अनि अरुहरूलाई सताउनेछन्।’
  
50. यसकारण संसारका शुरुदेखि अहिलेसम्म मारिएका परमेश्वरका अगमवक्ताहरूको हत्याको लेखा यस पुस्ताका मानिसहरूसँग लिइनेछ।
  
51. हाबिलको हत्यादेखि लिएर वेदी र पवित्रस्थानको बीचमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्तासँग लिइनेछ।
  
52. धिक्कार धार्मिक व्यवस्थाका पण्डितहरू ! किनभने तिमीहरू मानिसहरूदेखि ज्ञानको साँचो लुकाउँछौ, यसरी तिमीहरू आफै पनि भित्र पस्दैनौ र अरुलाई पनि पस्‍‌न दिँदैनौ।’’
  
53. येशूले यी कुरा भनी सक्‍‌नुभएपछि फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू अत्यन्तै क्रोधित भए । त्यसबेलादेखि तिनीहरूले उहाँको विरोध गर्दै धेरैवटा प्रश्‍‌नहरू सोध्‍‌नथाले,
  
54. तिनीहरूले उहाँलाई उहाँको मुखबाट निस्केका कुरामा फसाउने कोशिश गर्नथाले।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES