Bible Study: FrontPage




 

लुका, Chapter 12

Bible Study - लुका 12 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसैबेला हजारौं मानिसहरूको भीड भेला भयो, तिनीहरूले एक-अर्कालाई कुल्चन लागे, तब उहाँले सबैभन्दा पहिला आफ्‍‌ना चेलाहरूलाई भन्‍‌नलाग्‍‌नुभयो, ‘‘तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस, जो कपट हो।
  
2. समय आउँदै छ र सबै थोक खुलस्त हुनेछ अनि गुप्तमा भएका सबै थोक प्रकट गरिनेछन्।
  
3. तिमीहरू जे कुरा अँध्यारोमा बोल्छौ, त्यो उज्यालोमा सुनिनेछ। अनि जे कुरा तिमीहरू गुप्तमा गर्छौ, त्यो घरको धुरीबाट प्रचारिनेछ।
  
4. प्रिय मित्रहरू हो, तिमीहरूलाई मार्न खोज्‍‌नेहरूसँग नडराओ, किनभने तिनीहरूले शरीरलाई मात्र मार्न सक्छन्, त्यसभन्दा बढ्ता केही पनि गर्न सक्दैनन्।
  
5. तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु : उसैसँग डराऊ, जोसँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ, म तिमीहरूलाई भन्दछु, उसैसँग डराओ।
  
6. के दुई पैसामा पाँचवटा भँगेरा बिक्दैनन् र? तर परमेश्वरले तीमध्ये एउटैलाई पनि बिर्सिनुहुन्‍‌न।
  
7. अनि तिमीहरूको शिरका हरेक केशको गन्ती गरिएको छ । त्यसकारण नडराओ, तिमीहरू परमेश्वरका निम्ति सबै भँगेराहरूभन्दा पनि मूल्यवान् छौ।
  
8. साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले यस पृथ्वीमा सबै मानिसहरूको अगाडि मलाई स्वीकार गर्छ भने म, मानिसको पुत्रले पनि परमेश्वरका स्वर्गदूतहरूको सामुन्‍‌ने त्यसलाई स्वीकार गर्नेछु।
  
9. तर कसैले मलाई यस पृथ्वीमा इन्कार गर्छ भने म पनि परमेश्वरका स्वर्गदूतहरूको सामुन्‍‌ने त्यसलाई इन्कार गर्नेछु।
  
10. अनि मानिसको पुत्रको विरोधमा जसले बोल्दछ, त्यसलाई क्षमा गरिनेछ तर जसले पवित्र आत्माको निन्दा गर्छ, त्यसलाई कदापि क्षमा गरिनेछैन।
  
11. जब मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि सभाघरका शासकहरू र अधिकारीहरूको अगाडि उभ्याउनेछन्, त्यसबेला आफ्‍‌नो बचाउको निम्ति के बोल्‍‌नुपर्छ भनी चिन्तित नहोओ ।
  
12. तिमीहरू त्यहाँ उभिँदा के बोल्‍‌नुपर्छ भनेर पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ ।’’
  
13. भीडमा हुनेहरूमध्ये कसैले उहाँलाई भन्यो, ‘‘गुरुज्यू,मेरो दाज्यूलाई हाम्रा बुबाको सम्पत्तिको अंशबण्डा गर्नू भनिदिनुहोस्। ’’
  
14. येशूले जवाफ दिनुभयो, ‘‘मित्र, कसले मलाई त्यस्ता कुराको फैसला गर्ने न्यायकर्ता बनायो?’’
  
15. तब उहाँले भन्‍‌नुभयो, ‘‘होशियार बस, सबै प्रकारका लालचबाट आफूलाई जोगाओ। धनसम्पत्तिको प्रशस्ततामा मात्र मानिसको जीवन अडिएको हुँदैन।
  
16. त्यसपछि उहाँले एउटा दृष्टान्त भन्‍‌नुभयो: एक जना धनी मानिस थियो। ऊसित राम्रो उब्जनी हुने खेत थियो र ऊ त्यसबाट प्रशस्त फसल उब्जाउँथ्यो।
  
17. अनि उसले मनमनै यस्तो विचार गर्‍यो, ‘के गरूँ, किनकि मसँग मेरो अन्‍‌न राख्‍‌ने ठाउँ नै छैन।’
  
18. त्यसकारण उसले भन्यो, ‘अब मैले बुझेँ, म यस भकारीलाई भत्काएर अझै ठूलो बनाउनेछु। तब मसँग धेरै अन्‍‌न थन्क्याउने प्रशस्त ठाउँ हुनेछ।
  
19. त्यसपछि म मज्जाले बसेर आफैलाई भन्‍‌नेछु, ‘हे मेरो प्राण ! वर्षौंसम्म खान पुग्‍‌ने प्रशस्त अन्‍‌न तँसित छँदैछ। अब ढुक्क हो, खानपिन गर र मोजमज्जा गर्दै बस्।’
  
20. तर परमेश्वरले उसलाई भन्‍‌नुभयो, ‘ए मूर्ख, तँ आजै राती मर्नेछस् । अनि तैँले आफ्‍‌नोनिम्ति जम्मा गरेका यी सबै थोक अब कसले पाउँछ ?’
  
21. जसले आफ्‍‌नैनिम्ति धनसम्पत्ति थुपार्छ तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था यस्तै हुन्छ।’’
  
22. उहाँले चेलाहरूतिर फर्केर भन्‍‌नुभयो, ‘‘त्यसकारण म तिमीहरूलाई भन्दछु, जिउनको निम्ति के खाऔंला र शरीरमा के पहिरौंला भनी फिक्री नगर ।
  
23. किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा ठूलो हो।
  
24. आकाशमा उड्‍‌ने कागहरूलाई हेर। तिनीहरूले रोप्‍‌ने र बाली काट्‍‌ने गर्दैनन्, भकारीमा केही जम्मा गर्दैनन् तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ अनि ती चराहरूभन्दा त तिमीहरू उहाँको निम्ति धेरै मूल्यवान् छौ।
  
25. तिमीहरूमध्ये कसले आफ्‍‌नो खातिर चिन्ता गरेर जीवनमा एक पल थप्‍‌न सक्छौ र? अहँ, कदापि सक्दैनौ।
  
26. तिमीहरूले चिन्ता गरेर यो सानो काम पनि गर्न सक्दैनौ भने अरु कुराको निम्ति किन चिन्ता गर्दछौ?
  
27. मैदानका लिली फूललाई हेर, ती कसरी बढ्छन्? ती परिश्रम गर्दैनन्, न त आफ्‍‌नो पहिरन बनाउँछन्, तापनि ती सोलोमन राजाको वैभव र सुन्दरताभन्दा पनि बढ्ता विभूषित छन्।
  
28. आज जमीनमा हुने र भोलि सुकिहाल्‍‌ने ती फूलहरूलाई परमेश्वरले त्यति धेरै सुन्दर पार्नुहुन्छ भने, ए अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कति बढ्ता गरी पहिराउनुहुनेछ?
  
29. के खाऔँला र के पिऔँला भनेर खानेकुराको निम्ति चिन्ता नगर, परमेश्वरले नै त्यसको बन्दोबस्त गरिदिनुहुनेछ।
  
30. सांसारिक मानिसहरू मात्र यस्ता कुराको ध्याउन्‍‌नमा हुन्छन्। तिमीहरूका स्वर्गका पिताले अघिबाटै तिमीहरूको खाँचोहरू जान्‍‌नुहुन्छ।
  
31. तर परमेश्वरको राज्यको खोजी गर र यी सबै कुरा तिमीहरूलाई थपिनेछन्।
  
32. त्यसकारण ए सानो बगाल, नडराओ। किनभने तिमीहरूका स्वर्गका पिता तिमीहरूलाई राज्य दिनको निम्ति प्रसन्‍‌न हुनुहुन्छ।
  
33. तिमीहरूसँग भएको सबै थोक बेच र खाँचोमा परेकाहरूलाई बाँडिदेओ। त्यसो गर्नाले तिमीहरूले स्वर्गमा धन जम्मा गर्नेछौ। स्वर्गमा भएको थैलीमा प्वाल हुँदैन। त्यहाँ तिमीहरूको धन सुरक्षित हुन्छ, त्यहाँ चोरले चोर्न सक्दैन र खियाले पनि नष्ट पार्न सक्दैन।
  
34. तिमीहरूको धन जहाँ हुन्छ, तिमीहरूको हृदय र विचार पनि त्यहीँ हुन्छ।
  
35. तिमीहरूका कम्मर कसिएका र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्।
  
36. तिमीहरू विवाह भोजबाट फर्केर आउने आफ्‍‌नो मालिकलाई पर्खिएर बस्‍‌ने सेवकहरूजस्ता होओ, जसले मालिक आएर ढोका ढकढक्याउँदा तुरुन्तै ढोका खोलिदिन्छन्।
  
37. ती दासहरु धन्यका हुन्, जसलाई मालिकले आफू आउँदा जागा रहेका भेट्टाउनेछन् । म तिमीहरूलाई साँचो भन्दछु, तिनले आफ्‍‌नो कम्मर कस्‍‌नेछन्, अनि तिनीहरूलाई खानका निम्ति बस्‍‌न लगाउनेछन् र अघि बढेर तिनीहरूको सेवा गर्नेछन्।
  
38. तिनी मध्यरातमा कि उज्यालो हुनुभन्दा अघि नै आउन सक्छन् । जुन बेला आए तापनि तयार भई बस्‍‌ने सेवकले स्याबासी पाउनेछ।
  
39. यो कुरा जानिराख, यदि घरधनीले चोर कुन बेला आउँछ भनेर जानेको भए उसले आफ्‍‌नो घर फोरिन दिने थिएन।
  
40. तिमीहरू पनि जागा बस, किनकि तिमीहरूले नसोचेको समयमा मानिसको पुत्रको आगमन हुनेछ।’’
  
41. पत्रुसले सोधे, ‘‘प्रभु, यो दृष्टान्त हाम्रोनिम्ति मात्रै हो कि सबैको निम्ति हो?’’
  
42. तब प्रभुले जवाफ दिनुभयो, ‘‘मैले एउटा विश्वसनीय र होशियार नोकरको विषयमा भनेको हुँ, जसलाई त्यसको मालिकले आफ्‍‌नो घरका मानिसहरूलाई खुवाउने र घरको रेखदेख गर्ने जिम्मेवारी सुम्पिन्छ।
  
43. यदि मालिक फर्केर आउँदा उसले भनेजस्तै गरी त्यस नोकरले गरिरहेको भेट्टायो भने त्यसले इनाम पाउनेछ।
  
44. साँच्चै म तिमीहरूलाई भन्दछु, त्यस मालिकले आफ्‍‌नो त्यो नोकरलाई घरमा भएका सबै थोकमाथि अधिकार सुम्पिनेछ।
  
45. तर त्यस नोकरले आफ्‍‌नो मालिक चाँडै फर्किंदैनन् भन्‍‌ने सोचेर अरु नोकरहरूलाई काममा जोतेर आफू खान, पिउन र मात्‍‌न थाल्यो भने
  
46. त्यसले नसोचेको बेलामा खबरै नगरी त्यसका मालिक आइपुग्छ र उसले त्यस नोकरलाई कठोर दण्ड दिनेछ अनि त्यसको अवस्था अविश्वासीहरूको जस्तो हुनेछ।
  
47. आफ्‍‌नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले धेरै कोर्रा खानेछ।
  
48. तर आफूले खराब काम गर्दैछु भनेर चाल नपाउने मानिसहरूले थोरै मात्र दण्ड पाउनेछन्, किनभने जसलाई धेरै दिइएको हुन्छ, त्यसबाट धेरै मागिनेछ अनि जसलाई धेरै कुरा सुम्पिएको हुन्छ, त्यसबाट अझै बढी लिइनेछ।
  
49. म पृथ्वीमा आगो खन्याउन आएको हुँ अनि यो अघि नै सल्किसकेको भए हुनेथियो।
  
50. मेरो अगाडि भयानक बप्तिस्मा राखिएको छ, त्यो पूरा नभएसम्म म सकसमा परेको छु।
  
51. के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको भन्‍‌ने ठान्छौ? होइन, म त यहाँ फूट र विभाजन ल्याउन आएको हुँ।
  
52. अबदेखि उसो परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई र दुई जनाका विरुद्धमा तीन ।
  
53. बुबा र छोरा, आमा र छोरी अनि सासू र बुहारीको बीचमा फाटो आउनेछ।’’
  
54. त्यसपछि येशू भीडतिर फर्किनुभयो र भन्‍‌न लाग्‍‌नुभयो, ‘‘तिमीहरू पश्चिमतिरबाट बादल आकाशमा उठेको देखेर ‘पानी पर्न लागेछ’ भन्छौ र त्यस्तै हुन्छ ।
  
55. जब दक्षिणी हावा चल्दछ, तिमीहरू ‘आज गर्मी बढ्‍‌ने रहेछ’ भन्छौ र त्यस्तै हुन्छ।
  
56. ए पाखण्डी हो, तिमीहरू आकाश र पृथ्वीका चिन्ह हेरेर के हुन्छ भन्‍‌न सक्छौ तर अहिले के हुँदैछ त्यो बताउन सक्दैनौ र?
  
57. कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्न सक्दैनौ?
  
58. तिम्रो वादीसँग न्यायाधीशकहाँ जाँदैगर्दा बाटोमै ऊसँग मिलाप गर्ने कोशिश गर, नत्र त त्यसले तिमीलाई अधिकारीकहाँ पुर्‍याउला र सजाय तोकेर झ्यालखानमा हालिदेला ।
  
59. यदि यस्तो भयो भने धरौटीको एक-एक पैसा, चुक्ता नगरून्जेल तिमी झ्यालखानबाट मुक्त हुनेछैनौ।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES