Bible Study: FrontPage




 

लुका, Chapter 13

Bible Study - लुका 13 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसैबेला गालीलका केही मानिसहरूले यरूशलेमको मन्दिरमा बलिदान चढाउँदै गर्दा पिलातसले तिनीहरूको हत्या गरेका थिए भनी कसैले येशूलाई सुनायो।
  
2. येशूले सोध्‍‌नुभयो, ‘‘के ती गालीलीहरू अरु सबै गालीलीहरूभन्दा बढ्ता पापी थिए भन्‍‌ने तिमीहरूलाई लाग्छ? के त्यसैकारण तिनीहरूले त्यसरी दु:ख पाएका थिए?
  
3. त्यसो होइन, अनि तिमी पनि आफ्‍‌ना दुष्ट चालबाट फर्किएर परमेश्वरतिर आएनौ भने त्यसरी नै नष्ट हुनेछौ।
  
4. त्यसरी नै के सिलोआमको धरहरा ढल्दा किचिएर मरेका ती अठार जना यरूशलेमका अरु बासिन्दाहरूभन्दा पापी थिए भनी ठान्छौ?
  
5. त्यसो होइन, म फेरि तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ।’’
  
6. येशूले यो दृष्टान्त भन्‍‌नुभयो: ‘‘एउटा मानिसले आफ्‍‌नो अङ्गुरबारीमा नेभारोको रूख लगायो र बेला-बेलामा आएर त्यसमा केही फल फलेको छ कि भनेर हेर्नथाल्यो, तर कहिल्यै पनि उसले त्यसमा केही फल भेट्टाएन र ऊ निराश भयो।
  
7. अन्त्यमा उसले अङ्गुरबारीमा काम गर्ने खेतालालाई भन्यो, ‘मैले तीन वर्षसम्म पर्खेँ, तर यसमा एउटै पनि फल लागेन। किन यसले ठाउँ मात्र ओगट्‍‌ने? त्यसकारण यसलाई काटेर ढाल।’
  
8. खेतालाले विन्ती गर्‍यो, ‘हजूर, यसलाई अझै मलजल गरेर स्याहार गरौं र एक वर्षसम्म पर्खेर हेरौं।
  
9. यदि अर्को वर्ष यसले फल फलायो भने, ठीकै छ, होइन भने यसलाई ढाल्‍‌नुपर्छ’।’’
  
10. एक विश्राम-दिनमा येशूले सभाघरमा शिक्षा दिइरहनुभएको थियो,
  
11. त्यहाँ उहाँले दुष्टात्माको कारण अठार वर्षदेखि कुप्रो परेकी एउटी स्त्रीलाई देख्‍‌नुभयो, जो आफै सीधा उभिन सक्दिनँ थिइन्।
  
12. येशूले त्यो देखेर तिनलाई बोलाउनुभयो, ‘‘नारी, तिमी तिम्रो बिमारबाट निको भयौ।’’
  
13. त्यसपछि उहाँले तिनलाई छुनुभयो र तत्कालै तिनी सोझो भएर खडा भइन् अनि खुशी हुँदै परमेश्वरको प्रशंसा गर्न थालिन्।
  
14. तर येशूले विश्राम-दिनमा निको पार्नुभएको देखेर त्यस सभाघरका प्रमुख रिसाए। तिनले मानिसहरूलाई भने, ‘‘काम गर्नका लागि हामीसँग छ-छ दिन छन्। ती दिनहरूमा निको पारे पनि त हुन्थ्यो नि। विश्राम-दिनमा यसो गर्नु उचित होइन।’’
  
15. तर प्रभुले जवाफ दिनुभयो, ‘‘ए पाखण्डी, तिमी पनि त विश्राम-दिनमा काम गर्छौ, के तिमी विश्राम-दिनमा आफ्‍‌ना गोरु वा गधालाई थलाबाट फुकाएर पानीमा पुर्‍याउँदैनौ र?
  
16. यी स्त्री पनि त अब्राहामकै छोरी हुन्, जो अठार वर्षदेखि शैतानको बन्धनमा परेकी थिइन्, के तिनले विश्रामको दिनमा त्यस बन्धनबाट छुटकारा पाउनु पर्दैन र ?’’
  
17. उहाँको जवाफले उहाँका विरोधीहरूलाई लज्जित पार्‍यो। अरु सबै मानिसहरू उहाँले गर्नुभएको त्यस आश्चर्यकर्ममा आनन्दित भए।
  
18. तब येशूले भन्‍‌नुभयो, ‘‘परमेश्वरको राज्य के जस्तो छ? म त्यसको तुलना केसँग गरूँ?
  
19. यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्‍‌नो बारीमा रोप्यो। त्यो बढ‍यो र एउटा रूख भयो अनि आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।’’
  
20. उहाँले फेरि सोध्‍‌नुभयो, ‘‘परमेश्वरको राज्य के जस्तो छ?
  
21. यो त खमीरजस्तो हो, जसलाई एउटी स्त्रीले पीठोमा मिसाई र त्यो पूरै खमीरी नभइन्जेलसम्म लुकाइराखी।’’
  
22. येशू यरूशलेमतिर जाँदैगर्दा बाटोको छेउछाउका गाउँ र शहरहरूमा पस्दै र शिक्षा दिँदै जानुभयो।
  
23. कसैले उहाँलाई सोध्यो, ‘‘प्रभु, के उद्धार पाउनेहरू थोरै मात्र छन् र?’’
  
24. उहाँले जवाफ दिनुभयो, ‘‘साँघुरो ढोकाबाट भित्र पस्‍‌ने कोशिश गर, किनकि म भन्छु, धेरै जना त्यस ढोकाबाट पस्‍‌न खोज्‍‌नेछन् तर सक्‍‌नेछैनन् ।
  
25. तर जब घरका मालिकले ढोका बन्द गरिदिन्छन्, तब निकै ढीलो भइसकेको हुनेछ। अनि तिमीहरू बाहिरै उभिएर ढोका ढकढक्याउँदै विन्ती गर्नेछौ, ‘प्रभु, हाम्रोनिम्ति ढोका उघारिदिनुहोस्,’ तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई चिन्दिनँ।’
  
26. तिमीहरूले भन्‍‌नेछौ, ‘हामीहरूले तपाईंसित खानपिन गर्‍यौं । तपाईंले हाम्रै गल्ली र बाटोहरूमा शिक्षा दिनुभयो।’
  
27. उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल।’
  
28. अनि त्यहाँ ठूलो रुवाबासी र दाह्रा किटाइ हुनेछ, किनभने तिमीहरू अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्‍‌नेछौ र आफैलाई बाहिरपट्टि फालिएको भेट्टाउनेछौ।
  
29. मानिसहरू पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन् अनि परमेश्वरको राज्यको भोजमा बस्‍‌नेछन्।
  
30. अनि जो पछि हुनेहरू छन्, ती अघि हुनेछन्, अघि हुनेहरू पछि हुनेछन्।’’
  
31. त्यसैबेला केही फरिसीहरू येशूकहाँ आए र भने, ‘‘यदि तिमी बाँच्‍‌न चाहन्छौ भने यहाँबाट गइहाल, किनभने हेरोद एन्टिपासले तिमीलाई मार्न खोज्दैछन्।’’
  
32. येशूले जवाफ दिनुभयो, ‘‘जाओ र त्यस फ्याउरालाई भनिदेओ, म आज र भोलि यहाँ भूतहरू निकाल्छु अनि निको पार्ने काम गर्छु र तेस्रो दिन म, मेरो उद्देश्य पूरा गर्नेछु।
  
33. तैपनि आज, भोलि र पर्सिसम्म मैले यात्रा गर्नु नै पर्छ, किनभने परमेश्वरका अगमवक्ताको हत्या यरूशलेमदेखि बाहिर हुनेछैन।
  
34. ए यरूशलेम, ए यरूशलेम, परमेश्वरको वचन ल्याउनेहरूलाई ढुङ्गा हान्‍‌ने र अगमवक्ताहरूलाई मार्ने शहर ! एउटा कुखुराले आफ्‍‌ना चल्लाहरूलाई पखेटामुनि राखेझैँ मैले घरीघरी तेरा बालकहरूलाई बटुल्‍‌न खोजेँ तर तैँले मलाई त्यसो गर्न दिइनस्।
  
35. अब हेर्, तेरो घर उजाड पारिनेछ र तैँले मलाई ‘परमप्रभुको नाउँमा आउने धन्य हुन्’ भन्‍‌ने समय नआउञ्जेल फेरि देख्‍‌न पाउनेछैनस्।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES