Bible Study: FrontPage




 

लुका, Chapter 17

Bible Study - लुका 17 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशूले आफ्‍‌ना चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘पाप गर्न लगाउने परीक्षा त सधैँ आउँछन् नै, तर धिक्कार त्यसलाई, जसद्वारा परीक्षा आउँदछ।
  
2. यी सानाहरूमध्ये कसैलाई पाप गर्नको निम्ति कारण बन्‍‌ने मानिसलाई त घिच्रोमा ठूलो जाँतो झुन्ड‍याएर समुद्रमा फ्याँकिदिनु बेश हुनेछ।
  
3. म तिमीहरूलाई चेताउनी दिँदैछु यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ। यदि उसले पश्चात्ताप गर्‍यो भने क्षमा गर।
  
4. यदि उसले तिम्रो विरुद्धमा दिनको सातपल्ट खराबी गर्‍यो र हरेकपल्ट तिमीकहाँ फर्किआएर क्षमा माग्यो भने उसलाई क्षमा गर।’’
  
5. प्रेरितहरूले प्रभुसँग निवेदन गर्दै भने, ‘‘हाम्रो विश्वास बढाइदिनुहोस्।’’
  
6. प्रभुले जवाफ दिनुभयो, ‘‘तिमीहरूसँग रायोको दानाजत्रो मात्रै विश्वास छ भने यस किम्बुको रूखलाई ‘तँ त्यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञापालन गर्नेछ।
  
7. तिमीहरूमध्ये कसले गाईबस्तु चराउने र खनजोत गर्ने तिम्रो नोकरलाई खेत वा चरनबाट फर्कनेबित्तिकै बस र खाना खाऊ, भन्छौ?
  
8. बरु उसले आफ्‍‌नो नोकरलाई यसो भन्‍‌नेछ, ‘मैले खानपिन नगर्दासम्म खानपिन तयार गर्न कम्मर कस् र मेरो सेवाटहल गर्। त्यसपछि मात्र तैँले खा।’
  
9. उसले आज्ञा पूरा गरेकोमा मालिकबाट कुनै धन्यवाद पाउँछ र? मलाई लाग्छ, पाउँदैन, किनभने उसले आफूले गर्नुपर्ने काम मात्रै गरिरहेको हुन्छ।
  
10. त्यसैगरी तिमीहरूले पनि मैले अह्राएका काम गरिरहेका हुन्छौ, तब तिमीहरूले भन्‍‌नू, यस कामको प्रशंसाको योग्य हामी होइनौं। हामी त नोकर मात्रै हौं र हामीले, आफूले गर्नुपर्ने काम मात्र गरेका छौं।’’
  
11. येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँ गालील र सामरियाको सिमानामा पुग्‍‌नुभयो।
  
12. उहाँ नजिकैको गाउँमा पस्‍‌नलाग्दा दश जना कुष्ठरोगीहरूसित उहाँको भेट भयो।
  
13. तिनीहरूले टाढै उभिएर चर्को सोरले विन्ती गरे, ‘‘हे प्रभु येशू, हामीमाथि कृपा गर्नुहोस्।’’
  
14. उहाँले तिनीहरूलाई हेरेर भन्‍‌नुभयो, ‘‘जाओ र आफैलाई पूजाहारीहरूकहाँ देखाओ।’’ तिनीहरू त्यहाँबाट जाँदा-जाँदै तिनीहरूको कुष्ठरोग हराइहाल्यो।
  
15. तिनीहरूमध्ये एक जनाले जब आफ्‍‌नो कुष्ठरोग निको भएको देख्यो, तब ऊ चर्को सोरमा परमेश्वरको महिमा गर्दै उहाँ भएको ठाउँमा फर्किआयो।
  
16. ऊ येशूको पाउमा घोप्टो पर्‍यो र उहाँले निको पारिदिनुभएकोमा धन्यवाद चढायो। त्यो मानिस सामरी थियो।
  
17. येशूले सोध्‍‌नुभयो, ‘‘के मैले दश जनालाई शुद्ध पारेको होइन र? अरु नौ जना कता गए?
  
18. के यो विदेशी मात्रै परमेश्वरलाई महिमा दिन फर्कियो?’’
  
19. अनि येशूले त्यस मानिसलाई भन्‍‌नुभयो, ‘‘उठ र आफ्‍‌नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’
  
20. फरिसीहरूले येशूलाई सोधे, ‘‘परमेश्वरको राज्य कहिले आउँछ?’’ येशूले जवाफ दिनुभयो, ‘‘परमेश्वरको राज्य देखिनेगरि आउँदैन।
  
21. ‘यो यहाँ छ’ कि, ‘त्यहाँ छ’ भनेर तिमीहरू भन्‍‌न सक्‍‌नेछैनौ, किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै माझमा छ।’’
  
22. पछि उहाँ यसै विषयमा आफ्‍‌ना चेलाहरूसित बोल्‍‌नुभयो, ‘‘त्यो बेला आउँदैछ, जब मानिसको पुत्रसँगै सहभागी हुन तिमीहरूले इच्छा गर्नेछौ। तर त्यसो गर्न तिमीहरू सक्‍‌नेछैनौ।
  
23. ‘मानिसको पुत्र यहाँ वा त्यहाँ फलानो ठाउँमा छन् हेर, भनेर मानिसहरूले तिमीहरूलाई सुनाउनेछन्। तर तिनीहरूका त्यस्ता कुरा नपत्याओ र उनलाई हेर्न कतै नजाओ,
  
24. किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म देख्‍‌न सकिन्छ, त्यसैगरी मानिसको पुत्र पनि आफ्‍‌नो दिनमा देखा पर्नेछ।
  
25. तर पहिले उनले धेरै कुरामा कष्ट भोग्‍‌नुपर्नेछ र यस पुस्ताबाट उनलाई इन्कार गरिनेछ।
  
26. नोआको समयमा जस्तै मानिसको पुत्रको दिनमा पनि यी कुरा हुनेछन्।
  
27. नोआ जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए, पिइरहेका थिए, विवाह गरिरहेका थिए, विवाह गराइँदै थियो अनि जलप्रलय आयो र तिनीहरू सबैलाई नाश पार्‍यो।
  
28. अनि लोतको समयमा भएकै जस्तो घटना संसारमा घट्‍‌नेछ। त्यसबेला मानिसहरू सधैँजस्तै खानपिन गरिरहेका, किनबेच गरिरहेका, रोपिरहेका र निर्माण गरिरहेका थिए।
  
29. तर लोतले त्यस दिन सदोम छोडे। आकाशबाट आगो र गन्धकको वर्षा भयो र ती सबै भस्म भइहाले।
  
30. हो, मानिसको पुत्र प्रकट हुने दिनसम्म पनि मानिसहरू यस्तै कुरामा अलमलिरहेका हुनेछन्।
  
31. त्यस दिन घरबाहिर भएको मानिस मालमत्ता झिक्‍‌न घरभित्र नपसोस्। त्यसरी नै खेतमा हुनेहरू पनि नफर्कून् ।
  
32. लोतकी स्वास्‍‌नीलाई सम्झ !
  
33. जसले आफ्‍‌नो प्राण बचाउने कोशिश गर्छ, उसले त्यो गुमाउनेछ। अनि जसले आफ्‍‌नो प्राण गुमाउँछ, उसले त्यो बचाउनेछ।
  
34. म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ‍यानमा सुतिरहेका हुनेछन्, तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ।
  
35. दुई जना स्त्रीहरूसँगसँगै जाँतो पिँधिरहेका हुनेछन्, तिनीहरूमध्ये एउटी लगिनेछे र अर्की छोडिनेछे।
  
36. दुई जना मानिस खेतमा हुनेछन्, तिनीहरूमध्ये एउटा लगिनेछ र अर्को छोडिनेछ।’’
  
37. चेलाहरूले सोधे, ‘‘प्रभु, त्यस्ता घटनाहरू कहाँ हुनेछन्?’’ येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES