Bible Study: FrontPage




 

लुका, Chapter 23

Bible Study - लुका 23 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसपछि सम्पूर्ण महासभाका मानिसहरूले येशूलाई रोमी बडा हाकिम पिलातसकहाँ पुर्‍याए।
  
2. तिनीहरूले यसो भन्दै उहाँमाथि दोष लगाए, ‘‘यसले हाम्रा मानिसहरूलाई भड्काइरहेको छ र आफैलाई ‘ख्रीष्ट राजा’ भन्दै कैसरलार्ई कर तिर्न मनाही गरिरहेको हामीले भेट्टायौं।’’
  
3. त्यो सुनेर पिलातसले उहाँलाई सोधे, ‘‘के तँ यहूदीहरूको राजा होस्?’’ येशूले जवाफ दिनुभयो, ‘‘हो, तपाईं नै यो भन्दै हुनुहुन्छ।’’
  
4. पिलातसले मुख्य पूजाहारीहरू र अरु मानिसहरूतिर फर्केर भने, ‘‘म यस मानिसमा कुनै दोष पाउँदिनँ।’’
  
5. तर तिनीहरूले जोडतोडको साथमा यसो भने,‘‘यसले गालीलदेखि शुरु गरेर सारा यहूदियाका मानिसहरूलाई शिक्षा दिएर भड्काउँदै यहाँसम्म आएको छ।’’
  
6. यो सुनेर पिलातसले भने, ‘‘ए, उसो भए के यो मानिस गालीली हो ?’’
  
7. उहाँ हेरोदको शासन क्षेत्रको मानिस भएको थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यसबेला हेरोद यरूशलेममा नै थिए।
  
8. येशूलाई देखेर हेरोद धेरै खुशी भए, किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, किनभने तिनले उहाँको बारेमा धेरै कुरा सुनेका थिए, उहाँबाट आश्चर्यकर्महरू हेर्न चाहन्थे।
  
9. तिनले येशूलाई धेरै प्रश्‍‌नहरू गरे तर उहाँले केही जवाफ दिनुभएन।
  
10. त्यसैबेला मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू खडा भएर उग्र हुँदै बडो जोडतोडको साथमा येशूलाई दोष लगाए।
  
11. त्यसपछि हेरोदले आफ्‍‌ना सिपाहीहरूसहित उहाँको अपमान र गिल्ला गरेपछि उहाँलाई राजकीय पोशाक पहिराएर फेरि पिलातसकहाँ पठाइदिए।
  
12. पिलातस र हेरोदको आपसमा वैरभाव थियो, तर त्यस दिनदेखि तिनीहरू मित्र भए।
  
13. तब पिलातसले मुख्य पूजाहारीहरू, यहूदी अगुवाहरू र अरु मानिसहरूलाई भेला हुन बोलाए,
  
14. अनि उनले तिनीहरूलाई भने, ‘‘तिमीहरूले उसलाई मानिसहरू भड्काएको दोष लगाएर मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामुन्‍‌नेमा यस विषयमा राम्ररी जाँचबुझ गरेँ तर हेर, तिमीहरूले लगाएको कुनै पनि दोष मैले उसमा पाइनँ।
  
15. न त हेरोदले उसमा कुनै दोष पाउनुभयो, किनकि उहाँले उसलाई हामीकहाँ नै फिर्ता पठाउनुभयो। उसले मृत्युदण्ड पाउने लायकको कुनै कार्य गरेको छैन।
  
16. यसकारण म उसलाई सजाय दिएर छोडिदिन्छु।’’
  
17. चाडको उपलक्षयमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो।
  
18. तब एक्कासि भीडले चर्को स्वरमा चिच्च्याउँदै भने, ‘‘त्यसलाई हटाउनुहोस् र हाम्रोनिम्ति बारब्बालाई छोडिदिनुहोस्।’’
  
19. त्यसबेला बारब्बा राजद्रोहको आरोप र हत्याको अभियोगमा झ्यालखानमा थुनिएको थियो।
  
20. येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले तिनीहरूलाई फेरि सम्बोधन गरे।
  
21. तर तिनीहरू यसो भन्दै एकोहोरो कराइरहे, ‘‘त्यसलाई क्रूसमा टाँग्‍‌नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍‌नुहोस्।’’
  
22. तेस्रोपल्ट पनि तिनले सोधे, ‘‘किन? उसले त्यस्तो के अपराध गरेको छ र? मैले उसलाई मृत्युदण्ड दिनुपर्ने कुनै कारण नै देखिनँ। त्यसकारण म उसलाई कोर्रा लगाएर छाडिदिन्छु।’’
  
23. तर भीडले चर्को स्वरले एकोहोरो कराउँदै ‘येशूलाई क्रूसमा टाँग्‍‌नैपर्छ’ भनी माग गरिरह्यो र तिनीहरूकै जित भयो।
  
24. त्यसकारण पिलातसले ती मानिसहरूको मागअनुसार फैसला सुनाए।
  
25. तिनीहरूले आग्रह गरेअनुसार हत्या र राजद्रोहको अभियोगमा थुनिएको बारब्बालाई तिनले छोडिदिए र येशूलाई तिनीहरूको इच्छामा सुम्पिदिए।
  
26. तिनीहरूले येशूलाई क्रूसमा टाँग्‍‌न लाँदै गर्दा कुरेनीको सिमोनलाई गाउँबाट आउँदै गरेको भेटेर उहाँको क्रूस बोक्‍‌न कर लगाए।
  
27. धेरै ठूलो भीड पछिपछि लस्करै लागेको थियो, त्यस भीडमा येशूको निम्ति शोक र विलाप गरिरहेका स्त्रीहरू पनि थिए।
  
28. तर येशूले तिनीहरूतिर फर्केर भन्‍‌नुभयो, ‘‘ए यरूशलेमका छोरीहरू हो, मेरोनिम्ति विलाप नगर, बरु आफ्‍‌नो र आफ्‍‌नै छोराछोरीहरूको निम्ति विलाप गर,
  
29. किनभने हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले भन्‍‌नेछन्, ‘धन्य बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र ती जसले स्तन चुसाएनन्।’
  
30. त्यसबेला मानिसहरूले भन्‍‌नेछन्, ‘पहाडहरू हामीमाथि खसिदेऊ र डाँडाहरू हामीलाई पुरिदेऊ।’
  
31. किनकि हरियो रूखलाई त यिनीहरूले यसो गर्छन् भने झन् सुकेकोलाई के गर्लान्?’’
  
32. अनि अरु दुई जना अपराधीहरूलाई पनि उहाँसँगै मृत्युदण्ड दिन लगिँदै थियो।
  
33. जब तिनीहरू खप्परे भन्‍‌ने ठाउँमा आइपुगे, तब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र ती दुई अपराधीहरूमध्ये एउटालाई उहाँको दाहिनेतिर र अर्कोलाई देब्रेतिर क्रूसमा टाँगे।
  
34. येशूले भन्‍‌नुभयो, ‘‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने यिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्।’’ अनि सिपाहीहरूले उहाँको वस्त्रलाई चिट्ठा हालेर भाग लगाए।
  
35. मानिसहरूले उभिएर हेरिरहेका थिए। अनि शासकहरूले यसो भन्दै उहाँको गिल्ला गरे, ‘‘यसले अरुलाई त बचायो, यदि यो साँच्चै परमेश्वरद्वारा चुनिएको ख्रीष्ट हो भने आफैलाई बचाओस्।’’
  
36. सिपाहीहरूले पनि उहाँलाई अमिलिएको अङ्गुरमद्य पिउन दिँदै उहाँको गिल्ला गरे।
  
37. तिनीहरूले उहाँलाई भने, ‘‘यदि तँ यहूदीहरूको राजा होस् भने आफैलाई बचा त !’’
  
38. उहाँको शिरमास्तिर ग्रीक, ल्याटिन र हिब्रू अक्षरमा यस्तो लेखिएको दोषपत्र टाँसिदिए, ‘‘यो यहूदीहरूको राजा हो।’’
  
39. उहाँको नजिकै क्रूसमा टाँगिएको एउटा अपराधीले उहाँको निन्दा गर्दै भन्यो, ‘‘तँ ख्रीष्ट होस् भने, आफैलाई र हामीलाई पनि बचा।’’
  
40. तर अर्कोले त्यसलाई हपार्दै भन्यो, ‘‘तँ पनि त्यही दण्डमा परेको छस् र पनि परमेश्वरको डर मान्दैनस्?
  
41. किनभने हामीले त आफ्‍‌नो कामअनुसारको फल पाइरहेका छौं, तर उहाँले त कुनै अनुचित काम गर्नुभएको छैन।’’
  
42. त्यसपछि उसले भन्यो, ‘‘येशू, तपाईं आफ्‍‌नो राज्यमा आउनुहुँदा मलाई पनि सम्झिनुहोस्।’’
  
43. येशूले त्यसलाई जवाफ दिनुभयो, ‘‘साँच्चै म तिमीलाई भन्दछु, तिमी आजै मसित स्वर्गलोकमा हुनेछौ।’’
  
44. मध्यान्हको समयदेखि लिएर दिउँसोको तीन बजेसम्म सारा देशभरि अन्धकार भयो।
  
45. सूर्य अँध्यारो भयो, त्यसैबेला मन्दिरको पर्दा च्यातिएर दुई फ्याक भयो।
  
46. अनि येशू ठूलो स्वरले कराउनुभयो, ‘‘हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पिन्छु।’’ यति भनेर उहाँले आफ्‍‌नो प्राण त्याग्‍‌नुभयो।
  
47. जब कप्तानले त्यो देख्यो, तब उसले परमेश्वरको प्रशंसा गर्दै भन्यो, ‘‘निश्चय यो मानिस धर्मी रहेछ।’’
  
48. रमिता हेर्न आएका अरु मानिसहरू पनि त्यो घटना देखेर विलाप गरेर छाती पिट्दै फर्के।
  
49. तर उहाँका आफन्तहरू र गालीलबाट उहाँको पछि लागेका स्त्रीहरू ती कुरा हेर्दै उभिरहे।
  
50. योसेफ नाउँका एक जना असल र धर्मी व्यक्ति थिए। तिनी यहूदी महासभाका एक सदस्य थिए।
  
51. तिनीहरूको सल्लाह र कार्यमा तिनी सहमत थिएनन्। तिनी यहूदीहरूको शहर अरिमाथियाबाट आएका थिए। तिनी आफैले पनि परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए।
  
52. तिनी पिलातसकहाँ गए र तिनले ‘येशूको लाश पाऊँ’ भनी निवेदन गरे।
  
53. त्यसपछि तिनले क्रूसबाट येशूको लाश उतारे र लामो सुतीको कपडाले बेह्रे, अनि लगेर ठूलो चट्टान कपेर बनाइएको चिहानमा राखे, जहाँ पहिले कुनै लाश राखिएको थिएन।
  
54. यो तयारीको दिन थियो र विश्राम-दिन शुरु हुनलागेको थियो।
  
55. अब गालीलबाट उहाँको साथमा आएका स्त्रीहरू पछि-पछि लागे अनि त्यो चिहान र उहाँको लाश कसरी राखियो, सो हेरे।
  
56. अनि तिनीहरूले फर्केर सुगन्धित मसला र अत्तर तयार पारे अनि व्यवस्थाअनुसार विश्राम-दिनमा विश्राम गरे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES