Bible Study: FrontPage




 

लुका, Chapter 3

Bible Study - लुका 3 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा पिलातस यहूदियाको राज्यपाल थिए, अनि हेरोद एन्टिपास गालीलका शासक, उनका दाजु फिलिप इतुरिया त्राखोनितिसका शासक र लुसानियास अबिलेनेका शासक थिए।
  
2. हन्‍‌नास र कैयाफा प्रधान पूजाहारीहरू थिए। त्यसबेला उजाड-स्थानमा जकरियाका छोरा यूहन्‍‌नाकहाँ परमेश्वरको सन्देश आयो।
  
3. अनि यूहन्‍‌ना यर्दन वरिपरिका जिल्लाहरूमा पापमोचनको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए।
  
4. यशैया अगमवक्ताले यूहन्‍‌नाको बारेमा यसो भनेका थिए : ‘‘उनी उजाड-स्थानमा कराउनेको एउटा आवाज, परमप्रभुको निम्ति बाटो तयार पार, उहाँको बाटो सोझो बनाओ।
  
5. बेँसीहरू पुर र डाँडा-पहाडहरू सम्याओ, घुमाउरा बाटोहरू सीधा बनाओ र अप्ठ‍यारा ठाउँहरू सम्म पार।
  
6. तब सबै मानिसहरूले परमेश्वरबाट पठाइएको मुक्तिलाई देख्‍‌नेछन्।’’
  
7. यूहन्‍‌नाले उनीसँग बप्तिस्मा लिनआउने मानिसहरूलाई यसरी प्रचार गर्दथे, ‘‘ए, सर्पका सन्तानहरू हो, कसले तिमीहरूलाई आउनलागेको परमेश्वरको दण्डबाट उम्कने चेताउनी दियो ?
  
8. तिमीहरू आफ्‍‌नै चालचलनबाट साँच्चै फर्किएर परमेश्वरतिर मन फिराएका हौ भन्‍‌ने कुरा पक्का गराओ। ‘हामी सुरक्षित छौं, हामी अब्राहामका सन्तान हौं’ मात्रै नभन । तिमीहरूले त्यसो भन्दैमा केही हुनेछैन । परमेश्वरले यहाँ भएका यी ढुङ्गाहरूलाई अब्राहामका सन्तान बनाइदिन सक्‍‌नुहुन्छ।
  
9. अहिले नै परमेश्वरको न्यायको बञ्चरो रूखको फेदमा परिसकेको छ। तिमीहरू जरैसमेत ढल्‍‌नलागेका छौ। हो, असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा मिल्काइनेछ।’’
  
10. भीडले सोधे,‘‘त्यसो भए हामी के गरौं?’’
  
11. यूहन्‍‌नाले जवाफ दिए, ‘‘यदि तिमीहरूसँग दुईवटा दौरा छन् भने एउटा गरीबलाई दिइहाल। तिमीहरूसँग खानेकुरा छ भने त्यो भोकाएकाहरूसँग बाँडचुँड गर।’’
  
12. महसुल उठाउने भ्रष्टाचारीहरू पनि बप्तिस्मा लिन आए। तिनीहरूले यूहन्‍‌नालाई सोधे, ‘‘गुरुज्यू, हामी के गरौं? ’’
  
13. उनले जवाफ दिँदै भने, ‘‘आफ्‍‌नो इमानदारिता देखाओ । तिमीहरूलाई रोमी सरकारले तोकिदिएको भन्दा बढी नउठाओ।’’
  
14. सिपाहीहरूले पनि आएर सोधे, ‘‘हामी के गरौं?’’ यूहन्‍‌नाले जवाफ दिए,‘‘कसैलाई अत्याचार नगर । घूस नलेओ। मानिसहरूलाई नचाहिँदो दोष नलगाओ। आफूले पाउने तलबमा सन्तुष्ट रहो।’’
  
15. ख्रीष्ट चाँडै आउनुहुन्छ भनेर सबैले आशा गरिरहेका थिए र तिनीहरू यूहन्‍‌ना नै ख्रीष्ट हुन् कि भनी जान्‍‌न उत्सुक थिए,
  
16. तब यूहन्‍‌नाले भने, ‘‘आफ्‍‌ना पापबाट परमेश्वरतर्फ फर्किनेहरूलाई म पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा पछि एक जना चँाडै आउँदै हुनुहुन्छ। उहाँ अत्यन्तै शक्तिशाली हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता खोल्‍‌ने योग्यको पनि छैनँ। उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ।
  
17. उहाँ भुसलाई गहुँबाट छुट्ट‍याउनलाई नाङ्लो लिएर तयार हुनुहुन्छ। उहाँले खला सफा गर्नुहुनेछ, गहुँजतिलाई जम्मा गरी आफ्‍‌नो भकारीमा थन्क्याउनुहुनेछ र भुसलाई कहिल्यै ननिभ्‍‌ने आगोको भट्टीमा फालिदिनुहुनेछ।’’
  
18. यूहन्‍‌नाले यस्तै धेरै चेताउनीहरू दिँदै मानिसहरूलाई प्रचार गरे।
  
19. यूहन्‍‌नाले गालीलका शासक हेरोद एन्टिपासको पनि खुल्लमखुल्ला आलोचना गरे, किनभने तिनले आफ्‍‌नै भाइकी पत्‍‌नी हेरोदियाससित विवाह गरेका थिए र अरु पनि धेरै कुकर्म गरेका थिए।
  
20. यसकारण हेरोदले यूहन्‍‌नालाई झ्यालखानमा थुने, यसरी तिनले आफ्‍‌नो धेरै कुकर्ममा अझै एउटा कुकर्म थपे।
  
21. अब भीडलाई बप्तिस्मा दिइरहेको बेला येशू आफैले पनि बप्तिस्मा लिएर प्रार्थना गर्दैगर्दा आकाश उघ्रियो र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्लनुभयो।
  
22. स्वर्गबाट यस्तो वाणी आयो, ‘‘तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग अति नै प्रसन्‍‌न छु।’’
  
23. येशूले आफ्‍‌नो सार्वजनिक सेवकाइ शुरु गर्नुहुँदा तीस वर्षको हुनुहुन्थ्यो। उहाँ यूसुफका छोरोको रूपमा चिनिनुहुन्थ्यो। यूसुफ एलीका छोरा थिए।
  
24. एली मत्तातका छोरा थिए। त्तात लेवीका छोरा थिए।लेवी मल्कीका छोरा थिए। मल्की यान्‍‌नाका छोरा थिए। यान्‍‌ना योसेफका छोरा थिए।
  
25. योसेफ मत्ताथियासका छोरा थिए। मत्ताथियास आमोसका छोरा थिए। आमोस नहूमका छोरा थिए।नहूम इसलीका छोरा थिए। इसली नग्गैका छोरा थिए।
  
26. नग्गै माथका छोरा थिए। माथ मत्ताथियासका छोरा थिए। त्ताथियास सेमैनका छोरा थिए।सेमैन योसेखका छोरा थिए । योसेख योदाका छोरा थिए।
  
27. योदा योआनन्का छोरा थिए। योआनन् रेसाका छोरा थिए। रेसा यरुबाबेलका छोरा थिए। यरुबाबेल शालतिएलका छोरा थिए। शालतिएल नेरीका छोरा थिए।
  
28. नेरी मल्कीका छोरा थिए। मल्की अद्दीका छोरा थिए। अद्दी कोसामका छोरा थिए।कोसाम एलमादमका छोरा थिए। एलमादम एर्का छोरा थिए।
  
29. एर् यहशूका छोरा थिए। यहशू एलीएजरका छोरा थिए। एलीएजर योरीमका छोरा थिए। योरीम मत्तातका छोरा थिए। मत्तात लेवीका छोरा थिए।
  
30. लेवी शिमियोनका छोरा थिए। शिमियोन यहूदाका छोरा थिए। यहूदा योसेफका छोरा थिए। योसेफ योनान्का छोरा थिए । योनान् एल्याकीमका छोरा थिए।
  
31. एल्याकीम मलेआका छोरा थिए। लेआ मिन्‍‌नाका छोरा थिए।मिन्‍‌ना मत्ताथाका छोरा थिए। मत्ताथा नातानका छोरा थिए।नातान दाऊदका छोरा थिए।
  
32. दाऊद यिशैका छोरा थिए। यिशै ओबेदका छोरा थिए। ओबेद बोअजका छोरा थिए।बोअज सल्मोनका छोरा थिए। सल्मोन नहशोनका छोरा थिए।
  
33. नहशोन अम्मीनादाबका छोरा थिए। अम्मीनादाब आरामका छोरा थिए। ाराम हेस्रोनका छोरा थिए।हेस्रोन फारेसका छोरा थिए। फारेस यहूदाका छोरा थिए।
  
34. यहूदा याकूबका छोरा थिए। याकूब इसहाकका छोरा थिए। इसहाक अब्राहामका छोरा थिए। अब्राहाम तेरहका छोरा थिए । तेरह नाहोरका छोरा थिए।
  
35. नाहोर सरूगका छोरा थिए। सरूग रऊका छोरा थिए । रऊ पेलेगका छोरा थिए। पेलेग एबेरका छोरा थिए। एबेर शेलहका छोरा थिए।
  
36. शेलह केनानका छोरा थिए। केनान अर्पक्षदका छोरा थिए। अर्पक्षद शेमका छोरा थिए । शेम नोआका छोरा थिए। नोआ लेमेखका छोरा थिए ।
  
37. लेमेख मतूशेलहका छोरा थिए । तूशेलह हनोकका छोरा थिए।हनोक येरेदका छोरा थिए । येरेद महलालेलका छोरा थिए। महलालेल केनानका छोरा थिए।
  
38. केनान एनोशका छोरा थिए। एनोश शेतका छोरा थिए। शेत आदमका छोरा थिएर आदम परमेश्वरका छोरा थिए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES