Bible Study: FrontPage




 

लुका, Chapter 7

Bible Study - लुका 7 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशूले यी सबै कुरा भनिसक्‍‌नुभएपछि उहाँ कफर्नहुमतिरै फर्कनुभयो।
  
2. एक जना रोमी कप्तानको प्रिय नोकर सिकिस्त बिरामी थियो, ऊ मर्नैलागेको थियो।
  
3. जब कप्तानले येशूको विषयमा सुने, तब उनले यहूदी धर्मगुरुहरूलाई पठाएर उनको नोकरलाई निको पारिदेऊन् भनी येशूसँग विन्ती गर्न लगाए।
  
4. त्यसकारण तिनीहरूले येशूसँग त्यस नोकरलाई निको पारिदिनुहोस् भनेर आग्रहपूर्वक विन्ती गरे, ‘‘प्रभु, कप्तान तपाईंको कृपा पाउन योग्यका मानिस हुन्।
  
5. किनभने उनी हामी यहूदीहरूलाई प्रेम गर्छन् र उनले हाम्रा सभाघरहरूसमेत बनाइदिएका छन्।’’
  
6. येशू तिनीहरूसित जानुभयो, तर कप्तानको घरमा पुग्‍‌नलाग्दा उनले अरु मानिसहरूलाई यसो भनेर खबर पठाए, ‘‘प्रभु मेरो घरमा आउने कष्ट नगर्नुहोस्, किनभने म त्यत्रो आदरको योग्य छैन।
  
7. म त तपाईंकहाँ आएर तपाईंलाई भेट्‍‌ने योग्यको पनि छैन। तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट बोलिदिनुहोस् र मेरो नोकर निको भइहाल्‍‌नेछ ।
  
8. म आफै पनि अख्तियारमुनि रहेको मानिस हुँ र मेरो अधीनमा पनि सिपाहीहरू छन्। मैले तिनीहरूलाई ‘जाओ’ भन्छु र तिनीहरू जान्छन् अथवा ‘आओ’ भन्छु, र तिनीहरू आउँछन्, मैले मेरा दाशहरूलाई ‘यो गर’ भन्छु, तिनीहरू गर्छन्।’’
  
9. येशू, यो कुरा सुनेर छक्क पर्नुभयो। भीडतिर फर्किएर उहाँले भन्‍‌नुभयो, ‘‘म तिमीहरूलाई भन्छु, मैले सारा इस्राएलभरि यस्तो ठूलो विश्वास देखेको छैन।’’
  
10. जब कप्तानका मानिसहरू घरमा फर्किए, त्यो नोकर पूरै निको भएको भेट्टाए।
  
11. त्यसको लगत्तैपछि येशू आफ्‍‌ना चेलाहरूसँग नाइन भन्‍‌ने गाउँतिर जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ‍याइरहेको थियो।
  
12. उहाँ गाउँको प्रवेशद्वारमा पुग्‍‌नुहुँदा मलामीहरूको लस्कर गाउँबाट बाहिर आइरहेको थियो। विधवाको एकमात्र छोरो मरेको थियो। गाउँका धेरै जना शोक गर्नेहरू त्यस स्त्रीको साथमा थिए।
  
13. प्रभुले जब त्यो स्त्रीलाई देख्‍‌नुभयो, तब उहाँको हृदय दयाले भरियो र भन्‍‌नुभयो, ‘‘नरोऊ।’’
  
14. तब उहाँ अघि बढेर अरथीलाई छुनुभयो र त्यसलाई बोक्‍‌ने मलामीहरू टक्क अडिए। अनि उहाँले भन्‍‌नुभयो,‘‘ए युवक, तिमी उठ !’’
  
15. तब त्यो मरेको केटो उठेर बस्यो र त्यहाँ हुनेहरूसँग बोल्‍‌न थाल्यो। अनि येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।
  
16. त्यहाँ भएका सबै भयभीत भए र यसो भन्दै परमेश्वरको प्रशंसा गरे, ‘‘हाम्रो बीचमा महान् अगमवक्ता खडा हुनुभएको छ र परमेश्वरले आफ्‍‌ना मानिसहरूलाई भेट्‍‌नुभएको छ।’’
  
17. त्यस दिन येशूले के गर्नुभयो भन्‍‌ने समाचार यहूदिया र त्यसको सीमापारिका इलाकाभरि फैलियो।
  
18. यूहन्‍‌नाका चेलाहरूले उनलाई येशूले गरिरहनुभएका सबै कुरा बताए। त्यसपछि उनले आफ्‍‌ना दुई जना चेलाहरूलाई बोलाए,
  
19. र प्रभुसँग यसो भनेर सोध्‍‌न पठाए, ‘‘के हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ कि हामी अर्कैको प्रतीक्षा गरौं?’’
  
20. यूहन्‍‌नाका दुई चेलाहरूले येशूलाई भेटे र भने, ‘‘बप्तिस्मा दिने यूहन्‍‌नाले हामीलाई यो सोध्‍‌न पठाएका छन्, ‘हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ कि हामी अर्कैको प्रतीक्षा गरौं’?’’
  
21. त्यसैबेला उहाँले धेरै मानिसहरूलाई तिनीहरूका विभिन्‍‌न रोगहरूबाट निको पार्नुभयो, दुष्टात्माहरू निकाल्‍‌नुभयो र अन्धाहरूलाई दृष्टि दिनुभयो।
  
22. त्यसपछि उहाँले यूहन्‍‌नाका चेलाहरूलाई यसो भन्‍‌नुभयो, ‘‘यूहन्‍‌नाकहाँ फर्केर जाओ र तिमीहरूले देखेका र सुनेका सबै कुरा उनलाई भन अर्थात् अन्धाहरू देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको भएका छन्, बहिराहरू सुन्छन् र मुर्दाहरू जीवित भएका छन् अनि गरीबहरूलाई सुसमाचार सुनाउने काम भइरहेको छ।
  
23. अनि उनलाई यो पनि भन, त्यो मानिस धन्यको हो, जसले मबाट ठेस खाँदैन।’’
  
24. तिनीहरू गएपछि येशूले भीडसँग यूहन्‍‌नाको विषयमा भन्‍‌नुभयो,‘‘उजाड-स्थानमा यो मानिस को थियो र तिमीहरू उनलाई हेर्न गयौ? के तिमीहरूले उनलाई बतास चल्दा लर्किने निगालोजस्तो पायौ?
  
25. के तिमीहरूले उनी महँगो लुगा लगाउने व्यक्ति हुनुपर्छ भन्‍‌ने ठानेका थियौ ? त्यस्तो लुगा लगाउनेहरू त दरबारमा बस्छन्, उजाड-स्थानमा होइन।
  
26. के तिमीहरूले अगमवक्ताको खोजी गरिरहेका थियौ ? हो, उनी अगमवक्ताभन्दा पनि महान् हुन् ।
  
27. धर्मशास्त्रले भनेको व्यक्ति यूहन्‍‌ना नै हुन्, जहाँ यसो भनिएको छ : ‘हेर, म, मेरो सन्देशवाहकलाई तिमीभन्दा अघि पठाउँदै छु र तिनले तिम्रोलागि बाटो तयार पार्नेछन्।’
  
28. साँच्चै म तिमीहरूलाई भन्दछु, ‘अहिलेसम्म जिएका मानिसहरूमध्ये यूहन्‍‌नाभन्दा महान् कोही पनि छैनन् । तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ त्यो यूहन्‍‌नाभन्दा महान् हुनेछ’।’’
  
29. जब सबै मानिसहरू र महसुल उठाउनेहरूले यो सुने, तब यूहन्‍‌नाको बप्तिस्मा पाएकोमा परमेश्वरको न्यायलाई तिनीहरूले स्वीकार गरे।
  
30. तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले उनीबाट बप्तिस्मा नलिएर आफ्‍‌नोनिम्ति परमेश्वरको उद्देश्यलाई रद्द गरे।
  
31. येशूले सोध्‍‌नुभयो, ‘‘यस पुस्ताको बयान म कसरी गरूँ? तिनीहरूलाई म केसित तुलना गरूँ?
  
32. यी मानिसहरू त चोकमा भेला भएर खेल्‍‌ने ससाना केटाकेटीहरूजस्तै छन्, तिनीहरू गुनासो गर्दै आफ्‍‌ना साथीहरूलाई भन्छन्, ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं र पनि तिमीहरू नाचेनौ, हामीले विलापको गीत गायौं, र पनि तिमीहरू रोएनौ।’
  
33. बप्तिस्मा दिने यूहन्‍‌नाले मद्य पिएनन्, तिनी प्राय: जसो उपवास बस्थे र तिमीहरू ‘उनलाई भूत लागेको छ’ भन्छौ ।
  
34. म, मानिसको पुत्र खाँदै र पिउँदै आएँ अनि तिमीहरू ‘उनी घिचुवा, पियक्कड र नीच पापीहरूका मित्र हुन्’ भन्छौ।
  
35. तर बुद्धि ठीक हो कि होइन भन्‍‌ने कुरा त्यसको परिणामबाट प्रकट हुन्छ।’’
  
36. एक जना फरिसीले येशूलाई आफ्‍‌नो घरमा भोजनको निम्ति निम्त्याए, उहाँले तिनको निम्तो स्वीकार गरेर जानुभयो र भोजनको निम्ति बस्‍‌नुभयो।
  
37. त्यस शहरमा एउटी पापी स्त्री थिइन्। फरिसीको घरमा येशू खान बस्‍‌नुभएको छ भन्‍‌ने सुनेर एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर तिनी त्यहाँ आइन्,
  
38. तब तिनी येशूको पछिल्तिरबाट आएर उहाँको पाउनेर घुँडा टेकेर रुँदै उहाँको पाउ आँसुले भिजाउँदै आफ्‍‌नो केशले पुछ्‍‌न थालिन्। अनि तिनले उहाँको पाउमा चुम्बन गर्दै अत्तर लगाइदिइन्।
  
39. उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, ‘‘यदि यिनी अगमवक्ता हुँदा हुन् त, यिनलाई कसले छुँदै छ र यो कस्तो चरित्रकी स्त्री हो, भनी थाहा पाउने थिए, किनकि यो त पातकी स्त्री हो।’’
  
40. तिनको विचार बुझेर येशूले भन्‍‌नुभयो, ‘‘सिमोन, मैले तिमीलाई केही भन्‍‌नु छ।’’ तिनले भने, ‘‘हुन्छ गुरुज्यू भन्‍‌नुहोस्।’’
  
41. तब येशूले तिनलाई यो दृष्टान्त भन्‍‌नुभयो, ‘‘एक जना मानिसका दुई ऋणीहरू थिए। उसले एउटालाई पाँच सय र अर्कोलाई पचास दिनार ऋण दिएको थियो।
  
42. तर ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। त्यसकारण उसले दया देखाउँदै दुवैलाई माफी दियो। अब ती दुईमध्ये कसले उसलाई बढ्ता प्रेम गर्ला?’’
  
43. सिमोनले जवाफ दिए, ‘‘ मेरो विचारमा बढ्ता ऋण माफी पाउनेले।’’ येशूले भन्‍‌नुभयो, ‘‘ठीक भन्यौ।’’
  
44. अनि उहाँले त्यस स्त्रीतिर फर्किएर सिमोनलाई भन्‍‌नुभयो,‘‘यी स्त्रीलाई हेर त, यिनी घुँडा टेकिरहेकी छिन् । म तिम्रो घरमा पस्दा तिमीले मलाई खुट्टा धुने पानी दिएनौ तर यिनले त आफ्‍‌नो आँसुले मेरा खुट्टा धोइन् र आफ्‍‌नै केशले पुछेकी छिन्।
  
45. तिमीले मलाई अभिवादनको चुम्बन गरेनौ तर यिनले त म आएदेखि मेरा पाउमा चुम्बन गर्न छोडेकी छैनन्।
  
46. तिमीले मेरो शिरमा जैतुनको तेल घसिदिएनौ तर यिनले त महँगो अत्तर नै मेरा पाउमा लगाइदिइन्।
  
47. त्यसकारण, म तिमीलाई भन्दछु, यिनका धेरै पाप थिए, ती क्षमा गरिएका छन्, किनकि यिनले त मप्रति बढी प्रेम देखाएकी छिन्। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।’’
  
48. त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍‌नुभयो, ‘‘तिम्रा पाप क्षमा भएका छन्।’’
  
49. टेबुलको वरिपरि हुनेहरूले आपसमा भने, ‘‘पाप क्षमा गर्दै हिँड्‍‌ने यी मानिस को हुन्?’’
  
50. तब येशूले त्यस स्त्रीलाई भन्‍‌नुभयो, ‘‘तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ ।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES