Bible Study: FrontPage




 

लुका, Chapter 8

Bible Study - लुका 8 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसको लगत्तैपछि येशू परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै नजिकका गाउँ-गाउँ र शहर-शहर घुम्‍‌नुभयो। बाह्रै चेलाहरू उहाँसँगै थिए।
  
2. उहाँले निको पार्नुभएका र भूतहरू निकाल्‍‌नुभएका कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए। तिनीहरूमा एउटी मरियम मग्दलिनी थिइन्, जसबाट उहाँले सातवटा भूतहरू निकाल्‍‌नुभएको थियो।
  
3. अर्को हेरोदका भण्डारे खुजासकी पत्‍‌नी योअन्‍‌ना थिइन्। साथै सुसन्‍‌ना र अरु पनि थुप्रैथिए, जसले आफ्‍‌नै सम्पत्तिद्वारा येशू र उहाँका चेलाहरूको खाँचो टारिदिएर मदत गर्थे।
  
4. विभिन्‍‌न ठाउँबाट उहाँको शिक्षा सुन्‍‌न आएका धेरै मानिसहरूलाई उहाँले यो दृष्टान्त भन्‍‌नुभयो :
  
5. ‘‘एउटा किसान बीउ छर्न निस्कियो। उसले बीउ छर्दा केही बीउ बाटोमा परे, जुन खुट्टाले कुल्चिएर नष्ट पारिए र चराचुरुङ्गीले आएर खाइहाले।
  
6. अरु केही बीउ ढुङ्गेनी जमीनमा परे । बीउ उम्रिए तर जमीन चिस्यानी नभएकोले ती चाँडै नै ओइलाइहाले।
  
7. अरु बीउ कँाडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्‍‌न पाएनन्।
  
8. तर केही बीउ मलिलो जमीनमा परे र छरिएको भन्दा सय गुणासम्म फल फलाए।’’ त्यसपछि उहाँले भन्‍‌नुभयो, ‘‘जसको सुन्‍‌ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’
  
9. उहाँका चेलाहरूले ‘यो दृष्टान्तको अर्थ के हो’ भनी उहाँलाई सोधे।
  
10. उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई परमेश्वरको राज्यका गोप्य रहस्यहरू बुझ्‍‌ने अनुमति दिइएको छ। तर अरु मानिसहरूको अगाडि भने म दृष्टान्तहरूमा शिक्षा दिन्छु, यसरी धर्मशास्त्र पूरा होस्: ‘मैले गरेका काम तिनीहरू हेर्छन् तर देख्दैनन्। मेरा वचन तिनीहरू सुन्छन् तर बुझ्दैनन्।’
  
11. यस दृष्टान्तको अर्थ यो हो: बीउ भनेको परमेश्वरको वचन हो।
  
12. बाटोमा पर्ने बीउले वचन सुन्‍‌ने ती मानिसहरूलाई जनाउँछ, जसले वचन सुन्छन् तर दुष्ट आएर ती चोरेर लैजान्छ र तिनीहरूलाई विश्वास गर्न र मुक्ति पाउँन दिँदैन।
  
13. ढुङ्गेनी जमीनले ती मानिसहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र खुशीसाथ ग्रहण गर्छन् । तर जरा राम्ररी नगाडिएकाले तिनीहरूले केही क्षणको निम्ति विश्वास गर्छन् तर परीक्षा आउनसाथ विश्वासबाट पछि हट्छन्।
  
14. काँडाघारीमा परेको बीउले तिनीहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र ग्रहण गर्दछन्, तर यस जीवनको फिक्री, धनको लोभ र सुख- चैनले घेरिएर तिनीहरू चाँडै निराश हुन्छन् । यसरी तिनीहरू कहिल्यै परिपक्व भएर बढ्‍‌न सक्दैनन्।
  
15. तर असल जमीनले तिनीहरूलाई जनाउँछ, जसको हृदय असल र इमानदार हुन्छन् अनि तिनीहरूले ठीकसित परमेश्वरको वचन सुन्छन् र त्यसैमा लागिरहन्छन् अनि स्थिर हुन्छन्। तिनीहरूले नै प्रशस्त फसलको उब्जनी गर्नेछन्।
  
16. कसैले पनि बत्ती बालेर त्यसलाई छोप्दैन वा खाटमुनि राख्दैन। तर भित्र पस्‍‌नेहरूले उज्यालो पाऊन् भनी उसले त्यो दीपदानीमा राख्दछ,
  
17. किनभने, लुकेको र गुप्तमा रहेको हरेक कुरा प्रकाशमा ल्याइनेछ अनि सबैको निम्ति खुलस्त पारिनेछ।
  
18. त्यसकारण तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देऊ। जो मेरो शिक्षाप्रति उदार छन्, तिनीहरूलाई अझै बढी बुझ्‍‌ने शक्ति दिइनेछ। तर जसले मेरो कुरा सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ।’’
  
19. एकपल्ट येशूलाई भेट्‍‌न भनेर उहाँकी आमा र उहाँका भाइहरू आए, तिनीहरू असाध्यै भीड भएकोले येशूको नजिक पुग्‍‌न सकेनन्।
  
20. कसैले येशूलाई भन्यो, ‘‘तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर छन्, तपाईंलाई भेट्‍‌न चाहन्छन्।’’
  
21. येशूले जवाफ दिनुभयो, ‘‘मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।’’
  
22. येशूले एक दिन आफ्‍‌ना चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘हामी झीलको पारिपट्टि जाऔं।’’ त्यसकारण सबै जना डुङ्गामा चढे र त्यहाँबाट हिँडे।
  
23. डुङ्गा अघि बढ्दै गर्दा येशू निदाउनुभयो। उहाँ निदाइरहनुभएको बेला ठूलो आँधी आयो। त्यसले तिनीहरूलाई डुबाउन लाग्यो र तिनीहरू ठूलो सङ्कष्टमा परे।
  
24. चेलाहरूले चिच्च्याउँदै उहाँलाई ब्यूँझाए, ‘‘गुरुज्यू, गुरुज्यू हामी डुब्‍‌न लाग्यौं।’’ येशू उठ्‍‌नुभयो अनि बतास र छाललाई हप्काउनुभयो । आँधी रोकियो र छाल शान्त भइहाल्यो।
  
25. तब उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरूको विश्वास खोई?’’ तिनीहरूले चकित र भयभीत हुँदै आपसमा भने, ‘‘यिनी को हुन्, बतास र पानीका छालले पनि यिनको आज्ञा मान्छन्?’’
  
26. उहाँहरू गालीलको पारिपट्टि गनेसरेतको इलाकामा आइपुग्‍‌नुभयो।
  
27. येशू डुङ्गाबाट उत्रिनुभएपछि भूतात्माले ग्रसित एउटा मानिससँग उहाँको भेट भयो। त्यो धेरै समयदेखि नाङ्गै बस्थ्यो र घरमा नबसेर चिहानघारीतिर घुमिहिँड्थ्यो।
  
28. येशूलाई देख्‍‌नेबित्तिकै चिच्च्याएर त्यो उहाँको अघि घोप्टो पर्‍यो र कराउँदै भन्यो, ‘‘तपाईं किन मलाई दु:ख दिनुहुन्छ? हे सर्वोच्च परमेश्वरका पुत्र, म विन्ती गर्छु, मलाई नसताउनुहोस्।’’
  
29. किनकि येशूले त्यसलाई अघि नै त्यस मानिसबाट निस्किजाने आज्ञा दिनुभएको थियो। दुष्टात्माले त्यस मानिसलाई घरीघरी छोप्थ्यो, त्यसलाई साङ्लाले बाँधेर राखे पनि सजिलै बन्धन चुँडाउँथ्यो र भूतको शक्तिद्वारा नियन्त्रित भएर निर्जन ठाउँतिर घुमिहिँड्थ्यो।
  
30. येशूले त्यसलाई सोध्‍‌नुभयो, ‘‘ तेरो नाउँ के हो?’’ त्यसले जवाफ दियो,‘‘फौज।’’ किनभने त्यस मानिसभित्र धेरै भूतात्माहरू थिए।
  
31. ‘अगाध खाल्डोमा जाने आज्ञा नदिनुहोस्’ भनेर भूतात्माहरूले येशूसँग विन्ती गरिरहे।
  
32. त्यहाँ नजिकै डाँडामा सुँगुरको एउटा ठूलो बथान चरिरहेको थियो। तिनीहरूले उहाँलाई ‘तिनै सुँगुरहरूभित्र पस्‍‌ने आज्ञा दिनुहोस्’ भनी विन्ती गरे र येशूले अनुमति दिनुभयो।
  
33. त्यसरी भूतात्माहरू त्यस मानिसबाट निस्किएर ती सुँगुरहरूभित्र पसे। सम्पूर्ण सुँगुरहरूको बथान भीरतिर हुर्रिंदै गएर तालमा खसे र डुबेर मरे।
  
34. ती सुँगुर चराउनेहरूले जब त्यो देखे, तिनीहरू नजिकैका गाउँतिर भागे र सारा गाउँभरि त्यो खबर फैलाए।
  
35. त्यसको केही क्षणमै ठूलो भीड येशूको वरिपरि जम्मा भयो, किनभने के भएको थियो भन्‍‌ने कुरा मानिसहरू आफै हेर्न चाहन्थे । भूतात्माले सताएको त्यस मानिसलाई लुगा लगाएर येशूको छेउमा सद्दे भएर बसिरहेको देखेर सम्पूर्ण भीड नै भयभीत भयो।
  
36. देख्‍‌नेहरूले त्यो भूत लागेको मानिसले कसरी भूतात्माबाट छुटकारा पायो भन्‍‌ने कुरा हरेकलाई सुनाए ।
  
37. त्यस क्षेत्रका मानिसहरूमा ठूलो डर छायो। त्यसकारण सम्पूर्ण भीडले नै त्यस ठाउँबाट गइहाल्‍‌नुहोस् भनेर येशूसँग विन्ती गरे। त्यसकारण येशू फर्किएर डुङ्गामा चढ्‍‌नुभयो र त्यो ठाउँ छाडेर झीलको पारिपट्टि जानुभयो।
  
38. भूतात्माबाट छुटकारा पाएको त्यस मानिसले पनि उहाँसँगै जान पाऊँ भनेर विन्ती गर्‍यो तर येशूले त्यसलाई रोक्दै भन्‍‌नुभयो,
  
39. ‘‘होइन, घरमा जाऊ, सबैसँग भेटघाट गर र परमेश्वरले तिम्रो जीवनमा कस्तो आश्चर्यको काम गरिदिनुभयो भनी सबैलाई बताऊ।’’ त्यसकारण त्यो मानिस येशूले आफ्‍‌नो निम्ति गरिदिनुभएको महान् कामको विषयमा प्रचार गर्दै सारा शहरभरि घुम्यो।
  
40. उहाँ झील तरेर वारिपट्टि आइपुग्‍‌नुहुँदा सबै मानिसहरूले उहाँको स्वागत गरे, किनभने तिनीहरूले उहाँलाई पर्खिरहेका थिए।
  
41. सभाघरको एक जना अगुवा याइरस आएर उहाँको पाउमा परेर तिनको घरमा जान उहाँसित विन्ती गरे।
  
42. तिनको एउटै मात्र सन्तान बाह्र वर्षकी छोरी मर्नलागेकी थिई, येशू तिनीसँग जाँदै गर्नुहुँदा धेरै मानिसहरूको भीडले उहाँलाई घेरेका थिए।
  
43. त्यसै भीडमा बाह्र वर्षदेखि रगत बग्‍‌ने व्यथा लागेकी एउटी स्त्री पनि थिइन्। तिनले वैद्यहरूसित जँचाएर भएको सम्पत्ति खर्च गर्दा पनि तिनी निको हुनसकेकी थिइनन्।
  
44. तिनी येशूको पछिल्तिरबाट आइन् र उहाँको वस्त्रको फेरो छोइन्, तुरुन्तै तिनको रगत बग्‍‌न बन्द भयो।
  
45. येशूले सोध्‍‌नुभयो, ‘‘मलाई कसले छोयो?’’ उहाँको भनाइमा कसैले पनि सहमत जनाएनन् र पत्रुसले भने, ‘‘गुरुज्यू, त्यति ठूलो भीडले ठेलमठेला गरिरहेको छ।’’
  
46. तर येशूले उनलाई भन्‍‌नुभयो, ‘‘त्यसो होइन, कसैले मलाई जानीबुझीकन छोएको छ, किनभने मबाट शक्ति निस्केर गएको मैले अनुभव गरेँ।’’
  
47. येशूको नजरबाट ऊ छिपेकी छैन रहिछ भन्‍‌ने तथ्य जब तिनले थाहा पाइन् तब तिनी थरथर काँप्दै येशूको अघि घोप्टो परिन्। तिनले येशूलाई छोएकी र तुरुन्तै रोग निको भएको सत्यता सबैलाई बताइन्।
  
48. येशूले त्यस स्त्रीलाई भन्‍‌नुभयो, ‘‘छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसँग जाऊ।’’
  
49. उहाँ अझै तिनीसित बोल्दै गर्नुहुँदा याइरसको घरबाट खबर ल्याउनेहरू आएर भने, ‘‘तपार्इंकी सानी छोरी मरिसकिन्, अब गुरुज्यूलाई दु: ख दिनु व्यर्थ छ।’’
  
50. येशूले त्यो कुरा सुनेर याइरसलाई भन्‍‌नुभयो, ‘‘नडराऊ, ममाथि भरोसा राख र तिनी ठीक हुनेछिन्।’’
  
51. याइरसको घरमा आइपुगेर येशूले आफूसित त्यस बालिकाका आमा-बुबा, पत्रुस, याकूब र यूहन्‍‌नाबाहेक अरु कसैलाई भित्र पस्‍‌न दिनुभएन।
  
52. रुने र विलाप गर्नेहरू घरभरि थिए। येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘नरोओ, यिनी मरेकी छैनन्, निदाएकी मात्रै छिन्।’’
  
53. तर ठिटी मरिसकेकी छिन् भन्‍‌ने कुरा सबैलाई थाहा भइसकेको हुनाले तिनीहरूले येशूलाई हाँसोमा उडाए।
  
54. तब येशूले तिनका दुवै हात पक्रनुभयो र बोलाउँदै भन्‍‌नुभयो, ‘‘ए छोरी, उठ।’’
  
55. त्यसैबेला तिनी जीवित भइन् र तत्कालै उठिन्। अनि येशूले तिनलाई ‘खानेकुरा देऊ’ भनी तिनीहरूलाई अह्राउनुभयो।
  
56. तिनका आमा-बुबा अत्यन्तै खुशी भए तर त्यस विषयमा ‘कसैलाई नभन्‍‌नू’ भनी येशूले तिनीहरूलाई कडा आज्ञा दिनुभयो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES