Bible Study: FrontPage




 

मर्कुस, Chapter 13

Bible Study - मर्कुस 13 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यस दिन येशू मन्दिरबाट निस्किँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले भने, ‘‘गुरुज्यू, हेर्नुहोस् त यो मन्दिरको भवनहरू कति भव्य र कति ठूला-ठूला ढुङ्गाहरू !’’
  
2. येशूले भन्‍‌नुभयो, ‘‘यो भव्य भवन एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी पूर्णरूपले ध्वस्त भइजानेछ।’’
  
3. येशू मन्दिरको सीधै पारिपट्टि जैतुन डाँडामा बस्‍‌नुभएको बेला पत्रुस, यूहन्‍‌ना, याकूब र अन्द्रियास उहाँकहाँ आएर सुटुक्क उहाँलाई सोधे,
  
4. ‘‘हामीलाई भन्‍‌नुहोस्, यी सबै घटनाहरू कहिले हुनेछन् ? यी सबै पूरा हुनुभन्दा अघि कस्तो चिन्ह हुनेछ?’’
  
5. येशूले जवाफ दिनुभयो,‘‘कसैले पनि तिमीहरूलाई भ्रममा नपारोस्,
  
6. किनभने धेरै जना मेरो नाउँमा ‘ख्रीष्ट हुँ’ भनेर दाबी गर्दै आउनेछन्। तिनीहरूले धेरैलाई बहकाउनेछन्।
  
7. तिमीहरूले युद्ध र युद्धहरूका हल्ला सुन्‍‌नेछौ तर नआत्तिओ। यी सबै कुरा हुनैपर्छ तर अन्त्य त्यति नै बेला हुनेछैन।
  
8. जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा युद्ध चर्किनेछ अनि संसारको धेरै भागमा भूकम्प र अनिकालहरू हुनेछन्। तर यी सबै त आउने दिनका सङ्कष्टको शुरु मात्र हो।
  
9. जब यी घटनाहरू घट्‍‌न थाल्‍‌नेछन्, होशियार रहो। तिमीहरूलाई पक्रेर अदालतमा हाजिर गराइनेछ र सभाघरहरूमा तिमीहरूलाई पिटिनेछ। तिमीहरू मेरा चेला भएको कारण राजाहरू र शासकहरूको सामुन्‍‌ने आरोपित हुनेछौ । अनि त्यसबेला तिमीहरूले तिनीहरूलाई मेरो विषयमा बताउने मौका पाउनेछौ।
  
10. यसरी पहिले हरेक जातिमा सुसमाचार प्रचार गरिनु नै पर्छ।
  
11. तर जब तिमीहरू पक्राउ पर्नेछौ र तिमीहरूलाई अदालतमा उभ्याइनेछ, तब आफ्‍‌नो बचाउको लागि के बोल्‍‌ने भनेर चिन्ता नगर। परमेश्वरले जे भन्‍‌नुहुन्छ, त्यही कुरा बोल। त्यसरी बोल्‍‌ने तिमीहरू आफै हुनेछैनौ, तर पवित्र आत्मा बोल्‍‌नुहुनेछ।
  
12. भाइले भाइलाई धोका दिएर मार्नेछ, बुबाले आफ्‍‌नै छोराछोरीलाई धोका दिनेछ अनि छोराछोरीहरू आफ्‍‌नै आमा-बुबाको विरोधमा उठ्‍‌नेछन् र धोका दिएर मृत्युको मुखमा पुर्‍याउनेछन्।
  
13. तिमीहरू मेरो नाउँले चिनिएको कारण हरेकले नै तिमीहरूलाई घृणा गर्नेछ तर अन्त्यसम्मै विश्वासमा स्थिर रहनेले उद्धार पाउनेछ।
  
14. यस्तो समय आउनेछ, जब पवित्र ठाउँमा घृणित र दुष्ट थोकहरूलाई तिमीहरूले देख्‍‌नेछौ, यो पढ्‍‌नेले यस विषयमा ध्यान देओस्। तब यहूदियामा बस्‍‌नेहरू भागेर पहाडतिर जाऊन्।
  
15. घरबाहिर हुनेहरू सरसामान झिक्‍‌न घरभित्र नपसून्।
  
16. खेतबारीमा हुनेहरू आफ्‍‌नो वस्त्र लिन घरमा नपसून् ।
  
17. ती दिनहरूमा दूध चुसाउने आमाहरू र गर्भवतीहरूलाई हाय !
  
18. तिमीहरूको भगाइ हिउँदमा नपरोस् भनी प्रार्थना गर,
  
19. किनभने संसारमा अहिलेसम्म कहिल्यै नदेखेको र फेरि कहिल्यै नदेख्‍‌ने महासङ्कष्ट आइपर्नेछ।
  
20. वास्तवमा कष्टका ती दिनहरू नघटाइने हो भने कुनै पनि मानिसले त्यो सहन सक्दैन। तर परमेश्वरले चुन्‍‌नुभएकाहरूको खातिर त्यो कष्ट घटाइनेछ।
  
21. त्यसबेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ कि ‘त्यहाँ छन्’ भन्यो भने विश्वास नगर, तिनीहरूका त्यस्ता कुरालाई वास्तै नगर ।
  
22. किनभने परमेश्वरद्वारा चुनिएकाहरूलाई समेत बहकाउने गरी चिन्हहरू र अचम्मका कामहरू गर्ने झूटा ख्रीष्ट र झूटा अगमवक्ताहरू देखा पर्नेछन् ।
  
23. हेर, मैले तिमीहरूलाई चेताउनी दिएको छु।
  
24. ती भयानक दिनहरूको लगत्तैपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले पनि चमक दिनेछैन,
  
25. आकाशबाट ताराहरू खस्‍‌नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।
  
26. तिनीहरूले मानिसको पुत्रलाई महान् शक्ति र महिमासहित बादलमा आइरहेको देख्‍‌नेछन्।
  
27. उनले आफ्‍‌ना स्वर्गदूतहरूलाई पठाएर पृथ्वी र आकाशको चारैतिरबाट आफ्‍‌ना चुनिएका जति सबैलाई भेला गर्न लगाउनेछन् ।
  
28. नेभारोको रुखबाट एउटा कुरा सिक: जब त्यसका हाँगाहरू कोमल हुन्छन् र पालुवा हाल्छन् तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू आफै थाहा पाउँछौ।
  
29. त्यसैगरी, मैले बताएका कुरा हुनआएको देखेपछि मानिसको पुत्रको आगमन नजिकै ढोकैमा छ भन्‍‌ने जान।
  
30. साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्‍‌नेछैन।
  
31. स्वर्ग र पृथ्वी टलेर जानेछन् तर मेरा यी वचन कहिले टल्‍‌नेछैनन्।
  
32. तापनि त्यो दिन वा समय कहिले हो भनी कसैलाई थाहा छैन। स्वर्गदूतहरूले पनि त्यो भन्‍‌न सक्दैनन् न त पुत्र आफैले, तर पितालाई मात्र थाहा छ।
  
33. अनि त्यो कहिले हुनेछ भन्‍‌ने तिमीहरूले थाहा नपाउने भएको हुनाले सधैँभरि होशियार भएर जागा रहो।
  
34. मानिसको पुत्रको आगमनलाई आफ्‍‌नो घर छोडेर परदेश जाने एउटा मानिससँग तुलना गर्न सकिन्छ । जसले आफ्‍‌ना सबै नोकरहरूलाई काम अह्राइराख्छ र ढोकाको पालेलाई आफू फर्केर आउने बाटो हेर्दै बस्‍‌नू भनी खटाउँछ।
  
35. त्यसकारण चनाखो भएर बस, किनभने ऊ कहिले फर्केर आउँछ, साँझमा वा मध्यरातमा कि बिहानै वा दिउँसो अबेलातिर सो तिमीहरू जान्दैनौ।
  
36. ऊ अकस्मात् आइपुग्दा तिमीहरूलाई निदाइरहेको नभेटोस्।
  
37. तिमीहरूलाई म जे भन्छु त्यो सबैलाई भन्छु, ‘सजग रहो’।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES