Bible Study: FrontPage




 

मर्कुस, Chapter 4

Bible Study - मर्कुस 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. फेरि एकपल्ट येशू झीलको किनारमा बसेर सिकाउन थाल्‍‌नुभयो। त्यस ठाउँमा अत्यन्तै ठूलो भीड थियो। त्यसकारण उहाँ डुङ्गामा चढेर बस्‍‌नुभयो र त्यहाँबाट बोल्‍‌न थाल्‍‌नुभयो।
  
2. त्यहाँ उहाँले मानिसहरूलाई दृष्टान्तहरूमा सिकाउनुभयो, ती दृष्टान्तहरूमध्ये एउटा यो हो:
  
3. ‘‘सुन, एउटा किसान बीउ छर्न भनेर निस्क्यो।
  
4. उसले खेतमा बीउ छर्दा, केही बीउ बाटोमा परे, चराहरू आए र खाइदिए।
  
5. अरु ढुङ्गेनी जमीनमा परे, ती चाँडै उम्रिए।
  
6. तर ढुङ्गेनी जमीन भएकोले तिनको जरा राम्ररी गाडिन पाएन र घामको रापमा परेर ती चाँडै ओइलिएर मरे।
  
7. अरु बीउ काँडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्‍‌न पाएनन्। त्यसैले फल फलाउन सकेनन्।
  
8. तर केही बीउ मलिलो जमीनमा परे र छरिएका भन्दा तीस, साठी र सय गुणासम्म फल फलाए।’’
  
9. त्यसपछि फेरि उहाँले भन्‍‌नुभयो, ‘‘जसको सुन्‍‌ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’
  
10. त्यसको केही समयपछि, उहाँ बाह्र जना चेला र अरु थोरै मानिसहरूसँग मात्रै हुनुभएको बेलामा तिनीहरूले सोधे, ‘‘तपाईंले भन्‍‌नुभएको दृष्टान्तको अर्थ के हो?’’
  
11. उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई त परमेश्वरको राज्यका गोप्य रहस्यहरू बुझ्‍‌ने अनुमति दिइएको छ। तर अरु मानिसहरूको अगाडि भने म दृष्टान्तहरूमा शिक्षा दिन्छु,
  
12. यसरी धर्मशास्त्र पूरा होस् : मैले गरेका काम तिनीहरू देख्छन् तर त्यसको अर्थ बुझ्दैनन्। मेरा वचन तिनीहरू सुन्छन् तर तिनीहरू त्यो बुझ्दैनन्। तसर्थ तिनीहरू आफ्‍‌ना पापदेखि फर्किदैनन् र क्षमा पनि पाउँदैनन्।
  
13. तिमीहरूले यो दृष्टान्त बुझ्‍‌न सक्दैनौ भने मैले अब भन्‍‌नलागेका धेरै कुरा कसरी बुझौला?
  
14. मैले दृष्टान्तमा किसान भनेको परमेश्वरको वचन अरुकहाँ पुर्‍याउने व्यक्ति हो।
  
15. बाटोमा पर्ने बीउले ती मानिसहरूलाई दर्सार्उँछ, जसले वचन सुन्छन्, तर शैतान आएर उनीहरूबाट त्यो वचन चोरी लैजान्छ।
  
16. ढुङ्गेनी जमीनले वचन सुनेर खुशीसाथ ग्रहण गर्नेहरूलाई दर्साउँछ,
  
17. तर त्यस्तो जमीनमा उम्रिएको कलिलो बिरुवाझैँ तिनीहरूमा वचनले भित्रसम्म जरा गाड्‍‌न पाउँदैन र शुरुमा ती राम्रै देखिए तापनि सानोतिनो समस्या वा परमेश्वरको वचनमा विश्वास गरेको कारण आइपरेको सतावटको सामना गर्नुपर्दा लडिहाल्छन्।
  
18. काँडाघारीले सुसमाचार सुनेर त्यसलाई ग्रहण गर्नेहरूलाई दर्साउँछ,
  
19. तर यस जीवनको फिक्री, धनको लोभ, असल कुराको अभिलाषा, आदिको कारण तिनीहरूले ग्रहण गरेको वचनले कुनै फल फलाउन पाउँदैन।
  
20. असल जमीनले परमेश्वरको वचन सुनेर त्यसलाई दिलोज्यानले ग्रहण गर्नेहरूलाई दर्साउँछ, जसले रोपिएको भन्दा तीस, साठी र सय गुणा बढी फल फलाउँछन्।’’
  
21. त्यसपछि येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के कसैले बत्ती बालेर डालोमुनि कि खाटमुनि छोपेर राख्छ र ? के त्यसलाई पानसमाथि राखिँदैन र?
  
22. अहिले जे-जति कुरा गुप्तमा राखिएका छन्, ती आखिरीमा सबैको सामुन्‍‌ने खुलस्त पारिनेछन्।
  
23. जसको सुन्‍‌ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।
  
24. अनि तिमीहरूले सुनेका कुरामा ध्यान देओ, जति बढ्ता ध्यान दिन्छौ, त्यति नै तिमीहरूले बुझ्‍‌नेछौ। तिमीहरूले त्यसभन्दा पनि बढी बुझ्‍‌नेछौ।
  
25. जो मेरो शिक्षाप्रति उदार छन्, तिनीहरूलाई अझै बढी बुझ्‍‌ने शक्ति दिइनेछ। तर जसले मेरो कुरा सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ।’’
  
26. येशूले अझै भन्‍‌नुभयो,‘‘परमेश्वरको राज्य कस्तो हुन्छ भन्‍‌ने विषयमा अर्को पनि उदाहरण छ, एउटा किसानले आफ्‍‌नो खेतमा बीउ छर्‍यो
  
27. र त्यसपछि ऊ अरु नै काममा लाग्यो। दिन बित्दै गयो, उसले छरेको त्यो बीउ उम्रियो र हेरचाहबिना नै बढ्दै गयो।
  
28. किनभने पृथ्वीले आफै अन्‍‌न उत्पादन गर्दछ। पहिले बीउमा टुसा पल्हाउँछ, त्यसपछि पात लाग्छ र बाला लाग्‍‌न थाल्छ अनि आखिरमा त्यसमा दाना भरिन्छ र पाक्छ।
  
29. अनि बाली पाक्‍‌नेबित्तिकै त्यो किसान खेतमा फर्किन्छ र हँसिया लिएर बाली काट्‍‌न थाल्छ।’’
  
30. येशूले सोध्‍‌नुभयो, ‘‘म कसरी परमेश्वरको राज्यको विषयमा बताउन सक्छु? म कुन दृष्टान्तको उदाहरण दिऊँ?
  
31. यो त रायोको मसिनो दानाजस्तो हो। रायोको दाना अति नै सानो हुन्छ,
  
32. तर बारीमा रोपिएका अरु सागपातका बोटबिरुवाभन्दा यो ठूलो भएर झाँगिन्छ र चराहरू आएर त्यसका हाँगाहरूमा बस्‍‌नसक्छन्।’’
  
33. तिनीहरूले धेरै बुझून् भनेर उहाँले तिनीहरूलाई अरु पनि धेरै दृष्टान्तहरू भन्‍‌नुभयो।
  
34. विशेषगरी उहाँले धेरै मानिसहरूको अगाडि शिक्षा दिँदा दृष्टान्तहरूमा बोल्‍‌नुभयो तर चेलाहरूसँग भएको बेलामा मात्रै उहाँले ती दृष्टान्तहरूको अर्थ खोल्‍‌नुहुन्थ्यो ।
  
35. साँझ पर्नैलाग्दा येशूले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘हामी झीलको पारिपट्टि जाऔं।’’
  
36. उहाँ डुङ्गामा बसिरहनुभएको थियो । तिनीहरूले भीडलाई छोडेर डुङ्गा खियाउन लागे, तापनि अरु डुङ्गाहरूले उहाँहरूलाई पछ‍याउँदै थिए।
  
37. तर अचानक आँधी आयो। पानीका ठूला-ठूला छालले डुङ्गालाई धक्का दिनलागे र डुङ्गामा पानी भरिएर डुब्‍‌नै लाग्यो।
  
38. येशू डुङ्गाको पछिल्तिर एउटा चकटीको सिरानी लगाएर सुतिरहनुभएको थियो। तिनीहरूले अत्तालिँदै उहाँलाई ब्यूँझाए, ‘‘गुरुज्यू, हामी डुब्‍‌न लाग्यौं, तपाईंलाई यसको वास्ता छैन?’’
  
39. उहाँ जब बिउँझिनुभयो,उहाँले बतासलाई हप्काउनुभयो र पानीलाई भन्‍‌नुभयो, ‘‘शान्त भइहाल् !’’ उहाँले त्यति भन्‍‌नेसाथ अचानक बतास रोकियो र त्यहाँ शान्त भइहाल्यो।
  
40. त्यसपछि उहाँले चेलाहरूलाई प्रश्‍‌न गर्नुभयो,‘‘तिमीहरू किन यसरी डराएका? के तिमीहरू अझै ममाथि विश्वास गर्दैनौ?’’
  
41. तिनीहरू साह्रै भयभीत भए र आपसमा यसो भने, ‘‘यिनी को हुन् ? बतास र पानीका छालले पनि यिनको आज्ञापालन गर्दछन्?’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES