Bible Study: FrontPage




 

मर्कुस, Chapter 6

Bible Study - मर्कुस 6 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशू त्यस ठाउँलाई छोडेर आफ्‍‌नै शहर, नासरतमा फर्किनुभयो र चेलाहरूले उहाँलाई पछ‍याए।
  
2. अर्को विश्राम-दिन उहाँ सभाघरमा जानुभयो र सिकाउनुभयो। उहाँको उपदेश सुन्‍‌नेहरू चकित भए। तिनीहरूले सोधे,‘‘यिनले यत्तिका बुद्धि र आश्चर्यकर्महरू गर्ने शक्ति कहाँबाट पाए?
  
3. के यिनी ती सिकर्मी, युसूफ र मरियमका छोरा होइनन् र? के यिनी याकूब, योसेस, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनीहरूका बहिनीहरू यहाँ हामीसँग छैनन् र?’’ तिनीहरू उहाँसँग चिढिए र विश्वास गरेनन्।
  
4. तब येशूले तिनीहरूलाई भन्‍‌नुभयो,‘‘एउटा अगमवक्ताले आफ्‍‌नै गाउँ, आफन्तहरू र परिवारमा बाहेक अरु सबैतिर आदर पाउँछ।’’
  
5. तिनीहरूको अविश्वासको कारण येशूले केही बिमारीहरूमाथि हात राखेर निको पार्नुबाहेक अरु कुनै शक्तिका कामहरू गर्न सक्‍‌नुभएन।
  
6. तिनीहरूको अविश्वास देखेर उहाँ छक्कै पर्नुभयो। तब त्यहाँबाट निस्किएर उहाँ शिक्षा दिँदै गाउँ-गाउँ घुम्दै हिँड्‍‌नुभयो।
  
7. येशूले बाह्र जना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिएर दुई-दुई जना गरी पठाउनुभयो।
  
8. उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो : ‘‘तिमीहरूले यात्राको निम्ति आफ्‍‌नो साथमा लौरोबाहेक खानेकुरा, झिटीगुन्टा, रुपियाँपैसा केही पनि नबोक।
  
9. चप्पल लगाओ तर जगेडा वस्त्र नबोक।’’
  
10. उहाँले फेरि तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘जब तिमीहरू कुनै गाउँभित्र पस्दछौ, तब त्यो गाउँ नछोडिन्जेल त्यहाँको एउटा घरमा मात्रै पाहुना लाग।
  
11. यदि कुनै गाउँले तिमीहरूलाई स्वागत गरेन र तिमीहरूका कुरा पनि सुनेन भने त्यहाँबाट निस्कँदा आफ्‍‌नो खुट्टाको धूलो उनीहरूको विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेऊ।’’
  
12. त्यसकारण चेलाहरू गए र भेटिएका जति सबैलाई पापबाट फर्किआओ भन्‍‌ने सन्देश सुनाउँदै हिँडे।
  
13. तिनीहरूले धेरै भूतात्माहरू निकाले र जैतुनको तेलले अभिषेक गर्दै धेरै रोगी-बिमारीहरूलाई निको पारे।
  
14. राजा हेरोद एन्टिपासले येशूको विषयमा सुने, किनभने जताततै मानिसहरूले उहाँकै चर्चा गरिरहेका थिए र कतिले भन्दै थिए,‘‘यो मानिस पक्कै पनि बप्तिस्मा दिने यूहन्‍‌ना पुनर्जीवित भएको हुनुपर्छ, त्यसैले त यसले यत्तिका धेरै आश्चर्यकर्महरू गर्नसक्छ।’’
  
15. अरुहरूले येशूलाई ‘‘प्राचीन अगमवक्ता एलिया हुन्’’ भन्थे। अझै अरुहरूले उहाँलाई ‘‘विगतका महान् अगमवक्ताहरूमध्ये एक हुन्’’ भन्थे।
  
16. जब हेरोदले येशूको विषयमा सुने, तब उनले भने,‘‘मैले टाउको काटेर मार्न लगाएको यूहन्‍‌ना फेरि मृतकबाट जीवित भई उठेछ।’’
  
17. हेरोदले आफ्‍‌नो भाइ फिलिपकी पत्‍‌नी, हेरोदियासको खातिर यूहन्‍‌नालाई पक्रेर बाँधी झ्यालखानमा थुन्‍‌ने आदेश दिएका थिए, किनभने उनले हेरोदियाससित विवाह गरेका थिए
  
18. किनकि यूहन्‍‌नाले हेरोदलाई यसो भनेका थिए, ‘‘तपाईंले उनलाई पत्‍‌नीको रूपमा राख्‍‌नु उचित हुँदैन।’’
  
19. हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन् तर सकेकी थिइनन्।
  
20. हेरोदले यूहन्‍‌नालाई एक असल र पवित्र व्यक्ति हुन् भनेर आदर गर्थे। तसर्थ उनले यूहन्‍‌नालाई आफ्‍‌नो सुरक्षामा राखेका थिए। यूहन्‍‌नाको कुरा सुन्दा उनी निकै विचलित हुन्थे, तापनि उनको कुरा सुन्‍‌न मन पराउँथे।
  
21. अन्त्यमा हेरोदियासले खोजेको मौका आयो। हेरोदको जन्मदिन थियो र उनले दरबारमा राजकीय भोजको आयोजना गरे। यसरी दरबारका भारादारहरू, सेना प्रमुखहरू र गालीलका गण्यमान्य नागरिकहरू भेला भएका थिए।
  
22. तब उनकी छोरी, जसको नाउँ सलोमी थियो, तिनी भोजको समयमा आइन् र नाचेर सबैलाई मुग्ध पारिन्। राजाले खुशी हुँदै तिनलाई भने,‘‘तिमीलाई जे मन लाग्छ माग, म तिमीलाई दिनेछु।’’
  
23. उनले शपथ हालेर वचन दिए,‘‘तिमीले मसित जे माग्छ‍यौ, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।’’
  
24. तिनी बाहिर गइन् र आमासँग सोधिन्:‘‘म के मागूँ?’’ उनले भनिन्: ‘‘बप्तिस्मा दिने यूहन्‍‌नाको टाउको।’’
  
25. तब तिनी फर्किन् र राजालाई भनिन्,‘‘मलाई अहिले नै बप्तिस्मा दिने यूहन्‍‌नाको टाउको थालमा राखेर दिनुहोस्।’’
  
26. तिनको माग सुनेर राजा धेरै दु:खित भए तर आफ्‍‌ना पाहुनाहरूको अगाडि दिएको आफ्‍‌नै वचन उल्लङ्घन गर्न उनले सकेनन्।
  
27. त्यसकारण उनले मानिसहरू पठाएर झ्यालखानबाट यूहन्‍‌नाको टाउको ल्याउनू भनी आदेश दिए। सिपाहीहरूले झ्यालखानमा यूहन्‍‌नाको टाउको काटे।
  
28. तिनीहरूले यूहन्‍‌नाको टाउको थालमा राखेर ल्याए र तिनलाई दिए अनि तिनले त्यो लगेर आफ्‍‌नी आमालाई दिइन्।
  
29. यूहन्‍‌नाका चेलाहरू यो खबर सुनेर आए र तिनको शरीर लगेर चिहानमा गाडे।
  
30. प्रेरितहरू आफ्‍‌नो सेवकाइको यात्राबाट फर्किए र तिनीहरूले गएर गरेका र सिकाएका सबै कुरा येशूलाई बताए।
  
31. तब उहाँले भन्‍‌नुभयो, ‘‘यो भीडलाई छोडेर कतै जाऔं र आराम गरौं।’’ त्यहाँ आउने-जाने मानिसहरू यति धेरै थिए कि येशू र उहाँका चेलाहरूले खानेसम्म पनि फुर्सद पाउँदैन थिए।
  
32. त्यसकारण उहाँहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो।
  
33. तर उहाँहरू त्यहाँबाट गइरहनुभएको धेरैले देखे र उहाँलाई चिने अनि धेरै शहरका मानिसहरू पैदलै दौडिँदै उहाँहरूभन्दा अगाडि पुगे।
  
34. डुङ्गाबाट उत्रिन लाग्दा ठूलो भीड जम्मा भइसकेको थियो। तिनीहरूलाई गोठालाबिनाका भेडाहरूझैँ देखेर उहाँको हृदय दयाले भरियो। त्यसकारण उहाँले तिनीहरूलाई त्यहाँ धेरै कुरा सिकाउनुभयो।
  
35. दिउँसो अबेलातिर उहाँका चेलाहरू आएर उहाँलाई भने,‘‘हामी गाउँभन्दा धेरै टाढा छौं र दिन निकै ढल्किसकेको छ।
  
36. यी मानिसहरूलाई पठाइदिनुहोस् र यिनीहरूले नजिक गाउँ-बस्तीमा गएर आफ्‍‌नोलागि खानेकुरा किनून्।’’
  
37. येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूले नै यिनीहरूलाई खुवाओ।’’ तिनीहरूले सोधे, ‘‘के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?’’
  
38. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूसँग कति खानेकुरा छ ? गएर पत्ता लगाओ।’’ केही बेरपछि उनीहरू फर्किए र भने, ‘‘हामीसँग त पाँचवटा रोटी र दुईटा माछा मात्रै छ।’’
  
39. तब येशूले भीडका मानिसहरूलाई हरियो चउरमा पङ्क्तिमा मिलेर बस्‍‌न लगाउनुभयो।
  
40. यसरी उनीहरू पचास-पचास र सय-सयको समूहमा मिलेर बसे।
  
41. येशूले पाँच रोटी र दुई माछा लिनुभयो, स्वर्गतिर हेर्नुभयो र त्यसमा परमेश्वरको आशिष् माग्‍‌नुभयो। ती रोटीलाई भाँचेर मानिसहरूलाई देऊन् भनी रोटी र माछा चेलाहरूलाई दिनुभयो।
  
42. उनीहरूले अघाउन्जेल खाए।
  
43. तिनीहरूले उब्रिएका टुक्राटाक्रीहरू बाह्र डाला बटुले।
  
44. ती रोटी खानेहरूको सङ्ख्या पाँच हजार थिए।
  
45. त्यसको लगत्तैपछि येशूले चेलाहरूलाई डुङ्गामा चढेर बेथसेदातिर पठाउनुभयो र अरु मानिसहरूलाई आ-आफ्‍‌नो घरमा पठाउनुभयो।
  
46. त्यसपछि उहाँ आफै डाँडातिर उक्लनुभयो र प्रार्थना गर्नको लागि जानुभयो।
  
47. राती चेलाहरू झीलको बीचमा डुङ्गा खियाउँदै थिए र येशू एकलै हुनुहुन्थ्यो।
  
48. उहाँले तिनीहरूलाई गम्भीर समस्यामा परेको देख्‍‌नुभयो, तिनीहरूले बतास र छालको विरुद्धमा डुङ्गा खियाउँदै सङ्घर्ष गरिरहेका थिए। बिहान तीन बजेतिर उहाँ पानीमाथि हिँड्दै तिनीहरू भएतिर आउनुभयो र चेलाहरूलाई उछिनेर अघि बढ्‍‌न लाग्‍‌नुभयो।
  
49. जब चेलाहरूले उहाँलाई पानीमाथि हिँड्दै गरेको देखे तब तिनीहरू उहाँलाई भूत हो भनी ठानेर डरले चिच्च्याए।
  
50. उहाँलाई देखेर सबै जना डरले थरथर काँपे। तर येशूले झट्टै तिनीहरूलाई भन्‍‌नुभयो,‘‘साहस गर, म हुँ, नडराओ।’’
  
51. त्यसपछि उहाँ डुङ्गामा चढ्‍‌नुभयो र बतास थामियो। तिनीहरू आफूले देखेका कुरामा चकित भए।
  
52. तिनीहरूले रोटी बढाइएको आश्चर्यकर्मको महत्वलाई अझै पनि बुझेनन्, किनकि तिनीहरूका हृदय कठोर भएका थिए।
  
53. जब तिनीहरू झीलको अर्कोपट्टि गनेसरेत भन्‍‌ने ठाउँमा आइपुगे, तिनीहरूले त्यहाँ डुङ्गा अड‍याए
  
54. र बाहिर निस्किए। त्यहाँ भएका मानिसहरूले येशूलाई चिनिहाले
  
55. अनि तिनीहरूले त्यस ठाउँको चारैतिर पुगेर रोगी-बिमारीहरूलाई गुन्द्रीमा बोकेर उहाँकहाँ ल्याउन थाले।
  
56. उहाँ गाउँ, शहर र बस्तीहरूमा जहाँ गए पनि मानिसहरूले उहाँको अगाडि रोगी-बिमारीहरू राखिदिन्थे। उहाँको वस्त्रको किनारसम्म पनि छुन पाऊँ भनी ती रोगी-बिमारीहरू उहाँसँग विन्ती गर्थे र जति जनाले छुन्थे, ती सबै जना निको भइहाल्थे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES