Bible Study: FrontPage




 

मर्कुस, Chapter 7

Bible Study - मर्कुस 7 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. एक दिन केही फरिसीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू येशूसँग तर्क गर्न यरूशलेमबाट आए।
  
2. येशूका चेलाहरूमध्ये कुनै कुनैले यहूदी प्रथाअनुसार भोजन गर्नुभन्दा पहिले हात धुने नियमपालन नगरेको तिनीहरूले चाल पाए।
  
3. यहूदीहरू, विशेषगरी फरिसीहरू आफ्‍‌ना पुर्खाहरूको परम्पराअनुसार हात नधोई खाँदैनन्।
  
4. त्यसैगरी बजारबाट आएपछि पनि तिनीहरू स्‍‌नान नगरी खाँदैनन्। यति मात्र होइन, तिनीहरूले अरु परम्पराहरू पनि पालन गर्थे, जस्तै-कचौरा, लोहोटा, काँसोका भाँडा र टेबुलहरू धुने गर्थे।
  
5. त्यसकारण ती फरिसीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, ‘‘तपाईंका चेलाहरू हाम्रा पुर्खाहरूको परम्परा किन पालन गर्दैनन्? किन तिनीहरू नियमपूर्वक हात नधोई खान्छन्?’’
  
6. येशूले जवाफ दिनुभयो, ‘‘ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूको विषयमा अगमवाणी गर्दै ठीकै भनेका छन् : ‘यी मानिसहरू मलाई आफ्‍‌नो ओठले मात्र आदर गर्छन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
  
7. मप्रतिको तिनीहरूको आराधना व्यर्थ छ, किनकि यी मानिसहरूले सिकाएका विधि मात्र हुन्।’
  
8. किनकि तिमीहरू परमेश्वरको व्यवस्थालाई पर सारेर मानिसका परम्पराहरू पालन गर्छौ।’’
  
9. उहाँले फेरि भन्‍‌नुभयो, ‘‘तिमीहरू आफ्‍‌नो परम्परा कायम राख्‍‌नको निम्ति परमेश्वरको व्यवस्थालाई इन्कार गर्दछौ।
  
10. उदाहरणको लागि मोशाले परमेश्वरबाट यो आज्ञा दिए: ‘आफ्‍‌ना आमा-बुबालाई आदर गर। आमा-बुबाको अनादर गर्ने कोही पनि मारियोस्।’
  
11. तर तिमीहरू मानिसहरूले आफ्‍‌ना आमा-बुबालाई यसो भनेको ठीक मान्छौ, ‘म तपाईंहरूलाई सहायता गर्न सक्दिनँ, किनकि मैले तपाईंहरूलाई दिनसक्‍‌ने कुरा परमेश्वरलाई दिने भाकल गरिसकेको छु।’
  
12. यसरी तिमीहरूले मानिसहरूलाई खाँचोमा परेका आफ्‍‌ना आमा-बुबाको अनादर गर्न लगाउँछौ।
  
13. हो, यस प्रकारले तिमीहरू आफ्‍‌ना परम्परा बचाउन परमेश्वरको व्यवस्था भङ्ग गर्छौ। यो त एउटै मात्र उदाहरण हो, यस्ता थुप्रै उदाहरणहरू छन्।’’
  
14. तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाएर भन्‍‌न लाग्‍‌नुभयो,‘‘तिमीहरू सबैले सुन, र बुझ्‍‌ने कोशिश गर।
  
15. तिमीहरू जे खान्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्दैन, बरु तिमीहरू जे बोल्छौ र गर्छौ, त्यसले तिमीहरूलाई अशुद्ध बनाउँछ।
  
16. जसको सुन्‍‌ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’
  
17. त्यसपछि भीडलाई छोडेर उहाँ एउटा घरभित्र पस्‍‌नुभयो। उहाँले के भन्‍‌न खोज्‍‌नुभएको हो भनी चेलाहरूले उहाँलाई सोधे।
  
18. उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के तिमीहरू अझै पनि बुझ्दैनौ? तिमीहरू जे खान्छौ, त्यसले अशुद्ध पार्दैन भन्‍‌ने कुरा के तिमीहरू बुझ्दैनौ?
  
19. हाम्रो हृदयसँग खानेकुराको कुनै सम्बन्ध हुँदैन, त्यो त हाम्रो पेटमा पस्दछ र बाहिर निस्किहाल्छ।’’(त्यसो भनेर उहाँले सबै प्रकारको खानेकुरा ग्रहणीय हुन्छ भनी देखाउनुभयो।)
  
20. उहाँले अझै भन्‍‌नुभयो, ‘‘विचारले तिमीहरूलाई अशुद्ध पार्दछ,
  
21. किनभने मानिसको हृदयभित्रबाट नै सबै प्रकारका दुष्ट विचारहरू, अनैतिकता, चोरी, हत्या,
  
22. व्यभिचार, लोभ, दुष्टता, छल, खराब कुराको अभिलाषा, क्रोध, धोका, घमण्ड र मूर्खता आदि निस्किन्छन्।
  
23. हृदयभित्रबाट निस्किने यस्ता नराम्रा कुराले नै मानिसलाई अशुद्ध बनाउँछ र परमेश्वरमा ग्रहणीय हुन दिँदैन।’’
  
24. येशू गालीलबाट निस्केर टुरोसको उत्तरी इलाकामा जानुभयो। आफू त्यहाँ आएको कुरा नफैलियोस् भन्‍‌ने चाहना उहाँले गर्नुभयो, तर त्यसो हुन सकेन, सधैँझैँ उहाँ त्यहाँ आइपुग्‍‌नुभएको खबर तुरुन्तै फैलिहाल्यो।
  
25. त्यसैबेला एउटी स्त्री उहाँको नजिकै आइन्, उनकी सानी छोरीलाई दुष्टात्माले सताएको थियो। उनले येशूको विषयमा सुनेकी थिइन्, त्यसैले उनी त्यहाँ आएर येशूकोपाउमा परिन्।
  
26. उनले आफ्‍‌नी सानी छोरीलाई दुष्टात्माको नियन्त्रणबाट छुटकारा दिलाउनुहोस् भनी येशूसँग विन्ती गरिन् । उनी यहूदी थिइनन्, उनी सिरियाको फोनिकेमा जन्मिएकी अयहूदी स्त्री थिइन्।
  
27. येशूले भन्‍‌नुभयो,‘‘मैले सबभन्दा पहिले मेरो आफ्‍‌नै जाति, यहूदीहरूलाई सहायता गर्नुपर्छ। छोराछोरीहरूको खानेकुरा कुकुरको अगाडि फ्याँक्‍‌नु ठीक हुँदैन।’’
  
28. उनले भनिन्, ‘‘ठीक हो प्रभु, तर टेबुलमुनि बस्‍‌ने कुकुरलाई पनि छोराछोरीका थालबाट झरेका टुक्राटाक्रीहरू दिइन्छ नि।’’
  
29. येशूले भन्‍‌नुभयो, ‘‘राम्रो जवाफ दियौ। यो जवाफ दिएको कारण तिमी जाऊ; तिम्रो छोरीबाट भूतात्मा निस्किसकेको छ।’’
  
30. उनी जब घरमा पुगिन्, उनकी छोरी शान्त भई सुतिरहेकी भेट्टाइन्, भूतात्माले तिनलाई छाडिसकेको थियो।
  
31. येशू टुरोसबाट सीदोन हुँदै तल गालीलको समुद्र र डेकापोलिसका क्षेत्रहरूमा जानुभयो।
  
32. त्यहाँ एउटा बहिरो र भकभकेलाई उहाँकहाँ ल्याइयो। मानिसहरूले त्यसको शिरमा हात राखेर त्यसलाई निको पारिदिनुहोस् भनी उहाँसँग विन्ती गरे।
  
33. येशूले त्यसलाई भीडबाट केही पर एकान्तमा लैजानुभयो। उहाँले त्यसका कानमा औँला हाल्‍‌नुभयो र आफ्‍‌नै औँलामा थुक लगाएर त्यसको जिब्रो पनि छुनुभयो।
  
34. अनि स्वर्गतिर फर्किएर उहाँले लामो सास लिँदै आज्ञा गर्नुभयो, ‘‘खोलिजा।’’
  
35. तत्कालै त्यो मानिस राम्ररी सुन्‍‌न र बोल्‍‌नसक्‍‌ने भयो।
  
36. येशूले त्यस घटनाको विषयमा ‘‘कसैलाई नभन्‍‌नू’’ भनी आज्ञा दिनुभयो तर तिनीहरूले त्यो अझै बढ्ता फैलाउँदै गए।
  
37. किनभने तिनीहरू आश्चर्यले चकित भएका थिए। तिनीहरूले भने, ‘‘उहाँले हरेक कुरा अचम्म प्रकारले गर्नुहुन्छ, बहिरा र लाटाहरूलाई समेत उहाँले निको पार्नुहुन्छ।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES