Bible Study: FrontPage




 

मत्ती, Chapter 12

Bible Study - मत्ती 12 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसबेला येशू विश्राम-दिनमा गहुँको खेत बीचबाट हिँड्दै हुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए, त्यसकारण तिनीहरूले गहुँका बाला चुँडेर माड्दै खान थाले।
  
2. तिनीहरूले यसरी खाएको केही फरिसीहरूले देखे र त्यसको विरोध गर्दै भने, ‘‘तपाईंका चेलाहरूले त्यसो गर्नु हुँदैनथ्यो। विश्राम-दिनमा यसरी बाली चुँडेर खानु मोशाको व्यवस्था विपरीत हुन्छ।’’
  
3. तर येशूले उनीहरूलाई भन्‍‌नुभयो, ‘‘राजा दाऊद र उनका साथीहरू भोकाउँदा उनीहरूले के गरेका थिए? के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ?
  
4. उनी कसरी परमेश्वरको मन्दिरमा गए र पूजाहारीहरूको निम्ति मात्रै भनेर छुट्ट‍याइएको रोटी उनीहरूले खाए। त्यो पनि त व्यवस्था विपरीत काम थियो नि।
  
5. मन्दिरमा खटिएको पूजाहारीले विश्राम-दिनमा पनि काम गर्नुपर्छ भन्‍‌ने कुरा के तिमीहरूले मोशाको व्यवस्थामा कहिले पढेका छैनौ ?
  
6. म तिमीहरूलाई भन्दछु, यहाँ एक जना छन्, जो मन्दिरभन्दा पनि महान् छन्।
  
7. तर ‘म तिमीहरूको बलिदान होइन, करुणा चाहन्छु’ भन्‍‌ने धर्मशास्त्रको वचनको अर्थ बुझेका भए तिमीहरूले निर्दोष व्यक्तिलाई दोष्याउने थिएनौ,
  
8. किनभने म, मानिसको पुत्र, विश्राम-दिनको पनि प्रभु हुँ।’’
  
9. त्यसपछि उहाँ सभाघरमा जानुभयो,
  
10. जहाँ उहाँले हात सुकेको एउटा मानिस छ भन्‍‌ने कुरा थाहा पाउनुभयो। फरिसीहरूले येशूलाई सोधे, ‘‘के विश्राम-दिनमा निको पार्नु उचित हो?’’ (उहाँमाथि दोष लगाउने अभिप्रायले तिनीहरूले यो प्रश्‍‌न गरेका थिए।)
  
11. उहाँले जवाफ दिनुभयो, ‘‘यदि तिमीहरूसँग एउटै मात्र भेडा भए र विश्रामकै दिनमा त्यो खाल्डोमा परेको भए के तिमी त्यसलाई निकाल्‍‌ने थिएनौ र?
  
12. एउटा भेडाभन्दा मानिस कति बढ्ता मूल्यको हुन्छ ! त्यसकारण विश्राम-दिनमा असल काम गर्नु उचित हुन्छ।’’
  
13. त्यसपछि उहाँले हात सुकेको त्यस मानिसलाई भन्‍‌नुभयो,‘‘तिम्रो हात पसार।’’ उसले हात पसार्‍यो र त्यो अर्कोजस्तै ठीक भइहाल्यो।
  
14. तब फरिसीहरूले एउटा बैठक बोलाए र येशूलाई मार्ने योजनाबारे छलफल गरे।
  
15. तर येशूले, तिनीहरूले के योजना बनाउँदैछन् भन्‍‌ने कुरा चाल पाउनुभयो। उहाँले त्यो ठाउँ छोड्‍‌नुभयो र धेरै जनाले उहाँलाई पछ‍याए। उहाँले तिनीहरूमध्येका बिमारीहरूलाई निको पार्नुभयो,
  
16. तर उहाँले तिनीहरूलाई ‘उहाँ को हुनुहुन्छ’ भन्‍‌ने कुरा कसैलाई नभन्‍‌नू भनी सावधान गराउनुभयो।
  
17. यसरी यशैयाले उहाँको विषयमा गरेको अगमवाणी पूरा भयो :
  
18. ‘‘मैले चुनेको मेरो दासलाई हेर, उनी मेरा प्रिय हुन्, म उनीसित ज्यादै प्रसन्‍‌न छु। म मेरो आत्मा उनीमाथि राखिदिनेछु। उनले जाति-जातिहरूमाथि न्यायको घोषणा गर्नेछन्।
  
19. उनले झगडा गर्नेछैनन्, न त हल्ला गर्नेछन्, उनले सबैले सुन्‍‌नेगरी आफ्‍‌नो आवाज उठाउनेछैनन्।
  
20. उनले आफ्‍‌नो अन्तिम विजयको साथमा पूर्ण न्याय नल्याएसम्म कमजोरहरूलाई मिच्‍‌नेछैनन्, न त क्षीण आशा भएकालाई निभाउनेछन्।
  
21. उनको नाउँ संसारको आशा हुनेछ।’’
  
22. एउटा भूत लागेको मानिसलाई येशूकहाँ ल्याइयो, त्यो अन्धो र लाटो थियो। उहाँले त्यसलाई निको पार्नुभयो, ऊ देख्‍‌न र बोल्‍‌नसक्‍‌ने भयो।
  
23. भीड त्यो देखेर छक्कै पर्‍यो,‘‘के येशू दाऊदको पुत्र, मसीह हुनुहुन्छ?’’ तिनीहरूले आश्चर्य प्रकट गरे।
  
24. तर त्यस आश्चर्यकर्मको बारेमा सुनेपछि फरिसीहरूले भने,‘‘उसले भूतहरू निकालेकोमा अचम्म मान्‍‌नु पर्दैन। उसले भूतहरूको मालिक शैतानबाट शक्ति पाउँछ।’’
  
25. येशूले तिनीहरूको विचार बुझेर जवाफ दिनुभयो, ‘‘आपसमा लडाइँ गर्ने राज्य विनाश हुन्छ, आफैभित्र विभाजित शहर वा घर विनाश हुन्छ।
  
26. यदि शैतानले शैतानलाई नै धपाउँछ भने त ऊ आफ्‍‌नै विरोधमा खडा भएको हुन्छ र यस्तो भयो भने उसको राज्य टिक्‍‌नेछैन।
  
27. यदि मैले भूतहरूको मालिकबाट शक्ति पाएको छु भने तिमीहरूका अनुयायीहरूले कसबाट पाएका छन्? तिनीहरूले पनि त भूतात्माहरू निकाल्छन् ! यसकारण तिनीहरूले त्यसैद्वारा तिमीहरूको न्याय गर्नेछन्।
  
28. तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरूलाई निकाल्छु भने त परमेश्वरको राज्य तिमीहरूको बीचमा आएको छ।
  
29. म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। तिमीहरूले एउटा बलियो मानिसलाई नबाँधी उसको घरमा पस्‍‌न र लुट्‍‌न सक्दैनौ।
  
30. मलाई सहायता नगर्नेले मेरो विरोध गर्छ र मसँग काम नगर्नेले साँच्ची नै मेरो कामको विरोध गरिरहेको हुन्छ।
  
31. प्रत्येक पाप वा ईश्वर-निन्दा क्षमा हुनसक्छ तर पवित्र आत्माको विरोधमा गरिएको ईश्वर-निन्दा कदापि क्षमा हुनेछैन।
  
32. म, मानिसको पुत्रको विरुद्धमा ईश्वर-निन्दा गर्नेलाई क्षमा हुनसक्छ तर पवित्र आत्माको ईश्वर-निन्दा गर्नेले न त यस युगमा न आउने युगमा नै क्षमा पाउनेछ।
  
33. रूखलाई त्यसको फलद्वारा चिनिन्छ। पहिले रूखलाई असल बनाओ र त्यसको फल असल हुनेछ। यदि तिम्रो रूख खराब भयो भने त्यसको फल पनि खराब हुनेछ।
  
34. ए सर्पका सन्तान हो ! तिमीहरूजस्तो, दुष्टले कसरी असल र ठीक बोल्‍‌नसक्छौ? किनभने तिम्रो हृदयमा जे कुरा हुन्छ, त्यसैले तिम्रो बोलीलाई निर्धारण गर्छ।
  
35. एउटा असल व्यक्तिले आफ्‍‌नो असल हृदयबाट असलै कुरा बोल्छ र खराब व्यक्तिले आफ्‍‌नो खराब हृदयबाट दुष्ट कुरा नै निकाल्छ ।
  
36. म तिमीहरूलाई यो कुरा भन्दछु, तिमीहरूको मुखबाट निस्केका हरेक व्यर्थका शब्दहरूको लेखा न्यायको दिनमा तिमीहरूले दिनैपर्छ।
  
37. तिमीहरूले अहिले बोलेको वचनद्वारा त्यसबेला कि त तिमीहरू निर्दोष ठहरिनेछौ, कि त दोषी ठहरिनेछौ।’’
  
38. एक दिन धार्मिक व्यवस्थाका केही शिक्षकहरू र फरिसीहरूले येशूकहाँ आएर भने, ‘‘गुरुज्यू, तपाईं परमेश्वरबाटै आउनुभएको हो भने हामीलाई एउटा चिन्ह देखाउनुहोस्।’’
  
39. तर येशूले जवाफ दिनुभयो, ‘‘दुष्ट र व्यभिचारी पुस्ताले मात्र आश्चर्यका चिन्हहरूको खोजी गर्छ तर मैले यस पुस्तालाई दिने एउटै मात्र चिन्ह अगमवक्ता योनाको चिन्ह हो।
  
40. जसरी योना तीन दिन र तीन रात ठूलो माछाको पेटमा थिए, त्यसरी नै म, मानिसको पुत्र पनि तीन दिन र तीन रातसम्म पृथ्वीको गर्भमा बस्‍‌नेछु।
  
41. न्यायको दिनमा निनवेका मानिसहरू यस पुस्ताको विरुद्धमा खडा हुनेछन् र यसलाई धिक्कार्नेछन्, किनभने निनवेले त योनाको प्रचार सुनेर पश्चात्ताप गरेको थियो तर यहाँ योनाभन्दा पनि महान् एक जना छन् र तिमीहरूले उनको कुरा सुन्‍‌न इन्कार गर्‍यौ।
  
42. शेबाकी रानीले पनि न्यायको दिनमा खडा भएर यस पुस्तालाई धिक्कार्नेछिन्, किनभने तिनी सोलोमनको ज्ञानका कुरा सुन्‍‌नलाई टाढाबाट आइन् तर सोलोमनभन्दा महान् यहाँ एक जना छन् र तिमीहरूले उनको कुरा सुन्‍‌न इन्कार गर्‍यौ।
  
43. जब दुष्टात्माले कुनै मानिसलाई छोडेर जान्छ, तब त्यो उजाड-स्थानतिर भौंतारिन्छ, त्यसले अर्को ठाउँको खोजी गर्छ र भेट्टाएन भने
  
44. त्यसले यसो भन्छ, ‘म जुन व्यक्तिबाट निस्किआएको थिएँ, उसैकहाँ फर्किजानेछु।’ तब त्यो फर्किआउँदा उसको पहिलेको ठाउँ रित्तो, बढारिएको र सफा भेट्टाउँछ।
  
45. अनि त्यसले आफूभन्दा बढ्ता दुष्ट सातवटा आत्मालाई आफूसँग ल्याउँछ, ती सबैले त्यस मानिसमा पसेर बास गर्छन् र उसको अवस्था पहिलेकोभन्दा ज्यादै खराब हुन्छ। यस दुष्ट पुस्ताले पनि त्यस्तै अनुभव गर्नुपर्नेछ।’’
  
46. येशूले भीडसँग कुरा गरिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसँग कुरा गर्न बाहिर पर्खिरहेका थिए।
  
47. कसैले उहाँलाई भन्यो, ‘‘तपाईंकी आमा र भाइहरू बाहिर पर्खिरहेका छन् र उनीहरू तपाईंसँग कुराकानी गर्न चाहन्छन्।’’
  
48. येशूले सोध्‍‌नुभयो, ‘‘मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?’’
  
49. तब उहाँले आफ्‍‌ना चेलाहरूलाई आैंल्याउँदै भन्‍‌नुभयो, ‘‘मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्।
  
50. मेरा स्वर्गका पिताको इच्छा पालन गर्ने जोसुकै मेरा भाइ, बहिनी र आमा हुन्।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES