Bible Study: FrontPage




 

मत्ती, Chapter 15

Bible Study - मत्ती 15 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तब केही फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू यरूशलेमबाट आएर येशूसँग यसरी सोधे,
  
2. ‘‘तपाईंका चेलाहरू हाम्रो पुर्खाहरूको परम्परा किन पालन गर्दैनन्? खाना खानुभन्दा पहिले हात धुने हाम्रो चलनको समेत उनीहरू किन बेवास्ता गर्छन्?’’
  
3. येशूले जवाफ दिनुभयो, ‘‘अनि तिमीहरू नि ? आफ्‍‌नो परम्पराहरूको खातिर परमेश्वरका आज्ञाहरू किन उल्लङ्घन गर्छौ?
  
4. किनभने परमेश्वरले भन्‍‌नुभयो, ‘आफ्‍‌ना आमा-बुबाको आदर गर, आफ्‍‌ना आमा-बुबाको अनादर गर्ने कोही पनि मारियोस्।’
  
5. तर तिमीहरू भन्छौ,‘जसले आफ्‍‌ना आमा-बुबालाई दिनुपर्ने कुरा परमेश्वरलाई चढाउँछ, उसले तिनीहरूको आदर गरिरहनुपर्दैन।’
  
6. यसरी तिमीहरूका आफ्‍‌नै परम्पराद्वारा तिमीहरूले परमेश्वरको स्पष्ट आज्ञालाई बेकम्मा तुल्याएका छौ।
  
7. पाखण्डीहरू हो, यशैयाले तिमीहरूकै विषयमा यसो भन्दै अगमवाणी गरेका थिए :
  
8. ‘यी मानिसहरूले मुखले मात्रै मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ।
  
9. तिनीहरूको आराधना व्यर्थ छ, किनकि तिनीहरूले परमेश्वरको आज्ञाको सट्टामा मानिसले बनाएको रीति-विधिहरू स्थापना गरे’।’’
  
10. तब येशूले भीडतिर फर्किएर भन्‍‌नुभयो, ‘‘म के भन्दैछु, त्यो सुन र बुझ्‍‌ने कोशिश गर।
  
11. तिमीहरू जे खान्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्दैन, बरु तिमीहरू जे बोल्छौ वा गर्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्छ।’’
  
12. तब चेलाहरू उहाँकहाँ आए र सोधे,‘‘तपाईंले अहिले भन्‍‌नुभएको कुरा सुनेर फरिसीहरू चिढिएका बारेमा के तपाईंले थाहा पाउनुभयो?’’
  
13. येशूले जवाफ दिनुभयो,‘‘मेरा स्वर्गका पिताले नरोप्‍‌नुभएको हरेक बिरुवा उखेलिएको हुनेछ ।
  
14. तिनीहरूलाई छोडिदेओ, ती अन्धाहरूलाई डोर्‍याउने अन्धाहरू हुन्, यदि अन्धालाई अन्धाले नै डोर्‍याउँछ भने ती दुवै खाल्डामा पर्नेछन्।’’
  
15. पत्रुसले उहाँलाई भने,‘‘मानिसहरूले जे खान्छन्, त्यसले अशुद्ध तुल्याउँदैन भन्‍‌नुभएको दृष्टान्तको अर्थ बताइदिनुहोस्।’’
  
16. येशूले उनलाई सोध्‍‌नुभयो,‘‘के तिमी बुझ्दैनौ?
  
17. तिमीले जे खान्छौ त्यो तिम्रो पेटमा पस्दछ र शरीरबाट बाहिरिन्छ।
  
18. दुष्ट हृदयबाट दुष्ट कुरा बोल्‍‌ने मानिसले आफूलाई नै अशुद्ध पार्छ,
  
19. किनकि दुष्ट हृदयबाट नै सबै किसिमका खराब विचार, हत्या, व्यभिचार, यौन-अनैतिकता, चोरी, झूट, निन्दा आदि निस्केर आउँछन्।
  
20. यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ, हात नधोई खाँदा मानिस अशुद्ध हुने होइन, न त यसले परमेश्वरको सामु अस्वीकार्य बनाउँछ।’’
  
21. त्यसपछि येशू गालील छोडेर टुरोस र सीदोनको उत्तरी इलाकामा जानुभयो।
  
22. त्यहाँकी एउटी कनानी स्त्री उहाँलाई भेट्‍‌न आइन् र विन्ती गरिन्,‘‘हे प्रभु, दाऊदका पुत्र, ममाथि कृपा गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।’’
  
23. तर येशूले तिनको विन्तीलाई वास्तै गर्नुभएन, उहाँले केही जवाफ दिनुभएन। उहाँका चेलाहरू आएर उहाँलाई आग्रह गर्दै भने, ‘‘त्यसलाई जाऊ भनिदिनुहोस्। त्यसले कराएर हामीलाई दिक्क पारिरहेकी छे।’’
  
24. तब उहाँले तिनलाई भन्‍‌नुभयो, ‘‘म परमेश्वरका हराएका भेडा, इस्राएलका मानिसहरूलाई सहायता गर्न पठाइएको हुँ।’’
  
25. तर तिनले, उहाँकहाँ आएर उहाँलाई दण्डवत् गर्दै विन्ती गरिन्, ‘‘प्रभु, मलाई सहायता गर्नुहोस् !’’
  
26. उहाँले भन्‍‌नुभयो, ‘‘छोराछोरीहरूको खानेकुरा लिएर कुकुरहरूलाई दिनु ठीक हुँदैन।’’
  
27. तिनले जवाफ दिइन्, ‘‘हो, प्रभु, तर कुकुरहरूलाई पनि त मालिकको टेबुलबाट खसेका टुक्राटाक्री खान दिइन्छ नि।’’
  
28. येशूले भन्‍‌नुभयो,‘‘ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिम्रो माग पूरा भएको छ।’’ अनि त्यति नै बेला तिनकी छोरी निको भइहालिन्।
  
29. येशू गालीलतिरै फर्केर आउनुभयो। उहाँ एउटा डाँडामा उक्लेर त्यहाँ बस्‍‌नुभयो।
  
30. तब एउटा ठूलो भीडले उहाँको अगाडि लुला, लङ्गडा, अन्धा, गुँगा र अनेक किसिमका शारीरिक रोग भएकाहरूलाई ल्याएर राखिदिए। ती सबैलाई उहाँले निको पार्नुभयो।
  
31. त्यो देखेर सम्पूर्ण भीड नै आश्चर्यचकित भयो। बोल्‍‌न नसक्‍‌नेहरू बोल्‍‌नलागे, लङ्गडाहरू स्वस्थ भएर हिँड्‍‌नथाले, कुँजिएकाहरू निको भए, अन्धाहरू फेरि देख्‍‌नसक्‍‌ने भए र ती सबैले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
  
32. तब येशूले आफ्‍‌ना चेलाहरूलाई बोलाएर भन्‍‌नुभयो,‘‘यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। तीन दिन अघिदेखि यिनीहरू यहाँ मसँगै छन्, र यिनीहरूसँग केही पनि खानेकुरा छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍‌नँ, नभए त यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन्।’’
  
33. चेलाहरूले जवाफ दिए,‘‘यस उजाड-स्थानमा यत्तिका मानिसहरूलाई पुग्‍‌ने खानेकुरा कहाँ पाउने?’’
  
34. येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरूसँग कति वटा रोटी छन्?’’ तिनीहरूले भने, ‘‘सातवटा र थोरै माछाहरू।’’
  
35. तब येशूले ती सबै मानिसहरूलाई भुइँमा बस्‍‌न लगाउनुभयो।
  
36. उहाँले ती सातवटा रोटी र माछा हातमा लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाउनुभएपछि भाँच्‍‌नुभयो र सबै जनालाई बाँड्‍‌नको निम्ति चेलाहरूलाई दिनुभयो, जसले ती बाँडे।
  
37. तिनीहरू सबैले अघाउन्जेल खाए र चेलाहरूले उब्रेका टुक्राटाक्री बटुल्दा सातवटा ठूल्ठूला डाला भरिए।
  
38. यसरी खानेहरूमा स्त्री र केटाकेटीहरूको सङ्ख्याबाहेक जम्मा चार हजारजति पुरुषहरू मात्र थिए।
  
39. त्यसपछि येशूले ती मानिसहरूलाई आ-आफ्‍‌नो घर पठाउनुभयो र आफू डुङ्गामा चढेर मगादानको इलाकातिर जानुभयो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES