Bible Study: FrontPage




 

मत्ती, Chapter 19

Bible Study - मत्ती 19 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यति भनिसक्‍‌नुभएपछि येशू गालील छोडेर यहूदियाको दक्षिणी इलाका र यर्दन नदीको पूर्वी किनारतिर जानुभयो।
  
2. त्यहाँ पनि धेरै ठूलो भीड उहाँको पछि लाग्यो। उहाँले तिनीहरूका रोग-बिमारलाई निको पार्नुभयो।
  
3. केही फरिसीहरू उहाँकहाँ आए र यस्तो प्रश्‍‌न सोधेर उहाँलाई फ साउन खोजे, ‘‘के एउटा मानिसले जुनसुकै कारण देखाएर आफ्‍‌नी पत्‍‌नीलाई पारपाचुके दिनसक्छ?’’
  
4. येशूले जवाफ दिनुभयो, ‘‘के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ? त्यहाँ शुरुदेखि नै यस्तो उल्लेख भएको छ, ‘परमेश्वरले नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो’
  
5. र उहाँले भन्‍‌नुभयो,‘त्यसैकारण मानिसले आफ्‍‌ना आमा-बुबालाई छोड्दछ र आफ्‍‌नी पत्‍‌नीसँगै मिलिरहन्छ। ती दुवै एउटै शरीर हुन्छन्।
  
6. त्यसैकारण ती दुवै अब दुई होइनन् एक हुन्। तसर्थ परमेश्वरले जसलाई एक बनाउनुभएको छ, त्यसलाई मानिसले नछुट्ट‍याओस्।’’
  
7. तिनीहरूले फेरि सोधे, ‘‘तब मोशाले किन मानिसले एउटा छोडपत्र लेखेर आफ्‍‌नी पत्‍‌नीलाई त्याग्‍‌नसक्छ’ भनी लेखिदिए त?’’
  
8. उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूको कठोर हृदयको दुष्टताले गर्दा मोशाले त्यस्तो अनुमति दिनुपरेको थियो। तर परमेश्वरले शुरुदेखि नै चाहनुभएको कुरा त्यो थिएन।
  
9. म तिमीहरूलाई भन्दछु, यदि कसैले व्यभिचारको कारणबाहेक अरु कुनै कारणले आफ्‍‌नी पत्‍‌नीलाई पारपाचुके गरी अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले व्यभिचार गर्छ। ’’
  
10. त्यसपछि येशूका चेलाहरूले उहाँलाई भने, ‘‘त्यसो भए त विवाह नगर्नु नै ठीक हुन्छ।’’
  
11. येशूले भन्‍‌नुभयो, ‘‘हरेकले यो कुरा स्वीकार गर्न सक्दैन, परमेश्वरले जसलाई सहायता गर्नुहुन्छ, तिनीहरूले मात्रै यो कुरा स्वीकार गर्न सक्छन्।
  
12. कोही जन्मैका नपुंसक हुन्छन्, कोही पछि नपुंसक बनाइएका हुन्छन्, अनि कोही परमेश्वरको राज्यको खातिर विवाह नगरी बस्‍‌ने निश्चय गर्छन्। जसले सक्छ, उसले यो कुरा स्वीकार गरोस्।’’
  
13. येशूले हात राखेर प्रार्थना गरिदेऊन् भनी केही बालबालिकाहरूलाई उहाँकहाँ ल्याइयो तर चेलाहरूले उनीहरूलाई हप्काए।
  
14. तर येशूले भन्‍‌नुभयो, ‘‘बालबालिकाहरूलाई मकहाँ आउन देओ, उनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो।’’
  
15. तब त्यो ठाउँबाट हिँड्‍‌नुभन्दा अघि उहाँले तिनीहरूका शिरमा हात राखेर आशिष् दिनुभयो।
  
16. एक जना मानिसले उहाँकहाँ आएर भन्यो, ‘‘गुरुज्यू, अनन्त जीवन पाउनका लागि मैले के असल काम गर्नुपर्छ?’’
  
17. येशूले जवाफ दिनुभयो, ‘‘तिमी मसँग किन असल कामको विषयमा सोध्छौ? परमेश्वर मात्रै असल हुनुहुन्छ। यदि तिमीले आज्ञाहरू पालन गर्‍यौ भने अनन्त जीवन पाउन सक्छौ।’’
  
18. त्यसले सोध्यो, ‘‘कुन चाहिँ आज्ञा?’’ येशूले जवाफ दिनुभयो, ‘‘हत्या नगर, व्यभिचार नगर, नचोर, झूटो साक्षी नदेओ,
  
19. आफ्‍‌ना आमा-बुबालाई आदर गर र छिमेकीलाई आफूलाई जस्तै गरी प्रेम गर।’’
  
20. त्यसले जवाफ दिँदै भन्यो,‘‘यी आज्ञाहरू त मैले शुरुदेखि नै पालन गर्दै आएको छु। यसभन्दा बाहेक मैले अरु के गर्नुपर्छ?’’
  
21. येशूले त्यसलाई भन्‍‌नुभयो,‘‘यदि तिमी सिद्ध हुन चाहन्छौ भने जाऊ र आफूसँग भएका सबै थोक बेच, त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदेऊ र स्वर्गमा तिम्रो धन हुनेछ। त्यसपछि आएर मेरोपछि लाग।’’
  
22. तर जब त्यस व्यक्तिले उहाँको कुरा सुन्यो तब ऊ दु:खी भएर त्यहाँबाट गइहाल्यो, किनकि ऊ धेरै धनी थियो।
  
23. तब येशूले आफ्‍‌ना चेलाहरूलाई यसो भन्‍‌नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै गाह्रो हुन्छ।
  
24. म फेरि पनि भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ।’’
  
25. चेलाहरूले छक्क पर्दै सोधे, ‘‘त्यसो भए यस संसारमा कसले उद्धार पाउनसक्छ त?’’
  
26. येशूले छक्क पर्दै तिनीहरूलाई हेर्नुभयो र भन्‍‌नुभयो, ‘‘मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।’’
  
27. तब पत्रुसले उहाँलाई भने, ‘‘हामीले तपाईंलाई पछ‍याउन आफ्‍‌ना सबै थोक त्यागेका छौं। यसबाट हामीलाई के फाइदा हुनेछ?’’
  
28. येशूले जवाफ दिनुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म, मानिसको पुत्र जब नयाँ सृष्टिमा मेरो महिमाको सिंहासनमा बस्‍‌नेछु, तब तिमी, मलाई पछ‍याउनेहरू पनि इस्राएलका बाह्र कुलको न्याय गर्न बाह्रवटा सिंहासनमा बस्‍‌नेछौ।
  
29. जसले मेरो खातिर आफ्‍‌ना घर, दाजु-भाइ, दिदी-बहिनी, आमा-बुबा, स्वास्‍‌नी, छोराछोरीहरू कि आफ्‍‌नो धनसम्पत्ति त्याग्दछ, उसले त्यसको बदलामा सय गुणाका साथै अनन्त जीवन पाउनेछ।
  
30. तर धेरै जना, जो पहिला छन्, पछिल्ला हुनेछन् र पछिल्लाहरू पहिला हुनेछन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES