Bible Study: FrontPage




 

मत्ती, Chapter 22

Bible Study - मत्ती 22 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. राज्यको बारेमा येशूले थुप्रै दृष्टान्तहरू सुनाउनुभयो। उहाँले भन्‍‌नुभयो,
  
2. ‘‘स्वर्गको राज्यलाई एक जना राजासँग दाँज्‍‌न सकिन्छ, जसले आफ्‍‌नो छोराको निम्ति विशाल विवाह-भोजको तयार गरे।
  
3. धेरै पाहुनाहरू निम्त्याइए र जब भोजन तयार भयो, उनले आफ्‍‌ना दासहरूलाई पठाएर सबैलाई भोजमा सामेल हुनू भनी सूचना दिए। तर निम्त्याइएका सबैले भोजमा आउन अस्वीकार गरे।
  
4. यसकारण उनले अरु दासहरूलाई पनि पठाएर भोजमा बोलाए,‘भोजन तयार भएको छ, थरीथरी मासुका परिकारहरू तयार छन्। चाँडै आउनुहोस्।’
  
5. तर राजाले निम्तो दिएका पाहुनाहरूले भोजमा आउन अस्वीकार गरे, बरु तिनीहरू आ-आफ्‍‌नै काम-व्यापारतिर लागे, कोही खेततिर र कोही बजारतिर।
  
6. कतिले त राजाको खबर लिएर आउनेहरूलाई अपमान गरे र तिनीहरूलाई मारे।
  
7. तब राजा निकै क्रोधित भए। उनले ती हत्याराहरूलाई मार्न र तिनीहरूका शहर ध्वस्त पार्न आफ्‍‌ना सेना पठाए।
  
8. उनले आफ्‍‌नो दासहरूलाई भने, ‘विवाहको भोज तयार छ, मैले निम्त्याएका पाहुनाहरू आदरका योग्य भएनन्।
  
9. अब सडकका चोक र गल्लीहरूमा जाओ र भेटेका जति सबैलाई बोलाओ।’
  
10. राजाका दासहरूले भेटेका जति असल र खराब सबै मानिसहरूलाई भोजमा लिएर आए। यसरी भोजको घर पाहुनाहरूले भरियो।
  
11. तर राजा जब ती पाहुनाहरूलाई भेट्‍‌न आए, तब त्यहाँ विवाहको पोशाक नलगाएको एक जना पाहुनालाई उनले देखे ।
  
12. उनले भने,‘मित्र, तिमी विवाहको पोशाक नलगाई कसरी यहाँ छौ?’ त्यसले केही जवाफ दिन सकेन।
  
13. तब राजाले आफ्‍‌ना सेवकहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर अन्धकारमा फालिदेओ, जहाँ सधैँभरि रुवाबासी र दाह्रा किटाइ भइरहन्छ।’
  
14. किनभने बोलाइएका धेरै हुन्छन् तर चुनिएका थोरै हुन्छन्।’’
  
15. त्यसपछि फरिसीहरू येशूलाई उहाँकै कुरामा कसरी फसाउन सकिन्छ भनी सल्लाह गर्न भेला भए ।
  
16. तिनीहरूले आफ्‍‌ना चेलाहरूमध्ये कोहीलाई हेरोदका समर्थकहरूको साथमा पठाएर यस्तो प्रश्‍‌न सोध्‍‌न लगाए : ‘‘गुरुज्यू, तपाईं कति इमानदार हुनुहुन्छ भन्‍‌ने कुरा हामी जान्दछौं। तपाईं जस्तोसुकै परिणाम आइपरे पनि परमेश्वरको मार्गको बारेमा शिक्षा दिनुहुन्छ। तपाईं कसैको पक्षपात गर्नुहुन्‍‌न र कसैको समर्थन पनि खोज्‍‌नुहुन्‍‌न।
  
17. अब हामीलाई भन्‍‌नुहोस्, तपाईं यस विषयमा के सोच्‍‌नुहुन्छ: ‘‘सिजरलाई कर तिर्नु ठीक हो कि होइन?’’
  
18. तर येशूले तिनीहरूका दुष्ट अभिप्राय थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘पाखण्डी हो, तिमीहरूले यस्तो छलपूर्ण प्रश्‍‌न सोधेर कसलाई मूर्ख बनाउन खोजेका?
  
19. खोई ? कर तिर्ने सिक्का यहाँ ल्याओ।’’ जब तिनीहरूले एउटा सिक्का उहाँको हातमा राखिदिए,
  
20. तब उहाँले सोध्‍‌नुभयो, ‘‘यसमा कसको आकृति छापिएको छ ?’’
  
21. तिनीहरूले जवाफ दिए,‘‘सिजरको।’’ उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘त्यसो भए, जे सिजरको हो त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो उहाँलाई नै दिइनुपर्छ।’’
  
22. उहाँको जवाफले तिनीहरू चकित भए र उहाँलाई छोडेर त्यहाँबाट गइहाले।
  
23. त्यही दिन मृत्युपछि पुनरुत्थान हुँदैन भन्‍‌ने सदुकीहरूको एउटा समूह त्यहाँ आयो। तिनीहरूले गरेको प्रश्‍‌न यस्तो थियो :
  
24. ‘‘गुरुज्यू, मोशाले यसो भनेका छन्, ‘यदि कोही व्यक्ति छोराछोरी नजन्माई मर्‍यो भने उसको दाजु वा भाइले विधवालाई विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्।’
  
25. सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्‍यो र छोराछोरी नजन्माई मर्‍यो। त्यसकारण दाजुकी विधवालाई माहिलोले विवाह गर्‍यो।
  
26. ऊ पनि छोराछोरी नजन्माई मर्‍यो र विधवालाई साहिँलोले विवाह गर्‍यो।
  
27. त्यसैगरी सातै भाइले त्यस स्त्रीसँग विवाह गरे। अन्त्यमा सन्तान नजन्माई त्यो विधवा पनि मरी।
  
28. त्यसैले अब भन्‍‌नुहोस्, पुनरुत्थान हुँदा त्यो कसकी पत्‍‌नी हुनेछे? किनकि सातै भाइसँग त्यसको विवाह भएको थियो।’’
  
29. येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझ्‍‌नु नै तिमीहरूको समस्या हो। तिमीहरू भ्रममा परेका छौ,
  
30. किनभने पुनरुत्थानमा बिहेबारी हुनेछैन। सबै जना स्वर्गमा परमेश्वरका दूतहरूजस्ता हुनेछन्।
  
31. पुनरुत्थानको विषयमा के भनिएको छ, तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ? धेरै पहिले नै अब्राहाम, इसहाक र याकूब मरे, तापनि परमेश्वरले भन्‍‌नुभयो,
  
32. ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’ त्यसकारण उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ, मृतकहरूका होइन।’’
  
33. भीड उहाँको शिक्षा सुनेर खुबै प्रभावित भयो।
  
34. येशूले सदुकीहरूलाई चुप बनाइदिनुभयो भनेको सुनेर फरिसीहरू मतो गर्नलाई एकसाथ भेला भए।
  
35. तिनीहरूमध्ये व्यवस्थामा निकै पोख्त एक जनाले यसो भनेर उहाँलाई फसाउन खोज्यो :
  
36. ‘‘गुरुज्यू, मोशाको व्यवस्थामा सबैभन्दा महत्वपूर्ण आज्ञा कुन हो?’’
  
37. येशूले जवाफ दिनुभयो, ‘‘तैँले परमप्रभु तेरा परमेश्वरलाई ‘आफ्‍‌नो सारा हृदयले, सारा प्राणले र सारा मनले प्रेम गर्नू।’
  
38. यो नै पहिलो र सबैभन्दा महत्वपूर्ण आज्ञा हो।
  
39. अनि अर्को पनि उत्तिकै महत्वपूर्ण छ, ‘तैँले आफ्‍‌नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू।’
  
40. अरु सबै आज्ञाहरू र अगमवक्ताहरूले भनेका कुराहरू यिनै दुईटा आज्ञाहरूमा आधारित छन्।’’
  
41. तब फरिसीहरूद्वारा घेरिएकै बेलामा येशूले तिनीहरूलाई सोध्‍‌नुभयो:
  
42. ‘‘तिमीहरू मसीहको बारेमा के भन्छौ? उनी कसका पुत्र हुन्?’’ तिनीहरूले भने, ‘‘दाऊदका पुत्र।’’
  
43. येशूले जवाफ दिनुभयो, ‘‘त्यसो भए, दाऊदले पवित्र आत्माको प्रेरणामा, किन उनलाई ‘प्रभु’ भने त? किनभने दाऊदले यसो भनेका छन्:
  
44. परमप्रभुले मेरा प्रभुलाई भन्‍‌नुहुन्छ, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’
  
45. यदि दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्छन् भने उनी कसरी दाऊदका छोरा भए त?’’
  
46. कसैले पनि उहाँलाई जवाफ फर्काउन सकेन। त्यसपछि कसैले पनि उहाँलाई अरु प्रश्‍‌न सोध्‍‌ने आँट गरेन।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES