Bible Study: FrontPage




 

मत्ती, Chapter 23

Bible Study - मत्ती 23 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. तब येशूले भीड र आफ्‍‌ना चेलाहरूलाई यसो भन्‍‌नुभयो,
  
2. ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू जो मोशाको आसनमा बस्छन्, उनीहरू नै धर्मशास्त्रका आधिकारिक व्याख्याकारहरू हुन्।
  
3. त्यसकारण उनीहरूले जे सिकाउँछन्, सो पालना गर। तर उनीहरूको अनुकरण नगर, किनकि उनीहरू एउटा कुरा भन्छन् र अर्कै कुरा गर्छन्।
  
4. उनीहरूले धार्मिक रीति-विधिहरूको गह्रौं भारी मानिसहरूको काँधमा राखिदिन्छन् तर त्यसलाई हलुका पार्न उनीहरूले एउटा औँलाले समेत सहायता गर्दैनन्।
  
5. उनीहरूले सबै कुरा मानिसहरूलाई देखाउनको निम्ति मात्र गर्छन्। धर्मशास्त्रका पदहरूले भरिएका प्रार्थनाहरूको मुट्ठो उनीहरूका पाखुरामा बाँधिएको हुन्छ र उनीहरूका वस्त्रमा अनावश्यक लामा-लामा झुम्काहरू लगाउँछन्।
  
6. उनीहरू भोजमा मुख्य स्थानमा बस्‍‌न मन पराउँछन् र सभाघरमा पनि उनीहरू प्रमुख आसनहरू पाउन चाहन्छन् ।
  
7. उनीहरू बजारमा अरुले आदरपूर्वक अभिवादन गरून् भन्‍‌ने चाहन्छन् र मानिसहरूले ‘गुरुज्यू’ भनी सम्बोधन गरेको मन पराउँछन्।
  
8. तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस् किनकि तिमीहरूका एउटै मात्र ‘गुरु’ हुनुहुन्छ, किनभने तिमीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हौ।
  
9. यस पृथ्वीमा कसैलाई ‘पिता’ भनी सम्बोधन नगर, किनभने स्वर्गमा हुनुहुने परमेश्वर नै तिमीहरूका आत्मिक पिता हुनुहुन्छ।
  
10. कसैले तिमीहरूलाई ‘मालिक’ नभनोस्, किनभने मालिक एक मात्र छन् र उनी मसीह हुन्।
  
11. तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ, ऊ तिमीहरूको सेवक हुनेछ।
  
12. तर ज-जसले आफैलाई उचाल्छन् र ठूलो बनाउन खोज्छन् उनीहरू होच्याइनेछन्, ज-जसले आफैलाई होच्याउँछन् तिनीहरू उच्च पारिनेछन्।
  
13. धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू आफै स्वर्गमा पस्दैनौ र अरुहरूलाई पनि पस्‍‌न दिँदैनौ।
  
14. धिक्कार तिमीहरूलाई, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, कपटीहरू ! किनकि तिमीहरूले विधवाहरूको घर निलिहाल्दछौ र बहानाको लागि लामा-लामा प्रार्थना गर्दछौ, त्यसैकारण तिमीहरूले अझ ठूलो दण्ड पाउनेछौ।
  
15. धिक्कार धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू ! तिमीहरू एक जनालाई आफ्‍‌नो मतमा ल्याउन खोलानाला र जमीन चाहार्छौ र त्यसपछि त्यसलाई आफूजस्तै दोबर नरकको भागीदार बनाउँछौ।
  
16. धिक्कार अन्धा अगुवाहरू ! तिमीहरू भन्छौ, ‘परमेश्वरको मन्दिर छोएर शपथ खानु केही होइन, त्यो शपथ भङ्ग गर्न सकिन्छ तर मन्दिरको सुन छोएर शपथ खाने व्यक्ति त्यस शपथद्वारा बाँधिन्छ ।’
  
17. तिमी अन्धा मूर्खहरू हो, कुन ठूलो हो? सुन कि सुनलाई पवित्र तुल्याउने मन्दिर?
  
18. अनि तिमीहरू भन्छौ, ‘वेदीलाई छोएर खाएको शपथ भङ्ग गर्नुहुन्छ तर त्यसमा राखिएको भेटीलाई छोएर शपथ खाने व्यक्ति त्यस शपथद्वारा बाँधिनेछ।’
  
19. अन्धाहरू हो, भेटी ठूलो हो कि त्यसलाई पवित्र तुल्याउने वेदी?
  
20. वेदीलाई छोएर शपथ खानेले वेदी र त्यसमा राखिएका सबै थोकको शपथ खान्छ।
  
21. त्यसैगरी मन्दिरको शपथ खानेले मन्दिर र त्यसमा वास गर्नुहुने परमेश्वरको शपथ खान्छ।
  
22. तिमीहरूले स्वर्गको शपथ खायौ भने परमेश्वरको सिंहासन र त्यसमा विराजमान हुनुहुने परमेश्वरकै नाउँमा शपथ खाएका हुन्छौ।
  
23. धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू पुदिना, सूँप र जीराका दशांश दिन होशियार रहन्छौ, तर न्याय, कृपा र विश्वासजस्ता व्यवस्थाका महत्वपूर्ण कुराको भने बेवास्ता गर्छौ।
  
24. अन्धा अगुवाहरू हो, तिमीहरू भुसुनालाई छानेर मिल्काउँछौ तर ऊँटलाई जानीबुझी निल्दछौ।
  
25. धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू आफ्‍‌ना कचौरा र थालको बाहिरपट्टि त राम्ररी माझ्दछौ तर भित्रपट्टि तिमीहरू लोभ र असंयमले भरिएर घिनलाग्दा छौ।
  
26. अन्धा फरिसीहरू हो, पहिले आफ्‍‌नो कचौराको भित्रपट्टि सफा गर र त्यो बाहिरपट्टि पनि सफा हुनेछ।
  
27. धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू सेतो चुनाले पोतिएका चिहानहरूजस्ता छौ, बाहिर हेर्दा तिमीहरू सुन्दर देखिन्छौ तर भित्र तिमीहरू मुर्दाका हाडहरू र सबै प्रकारका अशुद्धताले भरिएका छौ।
  
28. मानिसहरूका अगाडि तिमीहरू आफूलाई धर्मी देखाउने प्रयत्‍‌न गर्छौ तर तिमीहरूको हृदय कपट र व्यवस्थाहीन कुराले भरिएकोछ।
  
29. धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू पुर्खाहरूले हत्या गरेका अगमवक्ताहरूका चिहान बनाउँछौ, धर्मी मानिसहरूका स्मारकहरू सिँगार्छौ।
  
30. त्यसपछि भन्छौ, ‘हामी भएको भए कुनै हालतमा पनि अगमवक्ताहरूको हत्यामा सहमत हुने थिएनौं।’
  
31. यसो भनेर तिमीहरू आफै अगमवक्ताहरूका हत्याराका सन्तान हौं भनी पुष्टि गर्छौ।
  
32. आफ्‍‌ना पुर्खाहरूले थालेको काम पूरा गर।
  
33. हे साँपहरू, धूर्तका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कौला?
  
34. यसकारण म अझै तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू पठाउनेछु र तिमीहरूले तिनीहरूमध्ये कसैलाई क्रूसमा टाँगेर मार्नेछौ, कसैलाई सभाघरमा कोर्रा लगाउनेछौ र कसैलाई एक शहरदेखि अर्को शहरमा खेद्‍‌नेछौ ।
  
35. यसरी पृथ्वीमा बहाइएका धर्मीहरूको सबै रगत तिमीहरूमाथि आइपर्नेछ, धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले मन्दिर र वेदीका बीचमा मार्‍यौ।
  
36. साँच्चै, म तिमीहरूलाई भन्दछु, युगौंयुगदेखि थुपारिएको दण्ड यो पुस्ताको थाप्लोमा आइलाग्‍‌नेछ।
  
37. ए यरूशलेम, ए यरूशलेम, अगमवक्ताहरूलाई मार्ने र परमेश्वरबाट पठाइएका मानिसहरूलाई ढुङ्गाले हान्‍‌ने शहर ! मैले तँलाई कुखुराले चल्लाहरूलाई आफ्‍‌ना पखेटाले छोपेझैँ तेरो रक्षा गर्न खोजेँ तर तैँले मानिनस्।
  
38. हेर्, तेरा घरहरू अब रित्ता र उजाड पारिनेछन्।
  
39. किनभने म तिमीहरूलाई भन्दछु, ‘प्रभुको नाउँमा आउने धन्य हुन्’ नभनेसम्म तिमीहरूले मलाई फेरि कहिल्यै देख्‍‌नेछैनौ।’’


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES