Bible Study: FrontPage




 

मत्ती, Chapter 24

Bible Study - मत्ती 24 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशू मन्दिरबाट निस्केर हिँड्‍‌न लाग्‍‌नुहुँदा उहाँका चेलाहरूले उहाँलाई मन्दिरका भवनहरू देखाउन थाले।
  
2. तर उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘के तिमीहरू यी भवनहरूलाई देख्दछौ? साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै ध्वस्त पारिनेछन्, तिनका ढुङ्गाहरू एउटा अर्कोमाथि रहनेछैन।’’
  
3. त्यसपछि येशू त्यहाँबाट निस्किएर जैतुन डाँडामा बसिरहनुभएको बेला चेलाहरू आएर सुटुक्कै सोधे, ‘‘तपाईंले भन्‍‌नुभएका यी कुराहरू कहिले हुन आउनेछन्? तपाईंको आगमन र संसारको अन्त्यको सङ्केत गर्ने चिन्ह के हुनेछ?’’
  
4. येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘कसैले पनि तिमीहरूलाई बहकाउन नपाओस्,
  
5. किनभने, ‘म ख्रीष्ट हुँ’ भन्दै धेरै जना मेरो नाउँमा आउनेछन् र धेरैलाई भड्काउनेछन्।
  
6. तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्‍‌नेछौ तर नआत्तिओ। यी सबै कुरा हुनैपर्छ तर अन्त्य त्यत्ति नै बेला हुनेछैन।
  
7. जाति-जातिको विरुद्धमा र राज्य-राज्यको विरुद्धमा युद्ध चर्किनेछ। संसारमा जताततै अनिकाल, महामारी र भूकम्पहरू हुनेछन्।
  
8. तर यी सबै त अन्त्य आउनुभन्दा अघिका चिन्हहरू मात्रै हुन्।
  
9. तब तिमीहरू पक्राउ पर्नेछौ, सताइनेछौ र मारिनेछौ। तिमीहरू मेरो नाउँको खातिर जाति-जातिहरूबाट घृणित हुनेछौ।
  
10. तब धेरै जना विश्वासबाट भड्किएर जानेछन् अनि एउटाले अर्कोलाई घृणा गर्नेछन् र आपसमा विश्वासघात गर्नेछन्।
  
11. धेरै झूटा अगमवक्ताहरू देखा पर्नेछन् र धेरैलाई बहकाउनेछन्।
  
12. जताततै पाप र दुष्टता बढेर जानेछ र धेरैको प्रेम सेलाउनेछ।
  
13. तर अन्त्यसम्मै जो स्थिर रहन्छ, त्यो बचाइनेछ ।
  
14. सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति राज्यको सुसमाचार प्रचार गरिनेछ, त्यसपछि अन्त आउनेछ।
  
15. दानिएल अगमवक्ताले बोलेको कुरा पूरा हुने समय आउनेछ : पवित्र ठाउँमा दुष्ट र घृणित थोकलाई तिमीहरूले देख्‍‌नेछौ, यो पढ्‍‌नेले यस विषयमा ध्यान देओस्।
  
16. त्यसपछि यहूदियामा हुनेहरू पहाडतिर भागून्।
  
17. घरबाहिर हुनेहरू सरसामान झिक्‍‌न घरभित्र नपसून्।
  
18. खेतबारीमा हुनेहरू आफ्‍‌नो लुगा लिन घरमा नफर्कून्।
  
19. ती दिनहरूमा दूध चुसाउने आमाहरू र गर्भवतीहरूलाई हाय !
  
20. तिमीहरूको भगाइ हिउँदमा कि विश्राम-दिनमा नपरोस् भनी प्रार्थना गर,
  
21. किनभने संसारमा अहिलेसम्म कहिल्यै नदेखिएको र फेरि कहिल्यै नदेखिने महासङ्कष्ट आइपर्नेछ।
  
22. वास्तवमा, कष्टका ती दिनहरू नघटाइने हो भने कुनै पनि मानिसले त्यो सहन सक्दैन। तर परमेश्वरले चुन्‍‌नुभएकाहरूको खातिर त्यो कष्ट घटाइनेछ ।
  
23. त्यसबेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन् कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर, तिनीहरूका त्यस्ता कुरालाई वास्तै नगर,
  
24. किनभने परमेश्वरद्वारा चुनिएकाहरूलाई समेत बहकाउने गरी चिन्हहरू र अचम्मका कामहरू गर्ने झूटा मसीह र झूटा अगमवक्ताहरू देखा पर्नेछन्।
  
25. हेर, मैले तिमीहरूलाई चेताउनी दिएको छु।
  
26. यसकारण यदि कसैले तिमीहरूलाई ‘ख्रीष्ट उजाड-स्थानमा हुनुहुन्छ’ भन्यो भने त्यहाँ गएर ख्रीष्टलाई भेट्‍‌ने मन नगर अथवा ‘ख्रीष्ट भित्री कोठाहरूमा हुनुहुन्छ’ भनी कसैले तिमीहरूलाई भन्यो भने त्यस्तो कुरामा विश्वासै नगर।
  
27. जसरी आकाशमा बिजुली चम्कँदा चारैतिर देखिन्छ, मानिसको पुत्रको आगमन त्यसरी नै हुनेछ।
  
28. गिद्धहरूको भेलाले सिनो भएको सङ्केत गरेझैँ यी चिन्हहरूले अन्त्य नजीकै छ भन्‍‌ने सङ्केत गर्नेछ।
  
29. ती भयानक दिनहरूको लगत्तैपछि, सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले पनि चमक दिनेछैन। ताराहरू आकाशबाट झर्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।
  
30. तब मानिसको पुत्रको आगमनको चिन्ह आकाशमा देखा पर्नेछ। तब पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई बादलमा ठूलो महिमा र शक्तिसहित आइरहेका देख्‍‌नेछन्।
  
31. उनले आफ्‍‌ना स्वर्गदूतहरूलाई तुरहीको चर्को आवाजसहित पठाउनेछन् र तिनीहरूले पृथ्वी र स्वर्गको चारैतिरबाट उहाँका चुनिएकाजनलाई एकसाथ भेला गर्नेछन्।
  
32. नेभारोको रूखबाट एउटा कुरा सिक: जब त्यसका हाँगाहरू कोमल हुन्छन् र पालुवा हाल्छन्, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू आफै थाहा पाउँछौ।
  
33. त्यसैगरी मैले बताएका कुरा हुनआएको देखेपछि मानिसको पुत्रको आगमन नजीकै ढोकैमा छ भन्‍‌ने जान।
  
34. साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्‍‌नेछैन।
  
35. स्वर्ग र पृथ्वी टलेर जानेछन् तर मेरा यी वचन कहिल्यै टल्‍‌नेछैनन्।
  
36. तापनि त्यो दिन वा समय कहिले हो भनी कसैलाई थाहा छैन। स्वर्गका दूतहरूले पनि त्यो भन्‍‌न सक्दैनन्, न त पुत्र आफैले, तर पितालाई मात्र थाहा छ ।
  
37. मानिसको पुत्र जब फर्किआउनेछन्, त्यसबेला पहिले नोआको पालामा भएजस्तै हुनेछ।
  
38. त्यसबेला, जलप्रलय शुरु हुनुभन्दा अघि मानिसहरू खाँदै र पिउँदै आनन्द मनाइरहेका थिए। नोआ र तिनका परिवार जहाजभित्र पसुन्जेलसम्म नै बाँकी मानिसहरू विवाह-भोज आदिमा मस्त थिए।
  
39. जलप्रलय आएर नबगाएसम्म तिनीहरूले के हुन गइरहेको छ भनेर पत्तै पाएनन्। मानिसको पुत्र आउने बेलामा पनि त्यस्तै हुनेछ।
  
40. दुई जनासँगै खेतमा काम गरिरहेका हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।
  
41. दुई स्त्रीहरू जाँतोमा अन्‍‌न पिँधिरहेका हुनेछन्, एउटी लगिनेछे र अर्की छोडिनेछे।
  
42. त्यसकारण तिमीहरू होशियार बस, किनभने तिमीहरूका प्रभु कुन बेला आउनुहुन्छ सो तिमीहरू जान्दैनौ।
  
43. यो जानिराख: चोर कुन बेला आउँछ भन्‍‌ने थाहा पाएको भए घर-मालिक चनाखो भएर बस्‍‌ने थियो र उसले आफ्‍‌नो घर चोरिनबाट जोगाउने थियो।
  
44. तिमीहरू पनि हरपल तयार भएर बस, किनभने तिमीहरूले नसोचेको समयमा मानिसको पुत्र आउन सक्‍‌नेछन्।
  
45. विश्वसनीय र बुद्धिमान् दास को हो? जसलाई त्यसको मालिकले आफ्‍‌ना अरु नोकरहरू तथा आफ्‍‌नो परिवारको रेखदेख गर्ने र तिनीहरूलाई खुवाउने-पियाउने जिम्मेवारी दिनसक्छ।
  
46. मालिक फर्किंदा त्यसले जिम्मा लगाएको काम राम्ररी गरिरहेको भेट्टायो भने उसले त्यसलाई इनाम दिन्छ।
  
47. साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्‍‌ना सबै सम्पत्तिको जिम्मेवार व्यक्ति बनाउनेछ।
  
48. तर त्यो नोकर दुष्ट छ र ‘मेरा मालिक अहिल्यै फर्किहाल्‍‌नुहुन्‍‌न’ भनी सोच्छ,
  
49. अनि अरु नोकरहरूलाई पिरोल्छ र आफू खानपिनमा मस्त भएर बस्छ भने
  
50. त्यसको मालिक त्यसले आशा नगरेको समयमा सूचना नदिई टुप्लुक्कै आइपुग्‍‌नेछ।
  
51. उसले त्यस नोकरलाई पाता कसेर दण्ड दिनेछ र पाखण्डीहरूसँगै निकालिदिनेछ। त्यस ठाउँमा रुवाबासी र दाह्रा किटाइ हुनेछ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES