Bible Study: FrontPage




 

मत्ती, Chapter 4

Bible Study - मत्ती 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसपछि शैतानबाट परीक्षा गरिनलाई येशू पवित्र आत्माद्वारा उजाड- स्थानमा लगिनुभयो।
  
2. उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसक्‍‌नुभएपछि धेरै भोकाउनुभयो।
  
3. परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गालाई रोटी होऊन् भनी आज्ञा गर्नुहोस्।’’
  
4. तर येशूले त्यसलाई जवाफ दिएर भन्‍‌नुभयो, ‘‘धर्मशास्त्रमा यसो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ’।’’
  
5. तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो र मन्दिरको गजुरमा खडा गरायो
  
6. र भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्‍‌नुहोस्, किनभने धर्मशास्त्रले भन्छ : ‘उहाँले आफ्‍‌ना स्वर्गदूतहरूलाई अह्राएर तपाईंको रक्षा गर्नुहुनेछ। तिनीहरूले तपाईंलाई हातहातै थाम्‍‌नेछन् र तपाईंका खुट्टा भुइँमा बजारिनेछैनन्’।’’
  
7. येशूले त्यसलाई जवाफ दिनुभयो, ‘‘धर्मशास्त्रले यसो पनि भनेको छ, ‘तैंले आफ्‍‌नो परमप्रभु परमेश्वरलाई परीक्षा नगर्नू’।’’
  
8. त्यसपछि, त्यसले उहाँलाई धेरै अग्लो पहाडको चुचुरोमा लग्यो अनि संसारका सबै राज्य र तिनका सारा वैभव देखायो,
  
9. र त्यसले भन्यो, ‘‘यदि तपाईंले घुँडा टेकेर मलाई दण्डवत् गर्नुभयो भने म तपाईंलाई यो सारा संसार नै दिनेछु।’’
  
10. येशूले त्यसलाई हप्काएर भन्‍‌नुभयो, ‘‘शैतान, तँ यहाँबाट गइहाल्, किनभने धर्मशास्त्रमा यसो लेखिएको छ, ‘तैंले परमप्रभु तेरा परमेश्वरको आराधना गर्नू र उहाँकै मात्र सेवा गर्नू’।’’
  
11. तब शैतानले उहाँलाई छोडेर गयो र स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।
  
12. जब येशूले यूहन्‍‌ना पक्राउ परेको कुरा सुन्‍‌नुभयो, उहाँ यहूदियाबाट निस्केर गालीलमा आउनुभयो।
  
13. तर नासरत जानुको सट्टा उहाँ कफर्नहुमतिर लाग्‍‌नुभयो । त्यो जबूलून र नप्तालीहरूको इलाका, गालीलको किनारमा पर्छ।
  
14. यसरी यशैया अगमवक्ताले भनेको कुरा पूरा भयो :
  
15. ‘‘जबूलून र नप्तालीहरूको मुलुक, समुद्रको छेउ, यर्दन नदीको पारिपट्टि गालीलमा, जहाँ असङ्ख्य अयहूदीहरू बस्छन्।
  
16. अन्धकारमा बस्‍‌ने ती मानिसहरूले महान् ज्योति देखेका छन्। मृत्युले छायाँ पारेको त्यस ठाउँका बासिन्दाहरूको निम्ति एउटा ज्योति उदाएको छ ।’’
  
17. त्यसैबेलादेखि येशूले प्रचार गर्न थाल्‍‌नुभयो र भन्‍‌नुभयो, ‘‘तिमीहरूका पापदेखि फर्केर परमेश्वरकहाँ आओ, किनभने स्वर्गको राज्य नजीकै छ।’’
  
18. एक दिन येशू गालीलसमुद्रको किनारमा हिँडिरहनुभएको थियो। उहाँले पत्रुस भनिने सिमोन र उसको दाजु अन्द्रियासलाई जाल हान्दैगरेको देख्‍‌नुभयो। तिनीहरूको पेशा नै माछा पक्रिने थियो ।
  
19. येशूले तिनीहरूलाई बोलाउनुभयो, ‘‘आओ, मलाई पछ‍याओ र म तिमीहरूलाई मानिसहरू पक्रने जालहारी बनाउँछु।’’
  
20. उनीहरूले त्यसै घडी आफ्‍‌ना जालहरू छोडेर उहाँको पछि लागे ।
  
21. त्यसको केही पर उहाँले अरु पनि दुई जना दाजुभाइ, याकूब र यूहन्‍‌नालाई समुद्र किनारमा देख्‍‌नुभयो। तिनीहरू एउटा डुङ्गामा बसिरहेका थिए र तिनीहरूका बुबा जब्दिया आफ्‍‌नो जाल तुन्दै थिए। उहाँले तिनीहरूलाई पनि बोलाउनुभयो।
  
22. तिनीहरूले तत्कालै डुङ्गा र आफ्‍‌नो बुबालाई छोडेर उहाँको पछि लागे।
  
23. येशू सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचार सबैतिर सुनाउँदै गालीलभरि घुम्‍‌नुभयो। उहाँले त्यहाँ विभिन्‍‌न प्रकारका रोग-बिमारले ग्रस्त भएका मानिसहरूलाई निको पार्नुभयो।
  
24. उहाँको कीर्ति गालीलबाहिर पनि फैलियो । त्यसकारण सिरियासम्मका थुप्रै रोगी-बिमारीहरू उहाँकहाँ आउनलागे। तिनीहरूसँग जस्तोसुकै रोग-कष्ट भए पनि उहाँले निको पार्नुभयो। भूत लागेका, छारेरोग लागेका र पक्षाघात भई थला परेकाहरू सबैलाई उहाँले निको पार्नुभयो।
  
25. अनि उहाँलाई गालील, डेकापोलिस, यरूशलेम, सारा यहूदिया र यर्दनपूर्वका मानिसहरूको ठूलो भीडले पछ‍यायो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES