Bible Study: FrontPage




 

मत्ती, Chapter 5

Bible Study - मत्ती 5 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. एक दिन ठूलो भीड भेला हुँदै गर्दा उहाँ आफ्‍‌ना चेलाहरूसँग डाँडामा उक्लनुभयो र अग्लो ठाउँमा बसेर सिकाउन लाग्‍‌नुभयो।
  
2. उहाँले यसरी शिक्षा दिनुभयो :
  
3. ‘‘मलाई ‘परमेश्वरको खाँचो छ’ भन्‍‌ने व्यक्तिहरू धन्यका हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
  
4. शोक गर्नेहरू धन्यका हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
  
5. सोझा र नम्रहरू धन्यका हुन्, किनभने सम्पूर्ण पृथ्वी नै तिनीहरूलाई दिइनेछ।
  
6. धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू धन्यका हुन्, किनभने तिनीहरू सन्तुष्ट हुनेछन्।
  
7. कृपा देखाउनेहरू धन्यका हुन्, किनभने तिनीहरूले कृपा पाउनेछन्।
  
8. शुद्ध हृदय हुनेहरू धन्यका हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्‍‌नेछन्।
  
9. मेलमिलाप गराउनेहरू धन्यका हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
  
10. परमेश्वरको निम्ति जिएको कारण सताइनेहरू धन्यका हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
  
11. धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरोनिम्ति तिमीहरूलाई सताउनेछन्, गिल्ला गर्नेछन् र झूटा आरोप लगाएर दु:ख दिनेछन्।
  
12. तब रमाओ ! खुशी होओ ! किनभने तिमीहरूको निम्ति स्वर्गमा ठूलो इनाम राखिएको छ। याद राख, पहिले-पहिलेका अगमवक्ताहरू पनि त्यसरी नै सताइएका थिए।
  
13. तिमीहरू पृथ्वीका नून हौ। तर नूनको स्वाद हरायो भने त्यसको के काम? के तिमीहरू त्यसलाई फेरि उपयोगी बनाउन सक्छौ? त्यसलाई बाहिर मिल्काउन र खुट्टाले कुल्चनबाहेक अरु केही कामको हुँदैन।
  
14. सबैले देख्‍‌नसक्‍‌ने गरी डाँडामा स्थापित गरिएको शहरजस्तै तिमीहरू संसारका ज्योति हौ।
  
15. तिम्रो बत्ती डालोमुनि नलुकाऊ। बरु त्यसलाई पानसमा राख र सबैका लागि उज्यालो होस्।
  
16. त्यसरी नै सबैले तिम्रो असल काम देखून् र स्वर्गमा हुनुहुने तिम्रा पिताको प्रशंसा गरून्।
  
17. ‘म किन आएको हुँ’ भन्‍‌ने विषयमा तिमीहरू भ्रममा नपर । म मोशाको व्यवस्था वा अगमवक्ताहरूका कुरा रद्द गर्न आएको होइन, बरु म ती सबै कुरा पूरा गर्नर् आएको हुँ।
  
18. किनकि म तिमीहरूलाई साँचो भन्दछु, स्वर्ग र पृथ्वी नटलेसम्म अनि परमेश्वरको व्यवस्थाको उद्देश्य पूरा नभएसम्म त्यसको एउटै पनि कुरा टलेर जानेछैन ।
  
19. त्यसकारण तिमीहरूले सानोभन्दा सानो आज्ञा पनि भङ्ग गर्‍यौ र अरुलाई पनि त्यसै गर्न सिकायौ भने स्वर्गको राज्यमा तिमीहरू सबैभन्दा तुच्छ गनिनेछौ। तर कसैले परमेश्वरको व्यवस्था पालन गर्दछ र अरुलाई पनि त्यसै गर्न सिकाउँछ भने स्वर्गको राज्यमा ऊ सबैभन्दा उच्च पारिनेछ।
  
20. तर म तिमीहरूलाई चेताउनी दिन्छु, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले भन्दा असल प्रकारले तिमीहरूले परमेश्वरको आज्ञापालन गरेनौ भने तिमीहरू स्वर्गको राज्यमा कुनै रीतिले पनि प्रवेश गर्नेछैनौ।
  
21. मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले हत्या नगर्नू। यदि तैँले हत्या गरिस् भने तँ दण्डको योग्य हुनेछस्।’
  
22. तर म भन्दछु, यदि तिमीहरू बिनाकारण कसैसित रिसायौ भने दण्डको योग्य हुनेछौ। यदि तिमीहरूले कसैलाई ‘मूर्ख’ भन्यौ भने तिमीहरू न्यायालयको सामुन्‍‌ने उभ्याइनेछौ र त्यसको जवाफदेही तिमीहरू आफै हुनेछौ। यदि तिमीहरूले कसैलाई सराप्यौ भने तिमीहरू नरकको आगोमा पर्ने जोखिममा हुनेछौ।
  
23. यसकारण यदि तिमीहरू मन्दिरमा वेदीको सामुन्‍‌ने परमेश्वरलाई आफ्‍‌नो भेटी चढाउनलाग्दा तिमीहरूलाई अकस्मात् कसैले तिम्रो विरोधमा केही गरेको सम्झना भयो भने
  
24. तिम्रो भेटी त्यहीँ राख र त्यस व्यक्तिसँग गएर मिलाप गरिहाल, त्यसपछि आएर परमेश्वरलाई तिम्रो भेटी चढाऊ।
  
25. ढीलो नगरी तिमीहरू बाटोमा छँदै वादीसँग मिलाप गरिहाल, नत्र त उसले तिमीहरूलाई अदालतमा पुर्‍याउला, अनि त्यहाँको अधिकारीको हातमा सुम्पिदेला र तिमीहरूलाई झ्यालखानमा थुनिदेला।
  
26. म तिमीहरूलाई भन्दछु, तिमीहरूले त्यसको एक-एक हिसाब चुक्ता नगरेसम्म मुक्त हुनेछैनौ।
  
27. मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले व्यभिचार नगर्नू’।
  
28. तर म भन्दछु, जोसुकैले कुनै स्त्रीलाई खराब दृष्टिले हेर्ला, उसले अघिबाटै आफ्‍‌नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।
  
29. त्यसकारण तिमीहरूको दाहिने आँखाले तिमीहरूलाई पाप गर्नतिर डोर्‍याउँछ भने त्यसलाई झिकेर फ्याँक। पूरै शरीर नरकमा जाकिनुभन्दा त बरु त्यसको एउटा अङ्ग गुमाउनु तिमीहरूको निम्ति लाभदायक हुन्छ।
  
30. यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर मिल्काऊ। पूरै शरीर नरकमा जाकिनुभन्दा त बरु त्यसको एउटा अङ्ग गुमाउनु तिमीहरूको निम्ति लाभदायक हुन्छ।
  
31. तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ, ‘एउटा लोग्‍‌नेले आफ्‍‌नी स्वास्‍‌नीलाई त्याग्‍‌न चाहेमा त्यागपत्र लेखेर पारपाचुके गर्नसक्छ।’
  
32. तर म भन्दछु, यदि कसैले आफ्‍‌नी स्वास्‍‌नीलाई व्यभिचारबाहेक अरु कुनै कारणले त्याग्दछ भने उसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, अनि जसले त्यागिएकी स्त्रीसँग विवाह गर्दछ, ऊ पनि व्यभिचारी ठहरिन्छ।
  
33. मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले आफ्‍‌नो भाकल नतोड्‍‌नू, तैँले परमप्रभुसित गरेको भाकल पूरा गर।’
  
34. तर म भन्दछु, शपथ खाँदै नखाओ। तिमीहरूले स्वर्गको नाउँमा शपथ नहाल, त्यो पवित्र शपथ हुन्छ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो।
  
35. पृथ्वीको नाउँमा पनि शपथ नहाल, त्यो पवित्र शपथ हुन्छ, किनभने पृथ्वी उहाँको पाउदान हो। त्यसरी नै यरूशलेमको नाउँमा पनि शपथ नहाल, किनभने यरूशलेम महान् राजाको शहर हो ।
  
36. आफ्‍‌नै शिरको शपथ नहाल, किनभने तिमीहरू आफ्‍‌नो शिरका एउटै रौंलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
  
37. बरु ‘हो’ लाई ‘हो’ र ‘होइन’ लाई ‘होइन’ मात्रै भन । तिमीहरूले सामान्यरूपमा बोलेको कुरा नै यथेष्ट हुन्छ। योभन्दा बढी दुष्टताबाट आउँछ।
  
38. तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ, ‘यदि कसैले तिम्रो एउटा आँखा फुटाइदियो भने त्यसको पनि एउटा आँखा फुटाइदिनू। यदि कसैले तिम्रो दाँत झारिदिएको छ भने त्यसको पनि दाँत झारिदिनू’।
  
39. तर म भन्दछु, दुष्ट व्यक्तिको प्रतिकार नै नगर। यदि कसैले तिम्रो दाहिने गालामा थप्पड लगाउँछ भने त्यसलाई देब्रे गाला पनि थापिदेऊ।
  
40. यदि कसैले तिम्रो दौरा लिन मुद्दा लगाउँछ भने त्यसलाई सुरुवाल र कोटसमेत देऊ।
  
41. यदि कसैले तिमीलाई उसको भारी बोकेर एक माइल परसम्म पुर्‍याउन लगाउँछ भने दुई माइल परसम्म पुर्‍याइदेऊ ।
  
42. माग्‍‌नेलाई देऊ र तिमीहरूसँग पैँचो माग्‍‌नेबाट आफ्‍‌नो मुख नफर्काऊ।
  
43. तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ,‘आफ्‍‌नो छिमेकीलाई प्रेम गर, र शत्रुलाई घृणा गर’।
  
44. तर म भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर। तिमीहरूलाई सताउने व्यक्तिहरूका लागि प्रार्थना गर।
  
45. यसरी मात्रै तिमीहरू स्वर्गमा हुनुहुने पिताका छोराछोरी कहलाइनेछौ, किनभने उहाँले असल र दुष्ट दुवैको लागि घाम लगाइदिनुहुन्छ, धर्मी र अधर्मी दुवैको लागि उत्तिकै झरी पठाइदिनुहुन्छ।
  
46. यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्रै प्रेम गर्छौ भने त्यो के असल गर्‍यौ र ? भ्रष्ट आचरण भएका महसुल उठाउनेहरूले पनि त्यति त गर्छन् नि !
  
47. यदि तिमीहरू आफ्‍‌ना दाज्यू-भाइहरूलाई मात्रै अभिवादन गर्छौ भने तिमीहरू अरुभन्दा कसरी फरक भयौ र ? त्यति त अयहूदीहरूले पनि गर्छन् नि !
  
48. तर तिमीहरू सिद्ध हुनुपर्छ, जसरी तिमीहरूका स्वर्गका पिता पनि सिद्ध हुनुहुन्छ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES