1. मित्रभाव नराख्ने मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित ठहरको विरोध गर्छ।
2. मूर्खले समझशक्तिमा कुनै आनन्द पाउँदैन, तर आफ्नै विचार पोख्न पाए त्यो प्रसन्न हुन्छ।
3. जब दुष्टता आउँछ, तब अपमान पनि आउँछ, अनि अनादरको साथमा निन्दा पनि आउँछ।
4. मानिसको मुखको वचन पानीको गहिराइझैँ हुन्छ, तर बुद्धिको स्रोत बगिरहने खोलाझैँ हुन्छ।
5. दुष्टको पक्ष लिनु उचित होइन, र निर्दोषलाई न्यायबाट वञ्चित गर्नु असल होइन।
6. मूर्ख मानिस बोल्दा झगडा उत्पन्न हुन्छ, र मुखको वचनले गर्दा त्यसले कुटाइ खान्छ। हितोपदेश
7. मूर्खको मुख त्यसको विनाश हो, र त्यसका ओठ त्यसको प्राणको निम्ति पासो हो।
8. कुराउटेको वचन स्वादिष्ठ खानेकुराझैँ हुन्छ, र त्यो मानिसको भित्री भागसम्मै पुग्छ।
9. जसले आफ्नो काममा अल्छी गर्छ, त्यो सर्वनाश गर्नेको साक्खै भाइजस्तै हो।
10. परमप्रभुको नाउँ एक बलियो धरहरा हो; धर्मीजन दगुरेर त्यसभित्र जान्छन् र सुरक्षित हुन्छन्।
11. धनी मानिसको धनसम्पत्ति नै त्यसको बलियो शहरजस्तै हो, र त्यसको विचारमा त्यो अग्लो पर्खालजस्तो हो।
12. विनाश हुनुभन्दा पहिले मानिसको हृदय अहङ्कारी हुन्छ र आदर पाउनुभन्दा पहिले नम्रता आउँछ।
13. राम्ररी सुन्नुअघि नै जवाफ दिनु मूर्खता र अशिष्टता हो।
14. मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्मालाई चोट लागेको छ भने कसले सहन सक्छ?
15. समझशक्ति भएको हृदयले ज्ञान प्राप्त गर्छ, अनि बुद्धिमान्को कानले ज्ञानको खोजी गर्छ।
16. मानिसको उपहारले उसको निम्ति मार्गर् तयार पार्छ र उसलाई ठूला मानिसहरूका सामु पुर्याउँछ।
17. दोस्रो व्यक्तिले प्रश्न नगरेसम्म, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।
18. गोला हाल्नाले झगडा मेटिन्छ, र बलिया प्रतिद्वन्द्वीहरूलाई एक-अर्काबाट अलग पार्छ।
19. बलियो शहरलाई जित्नुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हुन्छ, अनि तिनीहरूका झगडा किल्लाका बारहरूजस्तै बलियो हुन्छ।
20. मानिसको पेट उसको मुखको फलले भरिएको हुन्छ; अनि उसका ओठको कमाइले ऊ तृप्त हुन्छ।
21. जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ।
22. जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
23. गरिबले दयाको निम्ति विन्ती गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
24. धेरै साथी भएको मानिस पनि सर्वनाश हुनसक्छ, तर त्यहाँ एक जना साथी छन्, जो भाइभन्दा पनि नजिक टाँसिन्छन्।
|