Bible Study: FrontPage




 

हितोपदेश, Chapter 22

Bible Study - हितोपदेश 22 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. धेरै धनसम्पत्तिभन्दा असल नाउँको इच्छा गर्नु उत्तम हो; सुन-चाँदीभन्दा सम्मान पाउनु असल हो।
  
2. धनी र गरिब यस कुरामा समान छन्- ती दुवैका सृष्टिकर्ता परमप्रभु नै हुनुहुन्छ।
  
3. बुद्धिमान्ले खतरा आएको देखेर शरण लिन्छ, तर निर्बुद्धि मानिस त्यतैतिर जान्छ र दु:ख भोग्छ।
  
4. नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
  
5. कुटिल मानिसको मार्गमा काँडा र पासो राखिएको हुन्छ, तर आफ्नो प्राणको रक्षा गर्ने त्यसबाट टाढै बस्छ।
  
6. बालकलाई ठीक मार्गमा हिँड्न सिकाऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जानेछैन।
  
7. धनीले गरिबमाथि शासन गर्छ; ऋण लिने ऋण दिनेको नोकर हुन्छ।
  
8. दुष्टता रोप्नेले खराबीको कटनी गर्नेछ; अनि त्यसको क्रोधको लौरो भाँचिनेछ।
  
9. दयालु मानिस आशिषित हुन्छ; किनकि त्यसले आफ्नो खानेकुरा गरिबलाई बाँड्छ।
  
10. गिल्ला गर्नेलाई निकालिदियो भने झगडा मेटिन्छ; अनि कलह र निन्दा टुङ्गिन्छ।
  
11. हृदयको शुद्धतालाई प्रेम गर्नेको बोलीवचनमा अनुग्रह हुन्छ; उसको बोलीले गर्दा राजा पनि मित्र हुन्छ।
  
12. परमप्रभुको आँखाले ज्ञानको रक्षा गर्छ; तर उहाँले अपराधीका वचनलाई विफल पार्नुहुन्छ।
  
13. अल्छेले भन्छ, ‘‘बाहिर एउटा सिंह छ। सडकमा गएँ भने मलाई मार्छ !’’
  
14. व्यभिचारिणी स्त्रीको वचन गहिरो खाडलजस्तै हुन्छ, जो परमप्रभुको दृष्टिमा घृणित छ, त्यो त्यसैमा फस्छ।
  
15. बालकको हृदय मूर्खताले जेलिएको हुन्छ, तर अनुशासनको लौरोले उसबाट त्यो टाढा भाग्नेछ।
  
16. जसले आफ्नो सम्पत्ति बढाउनको निम्ति गरिबमाथि थिचोमिचो गर्छ र धनीलाई उपहार दिन्छ, निश्चय ती दुवै व्यक्ति दरिद्र हुनेछन्। बुद्धिमान्का उखानहरू
  
17. बुद्धिमान्का वचन ध्यान दिएर सुन्, र मेरो ज्ञानमा तेरो मन लगा।
  
18. किनभने ती तेरो हृदयमा राखिस् भने तँलाई आनन्द हुनेछ; र ती तेरो ओठमा तत्पर रहनेछन्।
  
19. तेरो भरोसा परमप्रभुमा रहोस् भनेर मैले तँलाई आज यो बुझ्ने तुल्याइदिएको छु।
  
20. के मैले तँलाई सल्लाह र ज्ञानको साथमा तीस वटा नीतिवचन लेखेको छैन र?
  
21. तँलाई पठाउनेकहाँ तैँले उचित जवाफ दिनसकेको होस् भनेर मैले तँलाई सत्य र विश्वासयोग्य वचन सिकाएको होइन र?
  
22. गरिबलाई, त्यो गरिब छ भनेर शोषण नगर्; र दीनहीनलाई अदालत्ामा लगेर दु:ख दिने काम नगर्।
  
23. किनभने परमप्रभुले तिनीहरूको पक्ष लिनुहुनेछ; अनि तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ।
  
24. रिसाहा मानिसलाई मित्र नबना; अनि झडङ्ग रिसाउनेसँग सङ्गत नै नगर्।
  
25. नत्र त तैँले त्यसको चाल सिक्लास्, र आफ्नो प्राणलाई पासोमा पार्लास्।
  
26. कहिल्यै कसैको जमानी नबस्, वा अर्काको ऋणको निम्ति जमानी नबस्।
  
27. यदि तँसँग तिर्ने औकात छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।
  
28. पिता-पुर्खाले गाडिराखेको प्राचीन साँधसिमाना नहटा, हितोपदेश
  
29. के तैँले आफ्नो काममा सिपालु कुनै मानिसलाई देखेको छस्? त्यसले साधारण मानिसको होइन, राजाको सेवा गर्नेछ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES