|
|
भजनसंग्रह, Chapter 28
1. हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, नसुनेजस्तो नगर्नुहोस्, तपाईं मसित चुप रहनुभयो भने म त ती पातालमा पर्नेहरूजस्तै हुन्छु।
2. जब सहायताको निम्ति तपाईंलाई पुकार्छु र म तपाईंको महापवित्रस्थानतिर आफ्नो हात उचाल्छु, तब मेरो विन्ती सुन्नुहोस्।
3. मलाई दुष्ट र कुकर्मीहरूसँगै नफ्याँक्नुहोस्, जसले आफ्ना छरछिमेकीसँग मेलमिलापका कुरा गर्छन् तर तिनीहरूको हृदयमा दुष्टता हुन्छ।
4. तिनीहरूलाई तिनीहरूका काम र दुष्कर्मअनुसार बदला लिनुहोस्, तिनीहरूलाई तिनीहरूका हातको कामअनुसार बदला लिनुहोस्, तिनीहरूलाई तिनीहरूका उचित प्रतिफल दिनुहोस्।
5. किनकि तिनीहरूले परमप्रभुका काम र उहाँका हातको कार्यमा वास्ता गर्दैनन्, उहाँले तिनीहरूलाई नष्ट गर्नुहुनेछ र तिनीहरूलाई निर्माण गर्नुहुनेछैन।
6. परमप्रभु धन्यका होऊन्, किनभने उहाँले मेरो विन्ती सुन्नुभएको छ।
7. परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राख्तछ, र मैले सहायता पाएको छु, यसैकारण, मेरो हृदय अत्यन्तै रमाउँछ र मेरो गीतद्वारा म उहाँको प्रशंसा गर्नेछु।
8. परमप्रभु आफ्ना मानिसहरूको बल हुनुहुन्छ, अनि उहाँ नै आफ्नो अभिषिक्तजनको निम्ति उद्धारको शक्ति हुनुहुन्छ।
9. तपाईंका प्रजालाई बचाउनुहोस् र तपाईंको निजी सम्पत्तिलाई आशिष् दिनुहोस्, साथै तपाईं तिनीहरूको गोठालो हुनुहोस् र तिनीहरूलाई सधैँभरि बोक्नुहोस्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|