|
|
भजनसंग्रह, Chapter 3
1. हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै ! मेरो विरुद्धमा उठ्नेहरू कति धेरै छन्।
2. मेरो विषयमा धेरैले यसो भन्छन्, ‘‘परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।’’ सेला
3. हे परमप्रभु, तपाईं नै मेरो वरिपरि सुरक्षाको ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ।
4. मैले उच्च सोरले परमप्रभुलाई पुकारेँ र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुभयो। सेला
5. म ढल्केँ र निदाएँ, म बिउँझेँ, किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।
6. म, मेरो विरुद्धमा चारैतिरबाट उठेका दशौं हजार मानिसदेखि डराउनेछैनँ।
7. हे परमप्रभु ! उठ्नुहोस्, हे मेरा परमेश्वर ! मलाई बचाउनुहोस्, किनकि तपाईंले मेरा सबै शत्रुका गालामा चड्काउनुभएको छ, तपाईंले दुष्टहरूका दाँत भाँचिदिनुभएको छ।
8. परमप्रभुबाट छुटकारा आउँछ। तपाईंको आशीर्वाद तपाईंका जनमाथि होस्। सेला
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|