|
|
भजनसंग्रह, Chapter 30
1. हे परमप्रभु, म तपाईंलाई उचाल्दछु, किनकि तपाईंले मलाई उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन।
2. हे परमप्रभु, मेरा परमेश्वर, मैले तपाईंलाई पुकारेँ र तपाईंले मलाई निको पार्नुभयो।
3. हे परमप्रभु, तपाईंले मेरो प्राणलाई पातालबाट माथि निकाल्नुभएको छ, म तल पातालमा नपरूँ भनेर तपाईंले मलाई जीवित राख्नुभएको छ।
4. हे परमप्रभुका पवित्रजन हो, उहाँका निम्ति भजन गाओ, र उहाँको पवित्रताको सम्झनामा धन्यवाद देओ।
5. किनकि उहाँको रिस त क्षणभरको हो, उहाँकै निगाहमा जीवन छ, रुवाइ त रातभर रहला, तर बिहानै आनन्द आउँछ।
6. अनि मेरो उन्नतिमा मैले भनेँ, ‘‘म कहिल्यै डगमगाउनेछैनँ।’’
7. हे परमप्रभु, तपाईंको निगाहमा तपाईंले मेरो पहाड बलियो पार्नुभयो, तपाईंले आफ्नो मुहार लुकाउनुभयो, र म विचलित भएँ।
8. हे परमप्रभु, मैले तपाईंलाई पुकारेँ, र परमप्रभुलाई मैले विन्ती चढाएँ।
9. म मरेर पातालमा गएँ भने के लाभ छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको सत्यताको घोषणा गर्छ र?
10. हे परमप्रभु, सुन्नुहोस् र ममाथि कृपा गर्नुहोस्, हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्।
11. तपाईंले मेरो शोकलाई नाचमा परिवर्तन गर्नुभएको छ, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिनुभएको छ, र मलाई आनन्दको पटुकाले बाँधिदिनुभएको छ,
12. जसले गर्दा मेरो हृदयले तपाईंको स्तुति गाओस् र चुप नलागोस्। हे परमप्रभु, मेरा परमेश्वर, म सधैँभरि तपाईंलाईधन्यवाद दिनेछु।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|