|
|
भजनसंग्रह, Chapter 39
1. मैले भनेँ, ‘‘आफ्नो जिब्रोले पाप नगरूँ भनेर म आफ्ना चालचलनमा होसियार हुनेछु, दुष्ट मेरो सामु हुँदा म आफ्नो मुखमा लगाम लगाउनेछु।’’
2. चुप लागेर म गुँगो बनेँ, असल कुरा बोल्नदेखि पनि म चुप लागेँ, र मेरो वेदना झन् बढयो।
3. मेरो हृदय म भित्रभित्रै जल्यो, मैले विचार गर्दागर्दै आगो दन्कियो, तब मैले यसो भनेँ,
4. ‘‘हे परमप्रभु, मलाई मेरो अन्त र मेरो आयु कति हो, सो जान्न दिनुहोस्, यसैले कि म कति क्षणभङ्गुर रहेछु, भनी जान्न सकूँ ।
5. हेर्नुहोस्, तपाईंले मेरो आयु बित्ताभरिको बनाउनुभएको छ, अनि मेरो उमेर तपाईंको सामु केही पनि होइन, साँच्ची नै हरेक मानिस, उसको सबैभन्दा असल अवस्थामा बिलकुलै व्यर्थको हुन्छ।’’ सेला
6. साँच्ची नै हरेक मानिस छायाँजस्तै हिँडडुल गर्दछ, साँच्ची नै तिनीहरू व्यर्थमा बेचैन हुन्छन्, त्यसले धनसम्पत्ति थुपार्दछ, तर कसले त्यसको उपभोग गर्दछ, सो जान्दैन।
7. अब हे परमप्रभु, म के कुराको प्रतीक्षा गरूँ? मेरो आशा तपाईंमा छ।
8. मलाई मेरा सबै अपराधबाट छुटकारा दिनुहोस्, मलाई मूर्खहरूको निन्दाको कारण नतुल्याउनुहोस्।
9. म गुँगो भएँ, मैले आफ्नो मुख खोलिनँ, किनभने तपाईंले नै यसो गर्नुभएको हो।
10. तपाईंको प्रहार मदेखि हटाउनुहोस्, तपाईंको हातको मुक्काले म नष्ट भएको छु।
11. जब तपाईंले दुष्टताको निम्ति मानिसलाई ताडना दिएर सुधार्नुहुन्छ, तब तपाईंले माउ कीराले झैँ त्यसको सुन्दरता नष्ट पार्नुहुन्छ, साँच्ची नै हरेक मानिस व्यर्थको हो। सेला
12. हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो पुकारमा ध्यान दिनुहोस्, मेरो आँसु देखेर तपाईं चुप नरहनुहोस्, किनकि म मेरा सबै पितापुर्खाजस्तै तपाईंसित विदेशी र प्रवासी भएको छु।
13. म बिदा भएर जानुअघि नै मलाई बचाउनुहोस् र फेरि मैले बल प्राप्त गर्न सकँू।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|