|
|
भजनसंग्रह, Chapter 40
1. मैले धीरजसँग परमप्रभुको बाटो हेरेँ, अनि उहाँ मतिर फर्कनुभयो,र मेरो पुकार सुन्नुभयो।
2. उहाँले मलाई सत्यानाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो, र मेरा खुट्टा चट्टानमाथि बसाल्नुभयो, र मेरा पाइला दृढ पार्नुभयो।
3. अनि उहाँले मेरो मुखमा एउटा नयाँ गीत र हाम्रा परमेश्वरको निम्ति स्तुति पनि हालिदिनुभएको छ, धेरैले यो देख्नेछन्, र डराउनेछन् अनि परमप्रभुमाथि भरोसा राख्नेछन्।
4. त्यो मानिस धन्यको हो, जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्दछ, अनि घमन्डी र झूटतिर लाग्नेहरूलाई आदर गर्दैन।
5. हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले धेरै अचम्मका काम गर्नुभएको छ, र तपाईंले हाम्रो निम्ति विचार गर्नुहुन्छ, तपाईंसित तुलना गर्ने कोही पनि छैन, यदि मैले तिनीहरूको बारेमा बताउनु हो भने ती असङ्ख्य छन्।
6. तपाईंले बलिदान र भेटी चाहनुभएन, तपाईंले मेरा कान खोलिदिनुभएको छ, तपाईंले होमबलि र पापबलि चाहनुभएन।
7. तब मैले भनेँ, ‘‘हेर, म आउँछु, धर्मशास्त्रमा मेरो विषयमा यस्तो लेखिएको छ,
8. ‘हे मेरा परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न मन पराउँछु, अँ, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।’’’
9. मैले ठूलो सभामा धार्मिकताको प्रचार गरेको छु, हेर, मैले मेरो मुख बन्द गरेको छैन, हे परमप्रभु, तपाईं जान्नुहुन्छ।
10. मैले मेरो हृदयभित्र तपाईंको धार्मिकता लुकाएको छैन, मैले तपाईंको विश्वसनीयता र उद्धारको घोषणा गरेको छु, मैले ठूलो सभाबाट तपाईंको करुणा र सत्यता लुकाएको छैनँ।
11. हे परमप्रभु, तपाईंले मबाट आफ्नो कोमल कृपा नहटाउनुहोस्, तपाईंको करुणा र सत्यताले मलाई निरन्तररूपले रक्षा गरून्।
12. किनकि असङ्ख्य खराब कुराले मलाई घेरेका छन्, मैले देख्न नसक्नेगरी मेरा अपराधले मलाई पक्रेका छन्, ती मेरा शिरका केशभन्दा पनि धेरै छन्, यसैले मेरो मनले हरेस खाएको छ।
13. हे परमप्रभु, मलाई छुटकारा दिन प्रसन्न हुनुहोस्, हे परमप्रभु, मलाई छिटो सहायता गर्न आउनुहोस्।
14. मेरो प्राणलाई नष्ट गर्न खोज्नेहरू एकसाथ लाज र अन्योलमा परून्, मेरो खराबी गर्न चाहनेहरू हटेर जाऊन् र सर्ममा परून्।
15. मेरो विरुद्धमा आहा ! आहा ! भन्नेहरू सर्मले अपमानित होऊन्।
16. तपाईंको खोजी गर्नेहरू सबै रमाऊन् र तपाईंमा आनन्दित होऊन्, तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, ‘‘परमप्रभुको बढाइँ होस् !’’
17. तर म त गरिब र दरिद्र छु, तैपनि परमप्रभुले मेरो विचार गर्नुहुन्छ, तपाईं मेरो सहायक र उद्धारक हुनुहुन्छ, हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|