|
|
भजनसंग्रह, Chapter 42
1. हे परमेश्वर, जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै मेरो प्राणले तपाईंको तिर्सना गर्दछ।
2. मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ, कहिले म आऊँ र परमेश्वरका सामु देखा परूँ?
3. जब तिनीहरू मलाई निरन्तर ‘‘तेरो परमेश्वर कहाँ छ?’’ भन्छन्, तब मेरो आँसु रातदिन मेरो भोजन भएको छ।
4. जब म ती कुराको सम्झना गर्दछु, तब म मेरो हृदयभित्र बिलौना गर्दछु, किनकि म उत्सव मनाउने भीडको साथ हर्षबढाइँ र स्तुति-प्रशंसा गर्दै परमेश्वरको भवनतिर जान्थेँ।
5. हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? तैँले परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।
6. हे मेरा परमेश्वर, मेरो प्राण मभित्र निराश भएको छ, यसैकारण म यर्दन, हेर्मोनीहरूको देश र मिसारको डाँडादेखि तपाईंको सम्झना गर्नेछु।
7. तपाईंका छहराको गर्जनमा सागरले सागरलाई बोलाउँछ, तपाईंका सम्पूर्ण छाल र तरङ्गले मलाई छोपेका छन्।
8. तापनि दिनको समयमा परमप्रभुले आफ्नो करुणा पठाउनुहुनेछ, अनि रातको समयमा उहाँको गीत मसित हुनेछ र मेरो जीवनका परमेश्वरमा मेरो प्रार्थना हुनेछ।
9. परमेश्वर, मेरा चट्टानलाई म भन्नेछु, ‘‘किन तपाईंले मलाई बिर्सनुभयो? शत्रुको थिचोमिचोको कारण मैले किन शोक गरूँ?’’
10. मेरा हड्डीहरूमा तरवारले चोट पारेझैँ मेरा शत्रुहरूले मेरो निन्दा गर्दछन्, तिनीहरू दिनहुँ मलाई भन्छन्, ‘‘तेरो परमेश्वर कहाँ छ?’’
11. हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? तैँले परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|