|
|
भजनसंग्रह, Chapter 43
1. हे परमेश्वर, मेरो न्याय गर्नुहोस्, र भक्तिहीन जातिको विरुद्धमा मेरो पक्ष लिनुहोस्, मलाई छली र अन्यायी मानिसबाट छुटकारा दिनुहोस्।
2. किनकि तपाईं मेरो शक्तिको परमेश्वर हुनुहुन्छ, किन तपाईंले मलाई त्याग्नुहुन्छ? शत्रुको थिचोमिचोको कारण मैले किन शोक गरूँ?
3. तपाईंको ज्योति र सत्यता पठाउनुहोस्, तिनीहरूले मलाई अगुवाइ गरून्, तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत र पवित्र वासस्थानमा पुर्याऊन्।
4. तब म परमेश्वरको वेदी, मेरो असीम आनन्दको परमेश्वरकहाँ जानेछु, अँ, हे परमेश्वर, मेरा परमेश्वर, म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु।
5. हे मेरो प्राण, तँ किन निराश हुन्छस्? अनि तँ किन मभित्र व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, किनकि उहाँको सहायताको खातिर म अझै पनि उहाँको स्तुति गर्नेछु।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|