Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 45

Bible Study - भजनसंग्रह 45 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. मेरो हृदय उत्तम कुराले भरपुर भएको छ, म राजाको निम्ति गीत गाउँदछु, मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।
  
2. तपाईं मानिसका सन्तानभन्दा सुन्दर हुनुहुन्छ, तपाईंका ओठ अनुग्रहले भरिपूर्ण छन्, यसैकारण परमेश्वरले तपाईंलाई सदाको निम्ति आशिष् दिनुभएको छ।
  
3. हे परमसामर्थी, आफ्नो महिमा र प्रतापसहित आफ्नो कम्मरमा तरवार भिर्नुहोस्।
  
4. अनि सत्यता, नम्रता र धार्मिकताको खातिर आफ्नो प्रतापमा सफलतापूर्वक सवारी हुनुहोस्, अनि तपाईंको दाहिने हातले अचम्मका कुरा सिकाउनेछ।
  
5. राजाका शत्रुहरूको मुटुमा तपाईंका काँडहरू गडेका छन्, जसद्वारा जाति-जातिका मानिसहरू तपाईंको चरणमा पर्दछन्।
  
6. हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदा रहिरहन्छ, तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हो।
  
7. तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र दुष्टतालाई घृणा गर्नुहुन्छ, यसकारण परमेश्वर, तपाईंका परमेश्वरले, तपाईंलाई तपाईंका साथीहरूलाई भन्दा उच्च पारेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।
  
8. तपाईंका सबै वस्त्रबाट मूर्र, एलवा र तेजपातको सुगन्ध महकिन्छ, हस्तीहाडले सिँगारिएको महलबाट निस्केको वीणाको संगीतले तपाईंलाई आनन्दित तुल्याएको छ।
  
9. तपाईंका सम्मानित स्त्रीहरूका बीचमा राजकुमारीहरू थिए, तपाईंको दाहिने बाहुलीपट्टि ओपिरको सुनले सुसज्जित भएकी महारानी थिइन्।
  
10. हे राजकुमारी हो, सुन, विचार गर र ध्यान देऊ, अनि आफन्त र आफ्नो पिताको घर पनि बिर्स,
  
11. तब राजाले तिम्रो सुन्दरताको अति चाहना गर्नुहुनेछ, किनकि उहाँ नै तिम्रा परमप्रभु हुनुहुन्छ, र तिमीले उहाँलाई दण्डवत् गर।
  
12. टायरकी राजकुमारी पनि सौगातसहित त्यहाँ उपस्थित हुन्छिन्, मानिसहरूमध्येका धनवान्हरूले पनि तपाईंको निगाहको निम्ति विन्ती गर्नेछन्।
  
13. राजकुमारी आफ्नो महलभित्र अति शोभायमान छिन्,तिनको वस्त्रमा सुन जडिएको छ।
  
14. बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्याइन्छिन्। तिनका पछिपछि हिँड्ने कुमारी सहेलीहरूलाई तपाईंकहाँ ल्याइनेछन्।
  
15. उनीहरू हर्ष र रमाहटको साथमा ल्याइनेछन्, उनीहरू राजमहलभित्र प्रवेश गर्नेछन्।
  
16. तपाईंका पिता-पुर्खाको सट्टामा तपाईंका छोराहरू हुनेछन्, जसलाई तपाईंले सारा पृथ्वीका राजकुमारहरू बनाउनुहुनेछ।
  
17. म तपाईंको नाम पुस्तौं-पुस्तासम्म सम्झना गर्ने तुल्याउनेछु, यसकारण जाति-जातिका मानिसहरूले सदासर्वदा तपाईंको स्तुति गर्नेछन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES