|
|
भजनसंग्रह, Chapter 46
1. परमेश्वर हाम्रा शरणस्थान र बल अनि सङ्कष्टमा सजिलै पाइने सहायक हुनुहुन्छ।
2. यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी हटिजाओस्, चाहे पहाडहरू समुद्रको गहिराइमा ढलेर जाऊन्,
3. चाहे समुद्र गर्जोस् र फिँज काढोस्, चाहे त्यो उर्लेर आउँदा पहाडहरू काँपून्। सेला
4. एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको शहर, सर्वोच्चमा वास गर्नुहुने पवित्रस्थानलाई आनन्दित तुल्याउनेछ।
5. परमेश्वर त्यसको बीचमा हुनुहुन्छ, त्यो कहिल्यै डगमगाउनेछैन, सखारै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।
6. जाति-जाति क्रोधित भए, राज्यहरू डगमगाए, उहाँले आफ्नो आवाज निकाल्नुभयो, पृथ्वी पग्लियो।
7. सेनाहरूका परमप्रभु हाम्रा साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
8. आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
9. पृथ्वीको कुना-कुनासम्म नै उहाँले युद्ध रोक्नुहुन्छ, उहाँले धनु भाँच्नुहुन्छ, र भाला टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले रथहरू आगोमा जलाउनुहुन्छ।
10. शान्त रहो र म नै परमेश्वर हुँ भनी जान, म जाति-जातिको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।
11. सेनाहरूका परमप्रभु हाम्रा साथमा हुनुहुन्छ, याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। सेला
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|