|
|
भजनसंग्रह, Chapter 47
1. हे सबै जातिका मानिस हो, ताली बजाओ, विजयको स्वरमा परमेश्वरको जयजयकार गर।
2. किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ, उहाँ सारा पृथ्वीमाथि महान् राजा हुनुहुन्छ।
3. उहाँले मानिसहरूलाई हाम्रो अधीनतामा र जाति-जातिलाई हाम्रो पाउमुनि पार्नुहुनेछ।
4. उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार छान्नुहुनेछ, उहाँले प्रेम गर्नुभएको याकूबको श्रेष्ठता चुन्नुहुनेछ। सेला
5. परमेश्वर जयजयकारको ध्वनिसाथ, परमप्रभु तुरहीको आवाजको साथ माथि चढ्नुभएको छ।
6. परमेश्वरको स्तुति गाओ, स्तुति गाओ; हाम्रो राजाको स्तुति गाओ, स्तुति गाओ।
7. किनकि परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ, समझका साथ तिमीहरूले स्तुति गाओ।
8. परमेश्वरले जाति-जातिमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमाथि विराजमान हुनुहुन्छ।
9. जाति-जातिका राजकुमारहरू, अब्राहामका परमेश्वरका मानिसहरू एकसाथ भेला भएका छन्, किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्, उहाँ अति उच्च हुनुहुन्छ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|