|
|
भजनसंग्रह, Chapter 70
1. हे परमेश्वर, मलाई छुटाउन हतार गर्नुहोस्, हे परमप्रभु, मलाई सहायता गर्न हतार गर्नुहोस्।
2. मेरो प्राण लिन खोज्नेहरू सर्ममा परून् र लज्जित होऊन्, मेरो हानि गर्न खोज्नेहरू पछि हटून् र सर्ममा परून्।
3. आहा ! आहा ! भन्नेहरू आफ्नो सर्मको प्रतिफलको निम्ति पछि हटून्।
4. तपाईंको खोजी गर्नेहरू सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्, अनि तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, ‘‘परमेश्वरको बढाइँ होस्।’’
5. तर म त गरिब र दरिद्र छु, हे परमेश्वर, मकहाँ आउन हतार गर्नुहोस्, तपाईं नै मेरो सहायक र उद्धारक हुनुहुन्छ, हे परमप्रभु, ढिलो नगर्नुहोस्।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|