|
|
भजनसंग्रह, Chapter 75
1. हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, तपाईंलाई हामी धन्यवाद चढाउँछौं, किनकि तपाईंको उपस्थिति नजिकै छ, भन्ने कुरा तपाईंका अचम्मका कामले बयान गर्छन्।
2. जब म सभा ग्रहण गर्नेछु, तब म निष्पक्षतासाथ न्याय गर्नेछु।
3. जब पृथ्वी र त्यसका सबै बासिन्दा काम्छन्, त्यसका खम्बाहरूलाई म थामिराख्नेछु। सेला
4. मैले मूर्खहरूलाई भनेँ, ‘‘मूर्ख व्यवहार नगर।’’ अनि दुष्टहरूलाई भनेँ, ‘‘सिङ ठाडो नपार।’’
5. आफ्नो सिङ धेरै ठाडो नपार, जिद्दी गरेर नबोल।
6. किनकि पदोन्नति न पूर्वबाट, न पश्चिमबाट न त दक्षिणबाट नै आउँछ।
7. किनभने परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ, उहाँले एउटालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ।
8. किनकि परमप्रभुको हातमा कचौरा छ, अनि अङ्गुरमद्य रातो छ, त्यसमा मसला मिसाइएको छ, अनि त्यसैबाट उहाँले खन्याउनुहुन्छ, तर पृथ्वीका दुष्टहरूले त्यसका थिग्रासमेत निचोरेर पिउनेछन्।
9. तर म त सदासर्वदा घोषणा गर्नेछु, म याकूबका परमेश्वरको स्तुति गाउनेछु।
10. म दुष्टहरूको सबै सिङ काटिदिनेछु, तर धर्मीजनका सिङहरू उच्च पार्नेछु।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|