1. यहूदामा परमेश्वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाम महान् छ।
2. सालेममा पनि उहाँको निवासस्थान छ, र सियोनमा उहाँको वासस्थान छ।
3. उहाँले त्यहाँ धनुका काँडहरू, ढाल, तरवार र युद्धका हातहतियार भाँच्नुभयो। सेला
4. तपाईं शिकारले भरिएका पहाडहरूभन्दा महिमापूर्ण र उत्तम हुनुहुन्छ।
5. साहसी हृदय भएकाहरू लुटिएका छन्, तिनीहरू आफ्नो निद्रामा परेका छन्, अनि शूरवीरहरूमध्ये कसैले पनि आफ्ना हात उठाउन पाएनन्।
6. हे याकूबका परमेश्वर, तपाईंको हप्कीले घोडा र रथी दुवै गहिरो निद्रामा परेका छन्।
7. तपाईं मात्र भय मान्ने योग्यका हुनुहुन्छ, तपाईं क्रोधित हुँदा, तपाईंको सामु को खडा हुनसक्छ र?
8. स्वर्गबाट तपाईंले न्यायको घोषणा गर्नुभयो, पृथ्वी डरायो र चुपचाप भयो,
9. तब परमेश्वर, न्यायको लागि र पृथ्वीका सबै नम्रहरूलाई बचाउनको लागि उठ्नुभयो। सेला
10. साँच्चै मानिसप्रतिको तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउनेछ, तपाईंले पूरा नापमा आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
11. आफ्ना परमेश्वर परमप्रभुको निम्ति भाकल गर र त्यो पूरा गर, भययोग्य परमेश्वरको वरिपरि रहनेहरूले उहाँकहाँ भेटी ल्याऊन्।
12. उहाँले शासकहरूको आत्मालाई चकनाचुर पार्नुहुनेछ, पृथ्वीका राजाहरूका निम्ति उहाँ भयानक हुनुहुन्छ।
|