|
|
भजनसंग्रह, Chapter 8
1. हे परमप्रभु, हाम्रो प्रभु, तपाईंको नाउँ सारा पृथ्वीभरि कति उत्तम छ ! तपाईंले आफ्नो महिमा आकाशभन्दा माथि स्थापित गर्नुभएको छ।
2. तपाईंले तपाईंका शत्रुहरूका कारणले शिशु र दुधेबालकहरूका ओठबाट प्रशंसा निकाल्नुभएको छ, जसले गर्दा तपाईंले शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई यसो गर्नुभएको हो।
3. जब म तपाईंको हातले बनाएको आकाशलाई, अनि तपाईंले स्थापित गर्नुभएको जून र ताराहरूलाई विचार गर्दछु,
4. तब मानिस के हो र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको पुत्र के हो र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
5. तपाईंले त्यसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनुभयो, तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो,
6. अनि आफ्ना बाहुलीका कामहरूमाथि त्यसलाई खटाउनुभयो। तपाईंले सबै थोक त्यसको पैतालामुनि राखिदिनुभयो,
7. सबै भेडाबाख्रा, गाईवस्तु र वनका सबै पशु,
8. आकाशका चराचुरुङ्गी, समुद्रका माछा र समुद्रभित्र पौडने सबै जीवजन्तु।
9. हे परमप्रभु, हाम्रा प्रभु, तपाईंको नाम सारा पृथ्वीभरि कति उत्तम छ !
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|