|
|
भजनसंग्रह, Chapter 82
1. परमेश्वर ठूलो सभामा उपस्थित हुनुहुन्छ, ‘‘देवहरू’’ का बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2. कहिलेसम्म तिमीहरू बेठीकसँग न्याय गर्छौ र दुष्टहरूको पक्ष लिन्छौ? सेला
3. गरिब र टुहुराहरूको इन्साफ गरिदेओ, दु:खी र दरिद्रहरूको न्याय गरिदेओ।
4. असहाय र दरिद्रहरूलाई बचाओ, दुष्टहरूको हातबाट तिनीहरूलाई छुटाओ।
5. तिनीहरूले जान्दैनन्, न त तिनीहरूले बुझ्दछन्, तिनीहरू अँध्यारोमा यताउता हिँड्छन्, पृथ्वीका सबै जग हल्लिएका छन्।
6. मैले भनेको छु, ‘‘तिमीहरू देवहरू हौ, र तिमीहरू सबै सर्वोच्चका सन्तान हौ।
7. तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र शासकहरूमध्ये कुनै एक जनाझैँ ढल्नेछौ।’’
8. हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि तपाईंले सबै जातिमाथि अधिकार गर्नुहुनेछ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|