Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 89

Bible Study - भजनसंग्रह 89 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. म सदासर्वदा परमप्रभुको कृपाको गीत गाउनेछु, म आफ्नो मुखले पुस्तापुस्तासम्म तपाईंको विश्वसनीयता जनाउनेछु।
  
2. तपाईंको कृपा सदाको निम्ति दृढ रहिरहनेछ र तपाईंले स्वर्गमा आफ्नो विश्वसनीयता स्थिर गर्नुहुनेछ भनी मैले भनेँ।
  
3. मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु, ‘‘मैले आफ्नो दास दाऊदसँग शपथ खाएको छु,
  
4. ‘‘म तिम्रो वंशलाई सदासर्वदाको निम्ति स्थापित गर्नेछु र तिम्रो सिंहासन पुस्तापुस्तासम्म स्थिर राख्नेछु।’’ सेला
  
5. हे परमप्रभु, स्वर्गले तपाईंका अचम्मका कामको प्रशंसा गर्नेछ र पवित्रजनको सभामा तपाईंको विश्वसनीयताको घोषणा गर्नेछ।
  
6. किनकि स्वर्गमा परमप्रभुको तुलना कोसँग हुनसक्छ र? शक्तिशालीहरूका सन्तानको बीचमा परमप्रभु समान को छ र?
  
7. पवित्रजनको सभामा परमेश्वरको भय मानिनुपर्छ र उहाँको वरिपरि हुनेहरू सबैले उहाँको आदर गर्नुपर्छ।
  
8. हे परमप्रभु, सेनाहरूका परमेश्वर, तपाईंजस्तो सामर्थी अरू को छ र? अनि तपाईंको विश्वसनीयता तपाईंको चारैतिर छ।
  
9. तपाईंले उर्लंदो समुद्रमाथि पनि शासन गर्नुहुन्छ, जब त्यसका छाल उर्लन्छन् तब तपाईंले नै त्यसलाई शान्त पार्नुहुन्छ।
  
10. तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबललेतितरबितर पार्नुभयो।
  
11. स्वर्ग तपाईंको हो, पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो।
  
12. उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा रमाउनेछन्।
  
13. तपाईंको बाहुली शक्तिशाली छ, तपाईंको हात बलियो छ र तपाईंको दाहिने हात उच्च पारिएको छ।
  
14. धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन्, कृपा र सत्यता तपाईंको अगिअगि जानेछन्।
  
15. ती मानिसहरू धन्यका हुन्, जसले तपाईंको प्रशंसा गर्न जानेका छन्, हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको ज्योतिमा हिँड्नेछन्।
  
16. दिनभरि उनीहरू तपाईंकै नाउँमा रमाउनेछन्, अनि उनीहरू तपाईंकै धार्मिकतामा उच्च पारिनेछन्।
  
17. किनकि तपाईं उनीहरूको सामर्थ्यको महिमा हुनुहुन्छ, अनि तपाईंकै कृपा दृष्टिमा हाम्रो सिङ उच्च पारिनेछ।
  
18. किनकि परमप्रभु हाम्रा रक्षक हुनुहुन्छ, अनि इस्राएलका परमपवित्र हाम्रा राजा हुनुहुन्छ।
  
19. एकपल्ट तपाईंले आफ्ना पवित्रजनसित दर्शनमा बोल्नुभयो र भन्नुभयो,‘‘ मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूको बीचबाट चुनिएको एक जनालाई उच्च पारेको छु।
  
20. मैले आफ्नो दास दाऊदलाई भेट्टाएको छु, मैले आफ्नो पवित्र तेलले उनलाई अभिषेक गरेको छु।
  
21. मेरो हातले त्यसलाई स्थापित गर्नेछ, मेरो पाखुराले पनि त्यसलाई बलियो बनाउनेछ।
  
22. कुनै शत्रुले उनलाई धुत्नेछैन, न त दुष्टताको सन्तानले उनलाई कष्ट दिनेछ।
  
23. अनि म उनका शत्रुहरूलाई उनकै सामु परास्त गर्नेछु र उनलाई घृणा गर्नेहरूमाथि विपत्ति ल्याउनेछु।
  
24. तर मेरो विश्वसनीयता र कृपा उनीसँग रहनेछन् र मेरो नाममा उनको सिङ उच्च पारिनेछ।
  
25. अनि म उनको शासन समुद्रसम्म बढाउनेछु र उनको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु।
  
26. उनले मलाई पुकार्नेछन्, ‘तपाईं मेरा पिता, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
  
27. म उनलाई मेरो जेठो छोरो तुल्याउनेछु, पृथ्वीका राजाहरूभन्दा उच्च पार्नेछु।
  
28. म आफ्नो कृपा उनको निम्ति सदासर्वदा राख्नेछु र मेरो करार उनीसित अटल रहनेछ।
  
29. म उनको वंशलाई सधैँको लागि स्थापित गर्नेछु र उनको सिंहासन स्वर्गको अस्तित्व रहेसम्म राख्नेछु।
  
30. ‘‘यदि उनका सन्तानले मेरो व्यवस्थालाई त्यागे भने र मेरा नियमहरूमा हिँडेनन् भने,
  
31. उनीहरूले मेरा आदेशहरू भङ्ग गरेर मेरा आज्ञाहरू पालन गरेनन् भने,
  
32. तब म उनीहरूका अपराधको दण्ड छडी र उनीहरूको अधर्मको दण्ड कोर्राले दिनेछु।
  
33. तैपनि म आफ्नो करुणा उनीबाट पूरा रीतिले हटाउनेछैनँ, न त मेरो विश्वसनीयता नै चुक्न दिनेछु।
  
34. म मेरो करार भङ्ग गर्नेछैनँ, न त मेरा ओठबाट निस्केका वचन बदल्नेछु।
  
35. म दाऊदसँग झुट बोल्नेछैन भनेर एकचोटि मैले मेरो पवित्रताको कसम खाइसकेको छु।
  
36. उनको वंश सदासर्वदा रहिरनेछ, र उनको सिंहासन मेरो अघि सूर्यझैँ स्थिर रहनेछ।
  
37. यो चन्द्रमाझैँ सदासर्वदा स्थापित हुनेछ, र आकाशमा विश्वसनीय साक्षीझैँ बनिरहनेछ।’’ सेला
  
38. तर तपाईंले आफ्नो अभिषिक्तजनलाई त्याग्नुभएको छ र घृणा गर्नुभएको छ, तपाईं उनीसँग क्रोधित हुनुभएको छ।
  
39. तपाईंले आफ्नो दासको करार रद्द गर्नुभएको छ, उनको मुकुट भुइँमा फ्याँकेर त्यसलाई अपवित्र पार्नुभएको छ।
  
40. तपाईंले उनका सबै पर्खाल भत्काउनुभएको छ, तपाईंले उनका किल्लाहरू ध्वंस पार्नुभएको छ।
  
41. त्यहाँबाट भएर जाने सबैले उनलाई लुटेका छन्, आफ्ना छरछिमेकका निम्ति उनी निन्दाको पात्र भएका छन्।
  
42. तपाईंले उनका विरोधीहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुलाई आनन्दित तुल्याउनुभएको छ।
  
43. तपाईंले उनको तरवारको धार बोधो पार्नुभएको छ र उनलाई युद्धमा सहायता गर्नुभएको छैन।
  
44. तपाईंले उनको गौरव समाप्त गरिदिनुभएको छ र उनको सिंहासन भुइँमा फालिदिनुभएको छ।
  
45. तपाईंले उनको जवानीको दिन घटाउनुभएको छ, तपाईंले उनलाई सर्मले ढाकिदिनुभएको छ। सेला
  
46. हे परमप्रभु, कहिलेसम्म? के तपाईंले आफूलाई सदासर्वदा लुकाइराख्नुहुन्छ? के तपाईंको क्रोध आगोझैँ दन्कनेछ?
  
47. मेरो आयु कति छोटो छ, सो सम्झनुहोस्, तपाईंले सबै मानिसलाई किन व्यर्थैमा सृष्टि गर्नुभयो?
  
48. सधैँ जीवित रहने र मृत्यु नदेख्ने मानिस को होला? के पातालको शक्तिबाट उसले आफ्नो प्राणलाई बचाउला? सेला
  
49. हे परमप्रभु, तपाईंका पहिलेका करुणा कहाँ छन्, जसको विषयमा तपाईंले दाऊदसँग आफ्नो सत्यतामा शपथ खानुभएको थियो?
  
50. हे परमप्रभु, तपाईंका दासहरूको निन्दाको सम्झना गर्नुहोस्, म कसरी सबै मानिसको निन्दा आफ्नो हृदयमा सहँदै छु,
  
51. हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो निन्दा गरेका छन्, तिनीहरूले कसरी पाइला-पाइलामा तपाईंका अभिषिक्तजनको उपहास गरेका छन्।
  
52. परमप्रभु सदासर्वदा धन्यका होऊन् ! आमेन र आमेन। चौथो खण्ड (90-106)


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES