Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 91

Bible Study - भजनसंग्रह 91 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. जो सर्वोच्चको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायाँमुनि रहन्छ।
  
2. म परमप्रभुको विषयमा भन्नेछु, ‘‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, म मेरा परमेश्वरमाथि भरोसा राख्दछु।
  
3. साँच्चै उहाँले नै तिमीलाई शिकारीको पासो र घातक महामारीबाट छुटाउनुहुनेछ।
  
4. उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले ढाक्नुहुनेछ र उहाँका पखेटामुनि तिमीले शरण लिनेछौ, उहाको सत्यता तिम्रो ढाल र झिलम हुनेछ।
  
5. तिमी न त रातको आतङ्कदेखि, न दिनमा उड्ने काँडदेखि नै डराउनेछौ,
  
6. न त अन्धकारमा हिँड्ने महामारीदेखि, न मध्यदिनमा नै उजाड पार्ने विनाशदेखि डराउनेछौ।
  
7. एक हजार जना तिम्रो नजिक ढल्नेछन्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर त्यो तिम्रो नजिक आउनेछैन।
  
8. तिमीले आफ्ना आँखाले हेर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।
  
9. किनकि तिमीले परमप्रभुलाई तिम्रो शरणस्थान र सर्वोच्चलाई आफ्नो वासस्थान बनाएका छौ,
  
10. यसकारण तिमीमाथि कुनै खराबी आइपर्नेछैन, न त कुनै महामारी तिम्रो वासस्थानको नजिक आउनेछ।
  
11. किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
  
12. तिनीहरूले तिमीलाई आफ्ना हातहातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
  
13. तिमीले सिंह र साँभे सर्प कुल्चनेछौ, जवान सिंह र अजिङ्गरलाई तिमीले पाउमुनि कुल्चीमिल्ची पार्नेछौ।
  
14. किनभने उसले आफ्नो प्रेम ममाथि राखेको छ, यसकारण म उसलाई छुटाउनेछु, म उसलाई उच्च स्थानमा राख्नेछु, किनकि उसले मेरो नाउँ जानेको छ।
  
15. उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु, सङ्कष्टमा म उसको साथमा हुनेछु, म उसलाई छुटाउनेछु र उसलाई आदर गर्नेछु।
  
16. म उसलाई लामो आयु दिएर तृप्त पार्नेछु र उसलाई मेरो उद्धार देखाउनेछु।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES