|
|
भजनसंग्रह, Chapter 96
1. परमप्रभुका निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी, परमप्रभुका निम्ति गाओ।
2. परमप्रभुका निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन, दिनहुँ उहाँको उद्धारको घोषणा गर।
3. जाति-जातिका बीचमा उहाँको महिमाको घोषणा गर, सबै जातिका बीचमा उहाँका अचम्मका कामको वर्णन गर।
4. किनकि परमप्रभु महान् हुनुहुन्छ, र अति नै प्रशंसाको योग्य हुनुहुन्छ, सबै देवभन्दा धेरै उहाँको भय मान्नुपर्छ।
5. किनकि जाति-जातिका सबै देव मूर्तिहरू हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो।
6. आदर र प्रताप उहाँको सामु छन्, सामर्थ्य र सौन्दर्य उहाँका पवित्रस्थानमा छन्।
7. हे जाति-जातिका कुलहरू हो, परमप्रभुलाई देओ, महिमा र सामर्थ्य परमप्रभुलाई देओ।
8. परमप्रभुलाई उहाँको नाम सुहाउँदो महिमा देओ, भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर।
9. पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको भय मान।
10. जाति-जातिका बीचमा भन, ‘‘परमप्रभुले राज्य गर्नुहुन्छ, संसार पनि स्थिर छ र त्यो डगमगाउनेछैन, उहाँले धार्मिकतापूर्वक जाति-जातिका न्याय गर्नुहुनेछ।’’
11. स्वर्ग रमाओस् र पृथ्वी आनन्दित होओस्, समुद्र र त्यसमा भएका सबै थोक गर्जून्।
12. मैदान र त्यसमा भएका सबै थोक प्रफुल्लित होऊन्, तब परमप्रभुको सामुन्ने जङ्गलका सबै वनस्पति रमाउनेछन्,
13. किनकि उहाँ आउनुहुन्छ, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले संसारको न्याय धार्मिकता र जातिजातिका मानिसहरूका न्याय आफ्नो सत्यताअनुसार गर्नुहुनेछ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|