Bible Study: FrontPage




 

मत्ती, Chapter 8

Bible Study - मत्ती 8 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशू डाँडाबाट ओर्लनुभएपछि ठूलो भीडले उहाँलाई पछ‍यायो।
  
2. त्यसैबेला एउटा कुष्ठरोगी उहाँको सामु आयो। त्यसले घुँडा टेकेर उहाँलाई दण्डवत् गर्दै भन्यो, ‘‘प्रभु, तपाईंले चाहनुभयो भने मलाई निको पार्न सक्‍‌नुहुन्छ।’’
  
3. येशूले त्यसलाई छोएर भन्‍‌नुभयो, ‘‘म इच्छा गर्छु, निको होऊ।’’ अनि तुरुन्तै त्यसको कुष्ठरोग हराइहाल्यो।
  
4. तब येशूले त्यसलाई भन्‍‌नुभयो,‘‘अब सोझै पूजाहारीकहाँ जाऊ र उनलाई देखाऊ। यस विषयमा बाटोमा कसैलाई केही नभन । रोगबाट शुद्ध भएपछि मोशाको व्यवस्थाअनुसार चढाउनुपर्ने बलिदान लिएर जाऊ र तिमी निको भएको पक्का हो भनी सबैलाई थाहा होस्।’’
  
5. त्यसपछि येशू कफर्नहुममा आइपुग्‍‌नुभयो, एउटा रोमी कप्तानले उहाँकहाँ आएर यसो भन्दै विन्ती गर्‍यो,
  
6. ‘‘प्रभु, मेरो जवान दास पक्षाघात भएर थला परेको छ, ऊ साह्रै कष्टमा परेको छ।’’
  
7. येशूले भन्‍‌नुभयो, ‘‘म आएर उसलाई निको पार्नेछु।’’
  
8. तब त्यस कप्तानले भन्यो,‘‘प्रभु तपाईं मेरो घरमा आउनुहुने? म त्यस योग्यको छैनँ। यहीँबाट आज्ञा गरिदिनुहोस् र मेरो दास निको हुनेछ।
  
9. म पनि अख्तियारमा छु र मभन्दा माथि पनि अख्तियारवालाहरू छन्। मैले मेरो अधीनका सिपाहीहरूलाई ‘जाओ’ भने ती जान्छन् ‘आओ’ भने ती आउँछन्, अनि मैले जे गर भनेर अह्राए पनि तिनले गर्छन्।’’
  
10. जब येशूले यो कुरा सुन्‍‌नुभयो, उहाँ छक्कै पर्नुभयो र भीडतिर फर्किएर उहाँले भन्‍‌नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मैले इस्राएलभरि यस्तो विश्वास देखेकै छैनँ !
  
11. म तिमीहरूलाई भन्दछु, असङ्ख्य अयहूदीहरू संसारको चारैतिरबाट आउनेछन् र स्वर्गको राज्यको भोजमा अब्राहाम, इसहाक र याकूबसँगै बसेर खानेछन्।
  
12. तर धेरै इस्राएलीहरू, जसको निम्ति राज्य तयार गरिएको थियो, उनीहरूलाई नै बाहिरी अन्धकारमा फालिनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’’
  
13. तब येशूले त्यस रोमी कप्तानलाई भन्‍‌नुभयो, ‘‘घर जाऊ, तिमीले विश्वास गरेको कुरा भइहालेको छ।’’ त्यो जवान दास त्यही घडी निको भइहाल्यो।
  
14. येशू पत्रुसको घरमा आइपुग्‍‌नुहुँदा उनकी सासू ज्वरोले थलिएकी थिइन्।
  
15. तर जब येशूले तिनका हात छुनुभयो, तब ज्वरोले तत्कालै तिनलाई छाड‍यो। तिनी उठिन् र उहाँको निम्ति खानेकुरा बनाउन थालिन् ।
  
16. त्यही साँझ येशूकहाँ भूतात्माले सताइएका थुप्रै मानिसहरूलाई ल्याइयो । उहाँले ती भूतात्माहरूलाई हटिजाने आज्ञा दिनुभयो र ती गइहाले अनि उहाँले सबै बिमारीहरूलाई निको पार्नुभयो ।
  
17. यसरी यशैयाद्वारा बोलिएको परमप्रभुको वचन पूरा भयो : ‘‘उहाँले हाम्रो बिमारहरू लिनुभयो र रोगहरू हटाइदिनुभयो।’’
  
18. धेरै ठूलो भीड आफूकहाँ आइरहेको कुरा थाहा पाएर येशूले चेलाहरूलाई झीलको पारिपट्टि जाने आज्ञा दिनुभयो ।
  
19. तब शास्त्रीहरूमध्ये एक जनाले उहाँलाई भने, ‘‘गुरुज्यू, तपाईं जहाँ जानु भए पनि म तपाईंलाई पछ‍याउनेछु।’’
  
20. तर येशूले भन्‍‌नुभयो, ‘‘फ्याउराहरूको लुक्‍‌ने दुलाहरू छन् र चराचुरुङ्गीहरूका गुँड छन्, तर म, मानिसको पुत्रको त शिर अड‍याउने ठाउँसमेत छैन।’’
  
21. उहाँको अर्को चेलाले भने, ‘‘प्रभु, पहिले घरमा गएर मेरा बुबालाई गाड्‍‌न दिनुहोस्।’’
  
22. तर येशूले तिनलाई भन्‍‌नुभयो,‘‘अहिल्यै मेरोपछि लाग। तिनीहरू, जो आत्मिकरूपमा मरेका छन्, तिनीहरूले नै आफ्‍‌ना मृतकहरूलाई गाडून्।’’
  
23. तब येशू डुङ्गामा चढ्‍‌नुभयो र आफ्‍‌ना चेलाहरूको साथमा झीलको पारिपट्टि जान लाग्‍‌नुभयो।
  
24. अचानक एउटा डरलाग्दो आँधी आयो र पानीका छालहरूले डुङ्गालाई हुत्त्याउन थाल्यो । तर येशू सुतिरहनुभएको थियो।
  
25. चेलाहरू गएर उहाँलाई ब्यूँझाए र आँत्तिदै भने,‘‘प्रभु, हामीलाई बचाउनुहोस् ! हामी डुब्‍‌न लाग्यौं।’’
  
26. येशूले जवाफ दिएर भन्‍‌नुभयो, ‘‘तिमीहरू किन डराएका ! तिमीहरूको विश्वास खोई?’’ तब उहाँले उभिएर बतास र छाललाई हप्काउनुभयो र त्यो तुरुन्तै शान्त भइहाल्यो।
  
27. चेलाहरू भयभीत हुँदै चुपचाप बसे र उनीहरूले आपसमा प्रश्‍‌न गरे, ‘‘उहाँ को हुनुहुन्छ? बतास र पानीका छालहरूले समेत उहाँको आज्ञापालन गर्छन् !’’
  
28. जब येशू झीलको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आइपुग्‍‌नुभयो, भूतात्माले सताइएका दुई जना मानिसहरू उहाँको अगाडि उभिए। ती दुवै चिहानघारीमा बस्थे, ती अति नै डरलाग्दा थिए, त्यसकारण कोही पनि त्यस क्षेत्रबाट भएर जान सक्दैनथिए।
  
29. तिनीहरू उहाँको अघि यसो भनेर चिच्च्याउन लागे, ‘‘तपाईंसँग हाम्रो के सरोकार? हे परमेश्वरका पुत्र, के तपाईं तोकिएको समयभन्दा अघि हामीलाई सताउन आउनुभएको हो?’’
  
30. त्यसको केही पर सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।
  
31. ती भूतहरूले विन्ती गरे, ‘‘यदि तपाईं हामीलाई धपाउनुहुन्छ भने सुँगुरको त्यस बगालमा जान दिनुहोस्।’’
  
32. येशूले तिनीहरूलाई आज्ञा दिनुभयो, ‘‘ठीक छ, जाओ।’’ त्यसरी तिनीहरू दुई जनाबाट निस्केर सुँगुरहरूभित्र पसे। तब त्यो सुँगुरको बगाल भीरदेखि हुर्रिंदै झीलको पानीमा डुबेर मरे।
  
33. सुँगुर चराउने मानिसहरू त्यहाँबाट भागेर नजीकैको शहरमा गए र भूतात्मा लागेका ती दुई जनालाई के भयो सो हरेकलाई बताए।
  
34. त्यो सम्पूर्ण शहर नै उर्लिएर येशूलाई भेट्‍‌न आए, तर तिनीहरूले उहाँलाई त्यो ठाउँ छाडेर अन्तै गइहाल्‍‌नुहोस् भनी विन्ती गरे।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES